भान्सामा महँगी आतंक
३१ वैशाख २०८१
•
३ मिनेट पाठ
भान्सामा महँगी आतंक
तरकारी नेपाली प्रत्येक भान्साको एक अनिवार्य खानेकुरा हो। प्रायः भात, रोटी र ढिँडो खाइने हाम्रो समाजमा तरकारीबिना यी खाद्यान्न खान गाह्रो हुन्छ। त्यसैले तरकारी अनिवार्य भएकै कारण खपत पनि निकै बढी हुने गर्छ। प्रत्येक दिन कम्तीमा दुईपटक चाहिने भएकाले जति भित्र्याए पनि यो नपुग नै हुन्छ। अर्कोतर्फ कतिपय तरकारी एकपटक किनेर ल्याएपछि त्यसलाई धेरै दिन राख्न नसकिने भएकाले सस्तो भएका बेला एकैपटक धेरै ल्याउने सम्भावना पनि हुँदैन। जोहो गर्ने हैसियत सबैको हुन्न।




छाकैपिच्छे, प्रत्येक भान्सामा चाहिने र धेरै समय सञ्चित गर्न नसकिने भएकै कारण तरकारीमा व्यापारीहरूले निकै नाफा खाँदै आएका छन्। सहरी क्षेत्रका कतिपय ठाउँमा आफैँ उब्जाउने जमिन र वातावरण अनि जाँगरसमेत नभएका कारण पनि व्यापारीलाई यस्तो कुकार्यमा हौसला मिल्ने गरेको छ। यही कारण यतिबेला नेपालीले दैनिक भान्सा टार्न पिठो र चामलमा भन्दा पनि तरकारीमा बढी पैसा खन्याउनुपर्ने बाध्यता छ।

गत वर्षको वैशाख २९ गते १२ रुपियाँ मूल्य रहेको बन्दाकोभी अहिले ४६ रुपियाँ पुगेको छ। यो भनेको २८९ प्रतिशतले बढी हो। त्यसैगरी पोहोर यतिबेलाको तुलनामा आलुको मूल्य प्रतिकिलोग्राम १४ रुपियाँले बढेको छ भने ३० रुपियाँमा पाइँदै आएको गोलभेडाको मूल्य ४५ रुपियाँ पुगेको छ।

गत वर्ष यतिबेला ३४ रुपियाँमा पाइएको प्याज यतिबेला त्यत्ति नै बढेर प्रतिकिलो ६७ रुपियाँ पुगेको छ भने मूला २२ रुपियाँबाट ४० रुपियाँ पुगेको छ। यी त केही उदाहरण मात्र हुन, प्रायः सबै तरकारीको मूल्य यतिबेला अचाक्ली वृद्धि भएको देखिन्छ।

यसरी मूल्य धेरै बढ्नुमा व्यापारीहरूले केही समयअघिको सुक्खा मौसमलाई दोष दिएका छन्। यही कारण उत्पादन कम भएको र उत्पादन कम भएपछि मूल्य स्वतः बढ्नु स्वाभाविक भएको उनीहरूको तर्क छ। उत्पादन कम र माग बढी हुँदा मूल्य बढ्नु र उत्पादन बढी अनि माग कम हुँदा मूल्य घट्नु अर्थशास्त्रको सामान्य नियम हो। यसमा द्विविधा नै छैन। तर यतिबेला व्यापारीले जे तर्क गरेका छन् त्यसमा दम भने देखिन्न। किनकि यो तरकारी उत्पादन हुने मौसम नै हो ।

दोस्रो कुरा उत्पादन नै कम थियो भने बजारमा नपाइनुपर्ने हो। यहाँ जुनसुकै तरकारी भने जति पाइन्छ। यसको मतलब उत्पादन कम भएको मान्न सकिन्न । तेस्रो कुरा, पछिल्लो समय व्यावसायिक तरकारी खेती निकै फस्टाएका कारण उनीहरूले सुक्खापन उत्थानशील प्रविधि अपनाएका हुन्छन्। त्यसैले सुक्खापनले मर्का पार्ने भनेको पारिवारिक उपभोगका लागि तरकारी लगाउनेलाई मात्र हो। खासै व्यापारीलाई फरक पर्दैन।

तरकारी अचाक्ली महँगो हुनुमा बिचौलिया मुख्य कारण देखिन्छ। एकातिर उत्पादक किसान आफ्नो लगानीको उचित मूल्य नपाएर खेती किसानीबाट पलायन हुने अवस्था वृद्धि हुँदो छ अर्कोतिर उपभोक्ताचाहिँ धान्नै नसक्ने महँगीका कारण तरकारीबिनाको भान्सा कसरी सम्भव होला भन्ने चिन्तनमा लाग्न बाध्य छन् । यस्तो अवस्थामा बिचौलियाहरू भने तरकारी व्यापार गर्न थालेको एकाध वर्षमै घडेरी जोड्ने अवस्थामा पुगेका छन्। यस्ता बिचौलिया पनि तीन–चार चरणका भएकाले तरकारीको मूल्य बढ्दै गएको हो जसको सम्पूर्ण मूल्य उपभोक्ताले चुकाउनुपरेको छ। तरकारीमा मूल्य वृद्धिको मुख्य कारण नै यही हो।

सरकारी निकायहरू मूल्य वृद्धिको प्रक्षेपण गर्नुलाई मात्र आफ्नो जिम्मेवारी ठान्छन्। अनुगमन गर्ने निकायहरू सूचना दिएर मात्र जान्छन्। एकातिर अनुगमन कार्य कर्मकाण्डी छ र मौसमी पनि। अर्कोतिर त्यही कार्य पनि कारबाही र सजायभन्दा हल्लीखल्लीमा बढी केन्द्रित हुने गरेको छ। यस्तो अवस्थामा नेपालमा महँगी र ठगीको अनुगमन र कारबाही गर्ने निकाय भए/नभएको छुट्याउनै गाह्रो पर्ने अवस्था छ। यो यस्तो अवस्था हो जसले बिचौलियालाई ठगीका लागि प्रोत्साहन मिलिरहेको छ।

उत्पादक शक्ति किसान हो। उपभोगकर्ता उपभोक्ता हो। त्यसैले आफ्नो उत्पादनको मूल्य लागतअनुसार तोक्ने जिम्मा किसानको हुनुपर्छ। सरकारले उत्पादक र उपभोक्ताबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। बजारको व्यवस्थापन मिलाइदिनुपर्छ। यसो गर्दा दुई रुपियाँ बढी पाए पनि पसिना बगाएर उत्पादन गर्नेले पाउँछ अनि दुई रुपियाँ सस्तो भए पनि आफ्नो परिश्रमको कमाइ हालेर किन्ने उपभोक्ताले पाउँछ। यहाँ त ‘न गाईको कल्चौँडोमा न त बाछाकै मुखमा’ भइरहेको अवस्था छ। आफ्ना नागरिकप्रति संवेदनशील हुने हो भने यो अवस्था अपनाउनुको विकल्प छैन। 
अर्को समाचार
सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान
१० असार २०८१
•
३ मिनेट पाठ
सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान
उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन्। जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन्। कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो।




व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ। यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए। माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ। 

शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन्। उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन। हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ। मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए। उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ। 

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम दुई लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन्। पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको  आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो। 

आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए। पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ। अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनको भनाइ छ।

यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए। राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए।

शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए। उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन्। विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आउनुभएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए।

घरबाटै बीउ आलुलाई दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने। ‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ’, उनले भने। मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए।

जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहन स्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको समेत बताए।-रासस
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस