सरकार नयाँ, अपेक्षा पुरानै
२९ फागुन २०८०
•
३ मिनेट पाठ
सरकार नयाँ, अपेक्षा पुरानै
तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको यो दल मिसिएपछि एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी गरी नवगठबन्धनमा आबद्ध हुने दलको संख्या पाँच पुगेको छ। यसरी हेर्दा यो गठबन्धनसँग एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र नेकपा एसका १० गरी प्रतिनिधि सभाका १५४ सांसद पुगेका छन्। यो भनेको सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदभन्दा बढी संख्या हो। जसबाट नवगठबन्धन सरकारलाई सुविधाजनक बहुमत पुग्ने प्रष्ट  

भएको छ।

प्रतिनिधि सभाको चुनावलगत्तै एमालेसँग गठबन्धन गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले त्यतिबेला एमालेसँगको गठबन्धन ‘कम्फर्टेबल’ नभएको भन्दै नेपाली कांग्रेससँग अर्को गठबन्धन गर्न पुगेका थिए। अहिले फेरि कांग्रेससँग पनि ‘कम्फर्टेबल’ हुन नसकेपछि पुनः एमालेसँगै गठबन्धन गर्न पुगेका हुन्। बन्ने र भत्कने क्रम नियमित भएकाले पनि यसलाई नवगठबन्धनका रूपमा अथ्र्याउँदै आएका छन् सर्वसाधारणले।

जुनसुकै गठबन्धनमा बसे पनि सरकारको मुखियाका रूपमा अहिलेसम्म दाहालले खासै उल्लेख्य काम गर्न सकेका छैनन्। सबैभन्दा पहिले सरकार बनाउनै धौधौ पर्ने, सरकार बनिसकेपछि कसले कहाँबाट के गर्दैछ भनेर चियोचर्चोमै धेरै समय बिताउनुपर्ने भएकाले दाहालको अधिकांश समय सरकार बचाउनै बित्ने गरेको देखिएको छ। यस्तो अवस्थामा सरकार सरकारबिहीनताका लागि मात्र थियो जसलाई आमजनताले महसुस गर्नै पाएनन्।

दाहालले कहिले एमालेका अध्यक्ष तथा मन्त्रीहरूले त कहिले कांग्रेसका सभापति तथा उनको दलका मन्त्रीहरूले काम गर्न अप्ठेरो पार्दै आएको बताएका छन्। पछिल्लो गठबन्धन बनाउनुपर्नाको उनको प्रष्टोक्तिमध्ये यो पनि एक प्रमुख थियो। हाम्रो जस्तो संसदीय व्यवस्था अपनाएका देशमा सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री सर्वेसर्वा हुन्छन्। सबै मन्त्री उनीप्रति उत्तरदायी हुनै पर्छ। प्रधानमन्त्रीसँग मत बाझ्नेलाई मन्त्री भइरहने सुविधा हुँदैन। अर्थात् मन्त्री पदको आयु प्रधानमन्त्रीको मुखमा हुन्छ। यस्तो अवस्थामा कुनै मन्त्रीविशेष वा दलविशेषका नेतालाई दोष पन्छाएर आफू उम्कन खोज्नु भनेको पानीमुनिको ओभानो बन्न खोज्नुबाहेक केही हुँदैन।

प्रधानमन्त्रीको दाबी र वास्तविकताबीच राजनीतिक विश्लेषकहरूले समीक्षा गर्दै गर्लान्। तर यतिखेर बनेको सरकारले भने अब पनि कुनै दल, नेता वा व्यक्ति र व्यवस्थालाई दोष लगाएर पन्छन पाउने अवस्था छैन। हिजोसम्म जे भयो भयो, अबचाहिँ सरकारले प्राथमिकता निर्धारण गरेर आफ्नो एक मात्र ध्यान मुलुकको समृद्धितर्फ लगाउनै पर्छ। सरकार गणितका हिसाबले बलियो भएका बेला अब तत्काललाई यो सरकारका लागि टेको खोज्न भौतारिइरहनुपर्ने अवस्था छैन। त्यसैले प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण मन्त्रीको ध्यान लय बिराएको मार्गलाई सही ठाउँमा ल्याउन केन्द्रित हुनै पर्छ।

सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेर अघि बढ्दा त्यसबाट सर्वसाधारणले मुलुकमा बल्ल सरकार भएको अनुभूति गर्न पाउने छन्। जस्तो– अहिले पनि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र बनाउने÷नवीकरण गर्ने कार्यालयमा जनताले धेरै सास्ती बेहोर्नुपर्छ। भूमिसम्बन्धी काम गर्ने मालपोत, नापी, भूमि सुधार, गुठी, काठमाडौँ उपत्यका प्राधिकरण जस्ता आमा घूस नख्वाइ कामै नहुने बाध्यता भोग्न जनता बाध्य छन्। भन्सार, विमानस्थल, अध्यागमन जस्ता कार्यालय त पछिल्ला केही समयदेखि उग्रैरूपमा प्रस्तुत भएका सबैलाई थाहै छ। यी त केही निकाय मात्र हुन् जहाँ घूसबिना एउटा फाइल एक इन्च पनि सर्दैन। त्यसैले जनताका लागि अत्यावश्यक यस्ता सेवालाई सहज बनाउने काम पहिलो नम्बरमा पर्नुपर्छ।

यो पाटोमा हात हाल्दा साथ भ्रष्टाचार स्वतः कम हुन्छ। यसबाहेक अन्यत्रका भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई कडारूपमा लागु गर्नु अर्को प्राथमिकता हुनुपर्छ। तेस्रो प्राथमिकता ‘बिचौलियामुक्त नेपाल’ अभियान हुनुपर्छ। कुनै पनि यस्तो स्थान छैन, जहाँ बिचौलियाले हैरान पारेका नहुन्। यो समस्या छिमोलियो भने यसले पनि भ्रष्टाचार न्यूनीकरणमा सघाउँछ। त्यसैगरी अर्को प्राथमिकता भनेको अवरुद्ध विकास निर्माणका कामलाई गति दिने हो। अहिलेलाई यति काम मात्र गर्न सके सर्वसाधारणको गाली तालीमा बदलिने निश्चित छ।  
अर्को समाचार

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस