महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यम क्षेत्रको विकास गर्न राज्यले नीतिगत कुरामा सुधार गर्न आवश्यक रहेको बताएकी छन्। महिला उद्यमी संघ नेपाल बाँकेको २२ औँ वार्षिक साधारण सभा एवं ११ औँ अधिवेशनलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन्।
‘महिला उद्यमीलाई कसरी अगाडि बढाउने भनेर हामीले केन्द्रमा बसेर नीतिगत काम गर्छौँ,’ अध्यक्ष ज्ञवालीले भनिन्,‘महिला उद्यमीको क्षमता वृद्धि, नेतृत्व विकास र आर्थिक विकासमा पनि काम गरिरहेका छौँ ।’
महिला उद्यमीहरूलाई सशक्तीकरण गर्न आफूहरूले जोड दिइरहेको अध्यक्ष ज्ञवालीको भनाई छ। महिला उद्यमी महासंघ अहिले राष्ट्रिय चिनारीको रूपमा उभिएको भन्दै महासंघलाई जन्माउने जिल्ला नै बाँके भएको बताइन् । उनले भनिन्, ‘बाँके जिल्लाबाट जन्मेको महिला उद्यमीहरूको यो संस्था केन्द्रसम्म पुगेको छ, यसमा बाँकेका महिला उद्यमी दिदीबहिनीहरूको ठुलो योगदान छ।’
स्वदेशमै उद्यम गरेर रोजगारी सिर्जना गर्न युवालक्षित कार्यक्रमलाई महासंघले जोड दिइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन्। महासंघले आफ्नै देशमा रोजगारी दिनका लागि तीन प्रतिशत ब्याजमा पाँच वर्षका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन नीतिगत रूपमा पहल गरिरहेकाे अध्यक्ष ज्ञवालीले बताइन्।
महिला उद्यमी संघले बाँकेमा कोसेली घर सञ्चालन गरेकोमा प्रशंसा गर्दै नेपाली महिला उद्यमीले उत्पादन गरेका वस्तु अस्ट्रेलियासहित विभिन्न देशमा निर्यात भइरहेको जानकारी दिइन्।
महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्री बस्नेतको अध्यक्षता एवं नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा पराजुली, महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष शिला नेपाली, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेललगायतले बोलेका थिए।
अधिवेशन उद्घाटन सत्रमा विभिन्न क्षेत्रबाट संघप्रति योगदान पुर्याएवापत नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, महिला उद्यमी महासंघ नेपालका केन्द्रीय ज्ञवाली, संघ बाँकेका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य शर्मा पराजुली, महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष नेपाली, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाजेड, संघका सल्लाहकार द्वय हरि सुवेदी, कमल खत्री र कार्यालयका व्यवस्थापक मिना चौधरीलाई सम्मान गरिएको थियो।
संघ बाँकेमा रेवती सिंह निर्वाचित
संघ बाँकेको ११ औँ जिल्ला अधिवेशनले रेवती सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। आगामी दुई वर्षे कार्यकालका लागि बुधबार समिति निर्विरोध निर्वाचित गरिएको हो। सिंह यसअघि संघ बाँकेको प्रथम उपाध्यक्ष थिइन्।
समितिको प्रथम उपाध्यक्षमा आभा गौतम, द्वितीय उपाध्यक्ष सुनिता पाण्डे र तृतीय उपाध्यक्षमा सरिता शाक्य तथा महासचिवमा विन्दु चर्तिमगर, सचिव सुष्मा सुवेदी र कोषाध्यक्षमा कुसुम दुगड निर्वाचित भएका छन् । यसै गरी सदस्यमा सुष्मा ज्ञवाली, शशी स्वाँर, सरिता चौधरी, शोभा दमारी श्रेष्ठ, गीता मौर्य, रेखा बोहरा, धनमाया लुइँटेल (ऋचा), सरस्वती थापा, बसन्ता शर्मा र सिमिता राणा निर्वाचित भएका छन्।
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ।
मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।
त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।
व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।
समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...