विभेदविरुद्ध विद्रोह
२४ फागुन २०८०
•
३ मिनेट पाठ
विभेदविरुद्ध विद्रोह
नेपाली समाज अहिले पनि विभेदले ग्रस्त छ। धार्मिक, भूगोल, वर्ण, भाषा जस्ता आधारमा हुने विभेद कम भए पनि निमिट्यान्न हुन सकेका छैनन्। यसमध्ये पनि सबैभन्दा बढी विभेद जातका आधारमा हुने गरेको छ। तल्लो र माथ्लो, पानी चल्ने र नचल्ने, जनै लगाउने र नलगाउने तथा मतवाली र गैरमतवाली जस्ता पर्खाल खडा गरेर मानवले मानवलाई नै विभेद गर्ने कलंक अझै पनि जारी छ।




रूपन्देहीकी हरिमाया मल्ल बल्दोजाग्दो उदाहरण हुन्। जो मगरकी छोरी भए पनि मल्लसँग विवाह गरेर आएकी थिइन्। त्यो पनि परिवारकै सहमतिमा। तर जब उनी बुहारी बनेर घरमा भित्रिइन्, उनका लागि भान्सा कहिल्यै सहज भएन। उनलाई भान्सामा जानै प्रतिबन्ध थियो । सासूले गर्ने यस्तो विभेद उनी दुई सन्तानको आमा भइसक्दा पनि न्यून हुन सकेन। जो भनेर गएको उसै (पति) ले पनि कहिल्यै यो कुरामा ध्यान दिन आवश्यक ठानेनन्।

मान्छे विवेकशील प्रााणी हो। त्यसैले अन्याय सहनुको पनि हद हुन्छ। त्यसैले अति भएपछि उनले घर छाड्नु निको ठानिन्। अनि लागिन् साउदी अरबतिर। उनी हिन्दु थिइन् तर त्यहाँ इस्लाम धर्म मान्नेको घरमा घरायसी काम गर्न थालिन्। उनलाई लागेको थियो, एउटै धर्म भएकाबीच त विभेद भयो, यहाँ त धर्म नै अर्कै भएपछि विभेद नहुने कुरै भएन। तर उनी तीनछक्क त्यतिबेला परिन् जतिबेला उनलाई त्यहाँ कुनै भेदभाव गरिएन। उनीहरूका पूजाकोठासम्मै पहुँच थियो उनलाई। त्यति मात्र कहाँ हो र? राम्रो काम गरेबापत सुविधा/भत्तासमेत बढ्थ्यो उनको। यसरी उनले लिंग, देश र जात जस्ता कुनै पनि आधारमा विभेद खप्नुपरेन त्यहाँ।

धेरैले विदेशमा दुव्र्यवहार हुन्छ, कामको मूल्यांकन हुँदैन, पारिश्रमिक दिँदैनन्, विभेद गर्छन् भन्ने सुनिरहँदा हरिमाया भने ‘यस्तो पनि हुन्छ र?’ भनेर जिब्रो काट्छिन्। उनको निष्कर्ष छ– विभेद विदेशमा हैन, स्वदेशमै छ। विभेद हाम्रो अचेतनामा छ। यतिबेला स्वदेशमै उद्यम (झोला बनाउने) गरेर रमाइरहेकी उनी आफू खोज्दै आएका छोराहरूसँगै जिन्दगीको रमाइला पल भोगिरहेकी छिन्। यो समस्या उनको मात्र होइन। अझै पनि अव्यक्त रूपमा यो समस्या घरघरमा रहेको छ। कथित पानी चल्ने जात भनिएको उपल्ला बाहुन र क्षेत्रीका चुलामा पनि यो समस्या छ। तिनले पनि एकअर्कालाई सहजै स्वीकार गर्न सक्दैनन्।

अशिक्षा, चेतना अभाव र रुढिवादले राज गरेका बेला भेदभाव स्वाभाविक पनि हुन्थ्यो होला तर विश्व विकासको चरमोत्कर्षमा डुबुल्की मारिरहेका बेला पनि मानिसले मानिसलाई कुनै न कुनै बहानामा भेदभाव गर्नु जस्तो बेढंगी व्यवहार के हुन सक्छ ? अझ जातका आधारमा हुने छुवाछूत त मानव सभ्यताकै कलंकका रूपमा रहनेछ। अझै पनि विशेषगरी नेपालको तराई क्षेत्रमा जातीय आधारमा हुने विभेद तीव्र छ। पढेलेखेका र सभ्य तथा सुकिलामुकिलाहरू बस्ने सहर/बजार र शिक्षित अनि हुनेखाने कहलिएकाहरूमाझ यस्तो समस्या भुसको आगोझैँ भित्रभित्रै फिँजारिएको छ। जुन अमानवीयताको पराकाष्ठा हो।

तिनैले जन्माएका सन्तान उक्त घरको अंशियार हुने र चुलोचौकासमेत सबैमा राज चल्ने तर उनीहरूलाई जन्म दिने आमाचाहिँ अछूत कसरी हुन सक्छिन् ? जसका श्रीमान् माथिल्लो जातको तर उनकै श्रीमती तल्लो जात कसरी हुन सक्छिन् ? उनले पकाएको खाना नचल्ने, भान्सासमेत छोइने तर त्यही खाना बनाउन उनैले ल्याएको पानी किन नछोइने ? उनैले उत्पादन गरेको अनाजचाहिँ कसरी बिटुलो हुँदैन? उनैले केलाइकुलाइ पारेर ओइरिन ठिक्क पारेको तरकारी कसरी नछोइएको हुन सक्छ? यावत् प्रश्न छन् जसका कुनै उत्तर छैनन्।

अर्कोतर्फ आफैँले श्रीमतीका रूपमा भित्र्याएकी महिलामाथि आफ्नै अभिभावकबाट हुने अन्यायविरुद्ध बोल्न नसक्ने पनि पति हुन्छ? श्रीमती त्याग्न सक्ने तर विभेदविरुद्ध बोल्न नसक्ने जस्तो लाजमर्दो अवस्था के हुन सक्छ? यी यस्ता सवाल हुन जसले नेपाली समाज अझै पनि मानवीयता बुझ्ने र त्यसलाई अंगाल्ने क्रममा निकै कमजोर छ भन्ने पुष्टि हुन्छ। सलाम छ हरिमाया मल्ल, जसले बरु घर त्यागिन् तर अन्याय सहिनन्। यसविरुद्ध विद्रोह गरिन् र आत्मनिर्भर भएर बाँचिन्। जुन अरूका लागि पनि अनुकरणीय छ।  
अर्को समाचार
विभेदविरुद्ध विद्रोह
२४ कार्तिक २०८१
•
५ मिनेट पाठ
विभेदविरुद्ध विद्रोह
‘कविता भावनाको बौद्धिक कोमलता हो’– बालकृष्ण सम। कवि मञ्जुल भन्छन्, ‘कविता लेख्ने मान्छे प्रथमतः कवि हुनैपर्छ। त्यसपछि मात्र उसले आफ्नो कविता लेख्ने प्रतिभाद्वारा विचारलाई व्यक्त गरेको सुहाउँछ ।’ यस्तै लाग्छ ‘रातो नदी’ तर्दा। भावनाका सुन्दर थुँगाजस्ता, वैचारिक छानोमुनि ओतिएका जस्ता आम भुइँमान्छेका समस्याका खातहरूमाथि विद्रोहको राँको झोसेजस्ता, कल्पनाको उडानभन्दा कोसौं दूर देखिएका बलशाली कविताहरूको चाङ छ यहाँ। कविताहरूको अभिव्यक्तिमा विद्रोहको उच्च चेत भरिएको छ।




युगीन पीडा, व्यथा र दर्दहरू पाल्ने मन कसलाई पो हुन्छ र ? जीवनका विभिन्न उच्छवास र विभीषिकाको अभिव्यक्त गर्ने रहर सबैलाई हुन्छ। यसलाई कसैले लेखेर अभिव्यक्त गर्छन्, कसैले बोलेर। अनि लेख्दा पनि कसैले कुन विधामा लेख्छन् त कसैले कुन विधामा।

यसैगरी जुनू राना पनि ‘रातो नदी’मार्फत महिलाका अस्मिताका कुरा लेख्छिन्। समाजमा यत्रतत्र सर्वत्र फैलिएका बेथिति, विकृतिविरुद्ध आन्दोलन गर्छिन्। कवि मन सधैं कहाँ भावुक हुन्छ र ? विकृत पक्षविरुद्ध विद्रोहको राँको बाल्छ नि। यस्तै झलकहरू यत्रतत्र परेका देखिन्छन् जुनू रानामा। उत्पीडनलाई केन्द्रमा राखेर केन्द्रीय भाव वा विचार परिवर्तनसँग जोडिएका कविताहरू छन्। परिवर्तनका पृष्ठपोषक लाग्छन्। यसैले जुनू परिवर्तनकी हिमायती हुन् भन्नेमा भ्रम दिँदैनन् कविताहरूले। कविचेत सकारात्मक परिवर्तनप्रति लक्षित देखिन्छ। समय र समाज सन्दर्भसँग जोडिएर कविता लेख्न माहिर देखिएकी छन् राना। नकारात्मकता विरुद्धको विद्रोहको युगीन चेतले भरिएका कविताहरू यहाँ परेका छन्। समाजका विकृत पक्षहरूको दर्विलो आलोचनात्मक दृष्टिचेतले कविता लेख्नु सह्रानीय पक्ष हो।

शीर्षक ‘रातो नदी’ले पाठकको मन झस्काउँछ। तरङ्ग भाव पैदा गर्छ। महिलाको प्राकृतिक मासिक श्रावलाई रातो नदीको बिम्बमा शक्तिशाली कविता बनेको छ ‘रातो नदी–१’, ‘रातो नदी–२’ कवितासङ्ग्रहको  शीर्ष कविता ।

रातो नदी बनेर म बगिरहेकै छु

जहाँ म हुनुको अर्थ अलग छ

जुन नदीले सृष्टिको अस्तित्व बोक्छ।  

(रातो नदी –१)

नारी उत्पीडनका पीडाहरू कवितामा उधिनिएका छन्। उनी महिलाका समस्याको पक्षमा कवितामा सशक्त ढंगले उभिएकी छन्। आफ्ना सन्तानको सुखलाई सोचेर र सन्तानलाई हेरेर रमाइरहेकी नारी र छोरी भएर आमाबारे कल्पना गरिरहेकी नारी। दुवै प्रकृतिका नारीका अनुभूति कवितामा आएका छन्।

नारी सिर्जनाशक्ति हुन्, नारी ममताकी प्रतिमूर्ति हुन्, नारी सृष्टिकी सुन्दर केन्द्र हुन्। तर, यिनै नारीमाथि हुने विभेद, अन्याय, अनादर, पुरुषकेन्द्रित संस्कार र संस्कृतिप्रति कविको तीव्र असहमति छ। यस्ता कविता भावनाइतर बगे पनि यथार्थवादी दृष्टिचेत बोकेका देखिन्छन्। कविताले मातृत्वबोधलाई शक्तिशाली ढंगले अभिव्यञ्जित गरेका छन्।

यस्ता कवितामा ‘मातृ अस्तित्व’, ‘धर्ती’, ‘मातृत्व’, ‘घोषणा’, ‘म पृथ्वी’, ‘तिम्री आमा’, ‘छहारी’जस्ता कविताहरू यसतर्फ लक्षित देखिएका छन्। ‘मगज सौन्दर्य’ कवितामा पनि नारी विरोधीप्रतिको कटाक्ष पढ्न सकिन्छ। देहावसनाको कुत्सित मनसायग्रस्त पुरुषहरूलाई कडा प्रहार गर्छ ‘तिम्रो अंश’ कविताले। यति मात्र होइन, पितृत्वको सम्मानमा पनि उनको कलम मजैले चलेको छ। आफ्ना बाबाको स्नेह पोखिएको ‘बाबा’ कविता बलशाली लाग्छ। विवाहपछि माइती चेलीका निम्ति पराइ हुने नेपाली संस्कारप्रतिको रोष पोखेको कविता हो ‘पराइ’।

रगत एकै

गर्भ एकै

छोरा घरको

छोरी परको

किन यस्तो विभेद! (पराइ)

कविताहरूमा प्रभावको आभा मजैले देख्न सकिन्छ। कवितामा उस्तै जीवनदृष्टि छ, उस्तै विश्वदृष्टि छ र छ उनको आफ्नै आत्मदृष्टि। अनि, कलात्मक संयोजनको मिसावट उस्तै सुन्दर। भन्न सक्छु, कवि स्वयंले देखेभोगेका आफ्ना वरपरका सन्दर्भहरूले कवितामा स्थान बनाएका छन्। उनी प्रवासी जीवन बिताउँदै देश सम्झेर नोस्टाल्जिक बनेकी छन् र त फुर्छन् ‘लाहुरे’, ‘कानमा देश गुन्जिरहेछ’, ‘समुन्द्रपारि’, ‘जग’, ‘गाउँ कागज’, ‘माटो र म’जस्ता देशप्रेम र प्रवासीका पीडामिश्रित कविताहरू।

समाज आदर्श हुनुपर्छ भन्ने भावका कविताले धनी र गरिबबिचको खाडल दिन प्रतिदिन बढिरहेको सन्दर्भमा कवि मन दुख्छ र आक्रोशको ज्वारभाटा छुट्छ। वर्तमान विषम परिस्थितिले जन्माएका कवि हुन् उनी। यसैले वर्तमान बेथितिविरुद्धका भाव र यस्तै प्रवृत्ति कवितामा भेट्न सकिन्छ।

यसरी नै वर्तमान समाजले महिलालाई हेर्ने हेय दृष्टिकोणप्रतिको कटाक्ष ‘सीताहरू’ कवितामा अभिव्यक्त भएको छ। ‘जातको ब्रह्माण्ड’, ‘मान्छे’जस्ता कविताले जातीय विभेदविरुद्ध जेहाद छेडेको छ। भ्रष्टाचारजस्ता मौलाउँदा विकृतिप्रति उनले आक्रोश पोखेकी छन् ‘बाढीपहिरो बिम्बमा’ कविता लेखेर।

मानवताविरोधी वर्तमान दुरवस्थाको सटिक चित्रण गर्छ ‘भेरी साक्षी छ’ कविताले। समाजका अययवहरूको टपक्क टिपनले कविताहरू यथार्थवादी पानीमा मज्जैले घोलिएका छन्। उनका कविता सामाजिक धरातलमा अडिएकाझैं प्रतीत हुन्छ। यस्तै परिवेशले लेखनीमा कविलाई घचघच्याएको हुनुपर्छ।

मान्छे र प्रेम एकापसमा अन्तरसम्बन्धित हुन्छन्। मन न हो प्रेमको सुवासना बुझिहाल्छ। ‘चिठी’, ‘प्रेमको चिनो’, ‘कोइली’, ‘पर्खिरहने मान्छे’, ‘शीत’, ‘तिम्रो नाम’, ‘प्रेमकै याद र जून’, ‘पछ््यौरी’, ‘रगत’ आदि कविताले प्रेमका कुरा गरेका छन्। तर घृणाभाव र धोका होइन, मिलनका आशावादी दिनको कुरा गरेका छन्।

उनका कविता एकातिर सामाजिक चेतनाले ओतप्रोत छन् भने अर्कातिर विद्रोहको ज्वाला दन्काउने पनि। हामीले भोगेका यही समाजका बिम्बहरू कविले टपक्क टिपेर सुन्दर कविता बुनेकी छन्। वर्तमान समाजको यथार्थलाई उनका कविताले चित्रण गरेका छन्। कवितामा आफ्ना मनका प्रखर अभिव्यक्ति दिन सक्नु कविको विशेषता हो। पाठकलाई कविताहरूले सचेतना जगाउन योगदान गरेका छन्।

किनारीकृत पारिएका नारीका संवेदनाको पोकोलाई कविले उदाङ्गो पारेकी छन्। चेतनाको सम्प्रेषणका दृष्टिले पीडाहरूलाई अनुभूतिमय बनाएर आफैं भोक्ता बनेर कवितामा उन्न सफल हुनु जुनू रानाको कवित्वचेत प्रस्ट हुन्छ। त्यसैले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने चेतनाको सम्प्रेषणका दृष्टिले पनि कविताहरू प्रभावकारी लाग्छन्। विषयवस्तु, शिल्प र सन्देश प्रदायक कथानकले गर्दा कविता सशक्त बनेका छन्। कविको विचारधारा कवितामार्फत सरल ढंगले आएको छ। उनको चेतना उच्च देखिन्छ। त्यही उच्चताले भरिएका कविताहरूले रातो नदी बगेको छ।

विचार अभिव्यञ्जनाले भरिएका कविताहरू शब्द चयन, कविताको अभिव्यक्ति, बिम्बविधान, प्रतीक र अलङ्कारको प्रयुक्तिमा कविताको कथ्य सुललित छ। कृत्रिम र बोझयुक्त भाषाको अभावमा कविता सरल देखिन्छन्। कतै कुनै पनि कवितामा जटिलताको गन्ध छैन। फारु शब्द, सरलता र सहजता, शैली र शिल्पमा निखारपन र परिष्करण ल्याउन सक्ने सम्भावना बोकेकी कवि लाग्छिन्।  
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस