यार्सा उत्सव
०८ जेष्ठ २०८१
•
४ मिनेट पाठ
यार्सा उत्सव
यतिबेला कुनै चाडपर्व छैन, न गाउँमा बिहे, व्रतबन्ध न त पूजाआजाकै मेसो। तर पनि दार्चुलाको धौली ओडार सिंगारिएको छ। पालका रंगीचंगी कटेराले धैरैलाई आकर्षित गरिरहेको छ। क्रिकेट र देउडाका पारखी आआफ्नै तालमा छन्। लाग्छ, गाउँमा ठूलै महोत्सव आयोजना हुँदैछ र यसको पूर्वसन्ध्यामा मानिस हर्षोल्लास मनाइरहेका छन्। तर वास्तविकता भने पृथक छ– धौली ओडारदेखि सुदूरपश्चिमकै सबैभन्दा अग्लो चुचुरो अपी हिमालको आधार शिविरसम्म यार्सागुम्बा टिप्न जानेहरूका कारण यहाँको रौनक ह्वात्तै बढेको हो यसरी।




शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग कीराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार हो यार्सागुम्बा। जसले एकदमै तागत दिने विश्वास गरिन्छ। यो झारको सुकुटी बनाएर लामो समय राख्न सकिने भएकाले सधैँ उत्तिकै माग हुन्छ यसको। अनि निकै महँगो पनि हुने भएकाले यो कमाइको राम्रै स्रोतसमेत हुने गरेको छ। विशेषगरी हिमाली पाटनहरूमा पाइने भएकाले यार्सागुम्बा संकलन गर्न लामै यात्रा तय गर्नुपर्ने मात्र हैन, हिमाली क्षेत्रमा हुने वातावरण र चुनौतीहरू सामना गर्ने क्षमतासमेत चाहिन्छ। अहिले यस्तै समस्या सामना गर्दै यार्सागुम्बाको खोजीमा जानेहरूकै कारण धौली रंगीन बन्न सकेको हो।

यार्सागुम्बा एकदमै थोरै पाइन्छ र यो खोज्न निकै चाहार्नुपर्छ । तर यसको मूल्य निकै आकर्षक भएका कारण थोरै पाउँदा पनि मेहनत र लगानी भने खेर जान पाउँदैन। थोरै मात्र जुक्ति लगाउनेले यो कहाँ र कस्तो ठाउँमा पाइन्छ भन्ने पत्तो लगाउन सक्छ। त्यसैले मेहनत र जुक्ति लगाउने हो भने राम्रै आर्जन गर्ने सम्भावना पनि उत्तिकै रहन्छ। विशेषगरी सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रका धेरै बासिन्दाको गतिलो आयस्रोत बन्दै आएको छ यार्सागुम्बा। सुदूरपश्चिमको कञ्चनपुर र कैलालीका ऊर्वर फाँटहरूमा ठडिएका हजारौँ घरमा यिनै यार्सागुम्बाको योगदान छ भन्न हिच्किचाउनु पर्दैन। दार्चुला, बैतडी, डडेलधुरा, बझाङ आदि जिल्लाका बासिन्दा केही वर्षको यार्साको आम्दानीबाट जमिन किन्ने र त्यसपछिका केही वर्षको आम्दानी जोगाड गरेर घर बनाउनु सामान्य जस्तै हो। त्यति मात्र हैन, छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योपचार र अन्य दैनिकी चलाउन पनि यार्सा गतिलै माध्यम बन्ने गरेको छ।

सुदूरपश्चिममा धेरै यस्ता गाउँ छन् जुन यार्सागुम्बा पाइने मौसममा रित्तिन्छन्। सबैजना घरमा भोटेताला ठोकेर उतै हानिन्छन्। विद्यार्थी मात्र हैन, शिक्षकसमेत उतै लागेपछि विद्यालयमा पनि ताला लाग्ने गरेका दृश्य सामान्य मानिन्छन्। तराईमा ‘मानो रोपेर मुरी उब्जाउने’ समय भनेझैँ हिमाली क्षेत्रका पठारहरू वैशाखदेखि असारसम्म ‘कमाउने’ समय र थलोका रूपमा गणना हुने गरेको छ। त्यही कारण जुम्ला, डोटी जस्ता पहाडी क्षेत्रबाट मात्र हैन, कैलाली र कञ्चनपुर जस्ता समथर क्षेत्रकै बासिन्दा पनि त्यहाँ पुग्ने गर्छन्। धादिङ, मकवानपुर, चितवन आदि ठाउँबाट समेत यार्सागुम्बा टिप्न जानेहरू रमाइलो गरिरहेका हुन्छन्।

एकातिर औषधिजन्य गुण अर्कोतिर तागत पनि उस्तै। तुरुन्तै अर्थात् टिप्ने थलोमै पनि बिक्री गर्न सकिने। नभए घरमा ल्याएर सुकाएर पछि आफूलाई पैसा चाहिएका बेला पनि बिक्री गर्न सकिने जस्ता बहुआयामिक गुणले भरिपूर्ण छ यो झारकीरा। त्यसैले यार्सागुम्बा संकलन गर्नेहरू मात्र नभई किन्ने व्यापारीसमेत त्यहीँ पुगेका हुन्छन्। कम्तीमा एकजनाले  २५–३० हजारदेखि डेढ, दुई लाख रुपियाँसम्म कमाउने भएपछि धौली ओडारहरूको रौनक बढ्ने नै भयो।

पानी धेरै नपर्दा यार्सागुम्बा कम पाइने प्रक्षेपण संकलकहरूले पहिले नै गरिसकेका छन्। त्यसैले पोहोर/परार जस्तो आम्दानी हुन्न कि भन्ने शंकाले धेरैको मनमा बास गरेको छ। अर्कोतर्फ हिउँ परेका बेला न त्यहाँ जान सकिन्छ न त यार्सा नै देखिन्छ। यस्तो बेला पाले कटारोमा आएर मीठो मीठो खाने, गफ गर्ने, खेल्ने जस्ता क्रियाकलाप हुने गर्छन्। धेरै जिल्लाबाट आएका मानिसबीच हुने विविधताले सबैलाई जिज्ञासु बनाइरहेको हुन्छ। महिलाहरू भने बुनाइ, पकाइतुल्याइ जस्ता कार्य गरिरहेका हुन्छन्। आफन्त र चिनेजानेकाहरूको चुलोमा पाक्ने फरक स्वादको मज्जा पनि सम्भव हुनेले लिइरहेका हुन्छन्। यसरी यार्सा टिप्ने मौसम आर्जनको समय मात्र नभएर देशकै विविधताकै स्वाद चाख्ने अवसरसमेत बन्न पुगेको छ। समग्रमा यो जीवनबुटी खोज्ने जीवनचक्रजस्तो लाग्छ।

समुद्र सतहबाट करिब ३५ सयदेखि ५५ सय मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने घाँसे मैदानमा पाइन्छ। त्यसैले सोचे जस्तो यो जहाँतहीँ पाइने र निकै पाइने अनि बेचेर धेरै पैसा कमाइहाल्ने चिज पनि हैन। यार्सा संकलकबाट कतिपय पालिकालगायत सरकारी निकायले निश्चित करसमेत लिने गरेका छन्। तर कर लिएपछि संकलकका लागि स्वास्थ्योपचार, बसोबासको व्यवस्था तथा सुरक्षा प्रबन्ध जस्ता कुरामा भने ध्यान दिइएको पाइन्न। मुख्य कुरा निकै ठूलो आम्दानीको स्रोत हुन सक्ने भएकाले यार्सागुम्बाको व्यावसायिक खेतीबारे सोच्न सके त्यसले आर्थिक पक्षमा राम्रै योगदान गर्नेमा शंका छैन किनकि यार्साका लागि ऊर्वर मानिने सयौँ चौँरीखर्कमा हाम्रा दिदीबहिनी÷दाजुभाइ यसै पनि बसिरहेकै छन्। 
अर्को समाचार
यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)
०६ जेष्ठ २०८१
•
४ मिनेट पाठ
यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)
तस्बिरहरू : एनिका राई/नागरिक
दार्चुलाको धौली ओडारमा सयौं अस्थाई टहरा छन् । अस्थायी कटेरोहरुबाट मकै र गहँुको रोटी पोलेको बास्ना हावासँगै बहकिरहेको छ । सँगै रहेको ठूलो फाँटमा केही अधबैंशे जमात देउडा नाँच्दैछन् । माथि अपी बेसक्याम्प जाने चौरमा युवाहरु क्रिकेट खेल्दैछन् । सँगै क्रिकेट हेरिरहेकाहरु ऋाफ्नो टिम र खेलाडीको पक्षमा हुटिङ गरिरहेका छन् । छेउकै पसलमा जेरी, चाउमिन, मःमः पाकिरहेको छ । 




तस्बिर : एनिका राई/नागरिक
ससाना केटाकेटी वरपर दौडिरहेका छन् । केही महिला ढुंगामाथि पारिलो घामको आनन्द लिँदै उनीको सामग्री बुनिरहेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलाको धौली ओडारदेखि अपी हिमाल आधार शिविरसम्मको क्षेत्रमा यार्सागुम्बा संकलन गर्नेहरुको चहलपहल यस्तै देखिन्छ । यार्सागुम्बा टिप्न जानेहरुको गतिविधिले चाडपर्वझै रमाइलो छ, धौली ओडार ।  

बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।  

तस्बिर : एनिका राई/नागरिक
थरिथरि रंगका गुँरासदेखि लेकाली फूलहरु ढकमक्क फुलेका छन् । औषधिजन्य गुण भएको यार्सागुम्बा संकलन गर्न धौली ओडारदेखि अपी बेस क्याम्पसम्मको फराकिलो फाँटमा दार्चुला, डोल्पा, बझाङ, कैलाली, धादिङ, जुम्ला, डोटी लागयतका जिल्लाबाट सयौंैको संख्यामा भेला भएका छन् ।  

तस्बिर : एनिका राई/नागरिक
यसवर्ष पानी कम परेका कारण पर्याप्त यार्सा उम्रिएको छैन । गत वर्षहरुमा झै हानथाप यो वर्ष देखिदैन । तै पानी परिहाल्छ कि, तै यर्सा देखिहाल्छ कि भनेर तत्कालको अत्यासलाई बिर्सेर उनीहरु  अस्थायी क्याम्पमा रमाइलो गरिरहेका छन् । हिउँ परेको र जंगल खुला नगरेको समय पनि यार्सा संकलन गर्न गएकाहरु अस्थायी बसोबासस्थल क्षेत्रमै रमाइलो गर्छन् ।  

तस्बिर : एनिका राई/नागरिक
परिवारै अस्थायी टहरा बनाएर यार्सा टिप्ने चलन पुरानै हो । कतिठाउँबाट त घर कुर्ने बाहेक गाउँ नै रित्तो गरेर यार्सा टिप्न गएका छन् । स्कुलहरु पनि बन्द हुन्छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु प्नि यो सिजनमा थातथलो फर्कन्छन् । र परिवारसहित यार्सा टिप्न धौलीओडार पुग्छन् ।

तस्बिर : एनिका राई/नागरिक
अपी गाउँपालिकाको घुसाबाट यार्सा टिप्न आफ्नो श्रीमानसँग आएकी भृकुटी धामी ढुंगामाथि घाम ताप्दै बुनाई गरिरहेका छन् । आधार शिविरमा अस्थायी टहरामा रहेकी उनी हिउँ परेको कारण यार्सा संकलन गर्न नगई उन बुनेर बसिरहेकी छिन् । ‘हिउँ पर्दा यार्सा पाउन गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘त्यही भएर हामी त साथीसाथी पो ताप्दैछौं ।’ उनी गत बैशाख २ गतै  बेस क्याम्प आएर अस्थाई टहरा र आवश्यक खानपानको जोहोे गरेर गाउँ फर्किएर घरको सम्पूर्ण बन्दोबस्ता गरेर केही दिनअघिमात्र पुनः बेसक्याम्प आएकी हुन् । आफ्नो श्रीमानसँग आएकी उनले छोराछोरी भने केही दिनका लागि सासुससुराको जिम्मा लगाएकी छन् ।  

‘अहिलेको सिजनमा त टन्नै मानिसहरु हुन्छन्’ उनी भन्छिन्, ‘यहाँ त मेला जस्तै छ । सबै हुँदा यार्सा टिप्न पनि रमाईलो नै छ ।’ सबैजना यार्सा संकलन गर्न माथि तिर जादाँ कम पाईने अवस्था भए पनि सँगै सबैजना हुदाँ रमाइलो वातावरणले धौलीओडार रमाइलो लाग्ने उनको अनुभव छ ।  

तस्बिर : एनिका राई/नागरिक
यस्तै धौलोडाडाँमा यार्सा टिप्न गइरहेकी रमती धामी पनि सिजनै भरी यार्सा टिप्छिन् । उमेरले ३५ लागेकी रमतीले यस सिजनमा ६० हजारदेखि १ लाख रुपैयाँसम्म कमाइ हुने अपेक्षा गरेकी छन् । धामीले यार्सा संकलन गरेर कमाएको पैसा घर खर्च, परिवारको औषधि उपचार र छोराहरुको स्कुल फी तिर्न खर्चिन्छिन् ।  

समुन्द्र सतहबाट करिब ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाईमा उत्पादन हुने यर्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने चौरीखर्क तथा घासे मैदानमा पाइन्छ । यसको व्यवसायिक खेती नगरी प्राकृतिक रुपमा संकलन गरिन्छ ।  

तस्बिर : एनिका राई/नागरिक
यस्तै सितिका अंगत जाघरी पनि केही दिनपछि परिवारसहित धौलीओडार जाने तरखरमा छन् । धैलीओडारमा उनले अस्थायी टहरा बनाइसकेका छन् । ‘माथि त अहिले उत्सव जस्तै हुन्छ,’ उनले भने, ‘गाउँको भन्दा बढी मानिस हुन्छन्, यार्सा टिप्नुको कठिन त आफ्नो ठाउँमा छ तर धेरैजना मान्छेहरु हुदाँ रमाइलो नै हुन्छ ।’

यार्सागुम्बा संकलन एवम् विक्रीवितरणले सुदूरपश्चिम र कर्णाली प्रदेशबासीको आर्थिक भरथेगमा सहयोग पुर्याएको छ । दुखबिराममा औषधिउपचारमात्र हैन नुनभुटुन, खाद्यान्न, बालबच्चाको शिक्षालगायत पनि यसैले आधाउधी धान्छ । यसबाट हुने राजश्व संकलनले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायत जीवनस्तारमा सकरात्मक प्रभाव पर्ने गरेको अपीहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहोराले बताए  । 

तस्बिर : एनिका राई/नागरिक
विश्वबजारमा यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले नेपाल, चीनपछिको दोस्रो ठूलो मुलुक हो । विश्वमा उपलब्ध ५ सय प्रजातिमध्ये नेपालमा करिब ११ प्रजातीको यार्सागुम्बा पहिचान भएको सरकारको तथ्याङ्क छ ।  

तस्बिर : एनिका राई/नागरिक
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस