उपकुलपति नियुक्तिमा पारदर्शीताको प्रश्न
२८ माघ २०८०
•
४ मिनेट पाठ
उपकुलपति नियुक्तिमा पारदर्शीताको प्रश्न
लामो रस्साकस्सीपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि गठित समितिले १४ उम्मेदवारको नाम छानेको छ। यसअघि उपकुलपति हुन चाहनेसँग आवेदन माग गरिएको थियो। जसमा ४३ जनाले रुचि देखाएर आवेदन दिएका थिए। दुई जना महिलाले समेत उपकुलपतिमा इच्छा देखाएपछि लैंगिक हिसाबले यसलाई सर्वत्र सकारात्मकरूपमा विश्लेषण गरिएको थियो।




सबैलाई थाहा भएकै कुरा हो कि मुलुककै गर्वलायक तथा जेठो विश्वविद्यालय राजनीतिक भागबन्डाको चुछाचुँडीमा परेर थिलथिलो बन्दै आएको छ। यही कारण पढाउन खोलिएको विश्वविद्यालयको क्यालेन्डरमा पढाइ भन्दा बन्दका दिन बढी चिनो लाग्दै आएको थियो। कहिले विद्यार्थी त कहिले शिक्षक, अनि कहिले कर्मचारी त कहिले अभिभावकको नाजायज मागको शिकार बन्दै आयो यसरी त्रिवि। जसले यो विश्वविद्यालयलाई ओरालो गतितर्फ धकेल्ने क्रम जारी राख्यो।

यसको मुख्य कारण नै त्रिविलाई राजनीतीकरण गरिनु थियो। उपकुलपति जस्ता पदाधिकारीदेखि कर्मचारी हुँदै शिक्षकसम्म सत्तामा भएका दल आबद्ध राखिन थालिएपछि हुने दुर्गति नै हो। जुन त्रिविले बेहोरिरहेको छ अहिले पनि। अझ कतिपय त क्षमता हैन, अनशन बसेका भरमा पनि शिक्षक जस्तो महत्त्वपूर्ण पदमा आसीन हुन पाएका छन्। भन्नै पर्दैन यस्ताले के पढाइरहेका होलान्? यस्तै यस्तै कारण हो कि त्रिवि दिन/प्रतिदिन खस्कँदै गई रसातल पुग्ने क्रममा छ।

यही परिवेशमा उपकुलपति छान्ने समितिले अहिले गरेको छनोट प्रक्रिया तुलनात्मकरूपमा सकारात्मक छ। जसअन्तर्गत खुला प्रतिस्पर्धा गराएर उम्मेदवारको व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्रका आधारमा सर्टलिस्ट गरिएको जनाएको छ। जसलाई शिक्षाविद्हरूद्वारा मूल्यांकन गराइएको भनिएको छ। अब उनीहरूले सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ। यो क्रममा जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ उसैलाई उपकुलपति हुने बाटो खुल्छ। अहिले उपकुलपति छान्न यस्तै प्रक्रिया अपनाइएको हो भने त्यो तुलनात्मकरूपमा राम्रो हो। अझै राम्रो बनाउन सकिने र प्रक्रियालाई थप व्यवस्थित, विश्वसनीय बनाउन सकिने ठाउँ पछिसम्म रहन्छ। तर ‘बिग्रेको घरको भत्केको चाला’ अवस्था बेहोरिरहेको त्रिविका लागि अहिले यति हुनु पनि ठूलै छलाङ भन्नुपर्ने अवस्था छ। त्यसैले यो प्रक्रियालाई छिटो टुंग्याएर अभिभावकबिहीन त्रिविलाई पुनर्जीवन दिने कार्यमा विशेषगरी सरकार तदारुकताका साथ लाग्नुपर्छ।

यो त भयो त्रिविको कुरा। मुलुकमा यस्ता धेरै निकाय छन् जहाँ सरकारले नियुक्ति गर्न पाउँछ। संवैधानिक निकायहरूदेखि विभिन्न आयोगका पदाधिकारी हुँदै संस्थानहरूको अध्यक्ष, महाप्रबन्धक आदि यस्ता ठाउँ हुन् जहाँ सरकारमा जो छ उसैले आफ्नो मान्छे नियुक्त गर्दै आएको छ। यसरी दलले नियुक्त गर्ने भएपछि नियुक्त भएको व्यक्ति उक्त संस्था सपार्नभन्दा आफूलाई नियुक्त गर्नेप्रति बढी उत्तरदायी हुनु स्वाभाविक हो। त्यसैले राजनीतिक नियुक्तिमा गएकाबाट अपवादबाहेक कुनै पनि निकाय उभो लागेको इतिहास नेपालमा छैन।

यस्तो अवस्थामा अहिले त्रिविको उपकुलपति छनोटमा अपनाइएको प्रक्रिया सबै निकायमा लागु गर्नु समय सान्दर्भिक हुन्छ। जहाँ खाली हुन्छ, त्यहाँका लागि आवेदन माग्दा उसको क्षमता, अनुभव तथा भविष्यमा गर्न सक्ने कामबारे योजना ल्याउन भन्नुपर्छ। अनि त्यसैका आधारमा नियुक्ति प्रक्रिया थालनी गर्नुपर्छ। उसले भनेअनुसार गर्न सकेन भने त्यसबापत उसलाई हुने हर्जाना/कारबाही आदिबारे पनि पहिले नै किटान गरिनुपर्छ। यसो भए मात्र जसले पनि सार्वजनिक निकायमा आँखा लगाउने र दोहनको कल्पना गर्ने सम्भावना रहँदैन। आफूले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने नत्र सजायको भागिदार हुनुपर्ने प्रावधानका कारण ऊ गलत बाटोतिर लाग्दैन भने कसैले यस्तो कार्यका लागि दबाब दिएमा त्यो अवरोधसहित सर्वसाधारणसमक्ष आउने सम्भावना रहन्छ। जसले दबाब दिनेलाई पनि अप्ठेरोमा पार्ने भएकाले त्यस्तो हिम्मत गरिहाल्न सक्दैन।

यसरी पदाधिकारी नियुक्त गर्ने तरिका सही हो तर यहाँ एउटा गम्भीर प्रश्नचाहिँ के उठ्छ भने सिफारिस गर्ने समिति निष्पक्ष हुनै पर्छ। भ्रष्टाचार र अनियमितताको दाग नलागेको, दलको झोले भनेर नचिनिएको, कुनै पनि गलत काममा नलागेको र निष्कलंक छवि भएकाहरू सम्मिलित हुनुपर्छ यस्तो समितिमा। यतिले मात्र पनि पुग्दैन, जुन निकायका लागि पदाधिकारी सिफारिस गर्नुपर्ने हो त्यो निकायले गर्ने काम/कारबाही र सम्भावित परिणामबारे पनि सिफारिस समितिका पदाधिकारी पूर्ण जानकार हुनैपर्छ। अर्थात् सम्बन्धित विषयमा विज्ञताबिनाका सिफारिसकर्ताको चयन गलत पनि हुन सक्छ। यस्ता सबै प्रक्रिया पारदर्शी बनाउनु अर्को महत्त्वपूर्ण पक्ष हो जसले नियुक्ति प्रक्रियालाई विवादरहित बनाउन सघाउँछ भने नियुक्त हुने पदाधिकारीको समेत इज्जत बढाउँछ। यसले भविश्यमा संस्थाहरूलाई कामकाजी बनाउन मद्दत पुग्छ। 
अर्को समाचार
त्रिविमा भागबन्डा, कुलपतिको उपहास
२६ माघ २०८०
•
५ मिनेट पाठ
त्रिविमा भागबन्डा, कुलपतिको उपहास
फाइल तस्बिर
कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताको उपहास गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कामचलाउ उपकुलपति प्राध्यापक शिवराज भुसालले विभिन्न निकायमा राजनीतिक भागबन्डामा नियुक्ति गरी रमिता देखाएका छन्।




भुसाल तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। त्रिविमा अहिले शिक्षाध्यक्ष र रजिस्ट्रारर पनि निमित्त छन्। भार्गव धिताल निमित्त शिक्षाध्यक्ष र कृष्ण बस्याल निमित्त रजिस्ट्रार छन्।

दैनिक कार्य सञ्चालनको जिम्मेवारी पाएका निमित्त उपकुलपति भुसाल स्वयंले उपकुलपति दाबी गर्दै दरखास्त हालेका छन्। कामचलाउ उपकुलपतिले यही माघ २३ गते त्रिवि कार्यकारी परिषद्को बैठक बसाएर विभिन्न कलेज-विभागमा प्रमुख र मानविकी तथा सामाजिक शास्त्र संकायमा सहायक डिन नियुक्त गरेका हुन्।

कुलपति एवं प्रधानमन्त्री दाहालको प्रतिबद्धताको उपहास हुनेगरी त्रिविका कामचलाउ पदाधिकारीले राजनीतिक भागबन्डामा गरेको यो नियुक्तिलाई प्राध्यापकहरूले राम्रो मानेका छैनन्।

कुलपति एवं प्रधानमन्त्री दाहालले मुलुकमा सञ्चालित विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउन हरेक नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका छन्। कुलपति एवं प्रधानमन्त्री दाहालको प्रतिबद्धताबमोजिम त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न छनोट एवं सिफारिस समिति गठन गरिएको छ।

समितिले खुला रूपमा आवेदन मागेको छ। दुई महिलासहित ४३ जनाले उपकुलपति दाबी गर्दै आवेदन दिएका छन्। आवेदनमाथि छानबिन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ। कामचलाउ उपकुलपतिको यस्तो कदमले कुलपतिलाई नै गिज्याइरहेको र अब आउने पूर्णकालीन उपकुलपतिलाई पनि अप्ठेरो पार्न खोजेको आफूहरूले ठानेको त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल बताउँछन्।

नेपाली कांग्रेसको कोटामा प्राध्यापक चेतराज भट्टलाई गणित केन्द्रीय विभाग प्रमुख, रामेश्वर आचार्यलाई पब्लिक युथ कलेजको प्रमुख कपिल काफ्लेलाई रामपुर कृषि क्याम्पस, खैरेनीको प्रमुख र चिरञ्जीवी आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डिनमा नियुक्त गरिएको छ।

यसैगरी माओवादी केन्द्रको कोटामा नवराज पाण्डेलाई गोरखा क्याम्पसको प्रमुख, मिलन सुवेदीलाई लमजुङ क्याम्पसको प्रमुख र श्यामबहादुर कार्कीलाई नेपाल ल क्याम्पसको प्रमुख नियुक्त गरिएको छ। त्यस्तै एमाले कोटामा गंगाराम पौडेललाई इलाम क्याम्पसको प्रमुख, कृष्ण न्यौपानेलाई नेपाली केन्द्रीय विभागको प्रमुख र दिनेश पाठकलाई भूगर्भ विज्ञान केन्द्रीय विभागको प्रमुखमा नियुक्त गरिएको छ। यसले त्रिविमा राजनीतिक भागबण्डा छताछुल्ल भएको प्राध्यापक ढकालले बताए।

माघ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चशिक्षा शाखाले त्रिवि, मध्यपश्चिमाञ्चाल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चाल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलसमेतमा नियुक्ति, सरुवा, बढुवा, परीक्षा तथा सम्बन्धन विस्तार एवं कार्यक्रम थपलगायतका काम निर्धारित प्रक्रिया र मापदण्डविपरीत भएको उजुरी परेको भन्दै यस्ता कार्य तत्काल स्थगन गर्न सहकुलपति एवं मन्त्रीस्तरीय निर्णय भन्दै विश्वविद्यालयहरूलाई पत्राचार गरेको छ।

त्रिविमा हालै भएको नियुक्तिले सहकुलपति एवं शिक्षामन्त्रीस्तरीय निर्णयको धज्जी उडाएको छ। ‘कुलपति एवं प्रधानमन्त्रीले त्रिविमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको अवस्थामा पदपूर्ति नभएसम्मका लागि दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि प्राध्यापक शिवप्रसाद भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो,’ प्राध्यापक ढकालले भने, ‘आफैं उपकुलपतिको आवेदक भुसालले सबै पदाधिकारी निमित्त भएकै बेलामा विभिन्न विभाग र क्याम्पसमा प्रमुख नियुक्त गर्नुले नैतिकताको पनि प्रश्न उठेको छ। यो नियुक्तिले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने कुलपतिको भनाइ ‘गफ’ मात्र भएको देखायो।’

कामचलाउ पदाधिकारीले राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरी विश्वविद्यालयलाई दलीयकरण गरेको प्राध्यापकहरूको आरोप छ। ‘उपकुलपति छनोट तथा सिफारिस समितिले आफ्नो काम गरिरहेका बेला विश्वविद्यालयमा धमाधम राजनीतिक नियुक्ति गर्नुले अब आउने उपकुलपतिलाई पनि समस्यामा पार्न खोजेजस्तो देखिन्छे,’ प्राध्यापक ढकालले भने, ‘नयाँ उपकुलपति आएपछि प्रक्रिया पु¥याएर विभिन्न विभाग, क्याम्पस र डिन कार्यालयमा नियुक्ति गरेको भए राम्रो हुन्थ्यो।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार त्रिवि ऐनअनुसार उपकुलपति नहुँदा बढीमा तीन महिनासम्म एकपटक मात्र निमित्त उपकुलपतिको जिम्मेवारी दिन मिल्छ। तर कुलपतिले भुसाललाई दोहोर्‍याएर थप तीन महिना उक्त जिम्मेवारी दिएका छन्, जुन गलत हो।

निमित्त उपकुलपति भुसालले स्वयं उपकुलपतिको आवेदक रहेको अवस्थामा विभिन्न निकायमा नियुक्ति गर्नु पनि गलत भएको कोइरालाको ठहर छ। ‘निमित्त उपकुलपति, निमित्त रेक्टर र निमित्त रजिस्ट्रारले गरेका सबै नियुक्ति कानुनतः गलत हुनु,’ शिक्षाविद् कोइरालाले भने, ‘अर्को कुरा कुलपतिले भुसाललाई पुनः तीन महिनाका लागि निमित्त उपकुलपति तोक्न कानुनले मिल्दैन।’

झन्डै एक साताअघि प्रधानमन्त्री एवं कुलपति दाहालले शिक्षाविद्हरू कोइराला, चैतन्य मिश्र, केदारभक्त माथेमा, कृष्ण खनालसमेतसँग भेटेर विश्वविद्यालयमा नियुक्तिलगायत विषयमा छलफल गरेका थिए।

‘कुलपतिले पुनः तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गर्नु नै गलत हो। यथाशीघ्र उपकुलपति नियुक्त गरी विश्वविद्यालयलाई निकास दिनुपर्छ,’ मिश्रले भने, ‘विश्वविद्यालय चलाउन अब बोर्ड अफ ट्रस्टी गठन गर्नुपर्छ। प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुन जरुरी नरहेको मैले प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु। अब कुलपतिले विश्वविद्यालयभित्र राम्रो मान्छे छिर्ने वातावरण तयार गर्नुपर्छ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस