चाडबाड बाक्लिँदै गर्दा तरकारीको मूल्य आकासियो
१६ भदौ २०८२
•
४ मिनेट पाठ
चाडबाड बाक्लिँदै गर्दा तरकारीको मूल्य आकासियो
एकपछि अर्को चाडवाड नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिँदै गएको छ । साउनको नागपञ्चमीयता  बजारमा हरिया सागसब्जीको मूल्य आकासिएको उपभोक्ताले बताएका छन् ।




साउन मध्यसम्म रु ३५ प्रतिकिलो पाइएको पुरानो स्थानीय आलु ५० पुगेको छ । पहाडबाट झारिएको आलु त रु ७० प्रतिकिलो पुगेको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्य बताउँछिन् । यसैगरी भन्टा प्रतिकिलो रु ८० सम्म पुगेको छ । नागपञ्चमीयता राखी, कृष्णअष्टमी, तीज, चौरचन र भदैया रैब पर्व मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा मनाइएको छ । अब पितृपक्ष, जितिया र दशहरा (दसैँ) मुखमै छन् । चाडबाडमा स्वाभाविक रूपमा सागसब्जी तरकारीको खपत बढ्ने हुँदा उपभोक्ता महँगीको मारमा परेका बर्दिबास–२ कै बासिन्दा अटोचालक भोला महतो बताउँछन् ।

अधिक वर्षा तरकारीखेतीका लागि उपयुक्त हुँदैन । तर यसपालि असारयता पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने आकासिँदै गएको हो । असारसम्म बढीमा रु ४० प्रतिकिलो पाइने गरेको परवल अहिले १०० को हाराहारी पुगेको छ । यसैगरी, गोलभेँडा ९०, पहाडबाट झारिएको काउली त रु २०० प्रतिकिलो पुगेको आइतबार भदैयारैब पर्वका लागि तरकारी किन्न बजार जानुभएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारूले बताए।

यसैगरी, हरियो फर्सी ६०, अरुवा (पिँडालु) ७०, करेला ९०, घिरौँला, झिमनी र भिन्डी (रामझिमनी) ५० र ओल रु १५० प्रतिकिलो पुगेको छ । चाडवाड बाक्लिदै गर्दा हरियो सागसब्जी र विभिन्न तरकारीको मूल्य चर्किएको उपभोक्ताको आम गुनासो छ । यसपालि लामो खडेरीले यहाँ स्थानीय तरकारीको उत्पादन घट्दा अहिले बजारमा तरकारीको धेरैजसो माग पहाडबाट झारिएको तरकारीले लिएको छ । यी तरकारी किसानको हातमा नभई व्यापारीको तजबिजमा हुँदा मूल्य आकासिएको आम उपभोक्ता लख काट्छन् । अहिले पहाडबाट झरेको तरकारी यहाँका बजार मात्र नभई सीमापारिका भारतीय बजारसम्म पुग्ने गरेको छ । यसले पनि यहाँ तरकारीको मूल्य निकै बढाएको व्यापारी स्वीकार गर्छन् ।

“लगालगी चाडबाड परेका छन्, माग बढ्दो छ, यसले गर्दा तरकारीको मूल्य अझै केही बढ्नसक्छ,” बर्दिबास–१ का तरकारी व्यापारी दिलीप कुशवाहा भन्छन्, “हामीकहाँ आइपुग्दासम्म यो तरकारी तीन ठाउँ बेचिन्छ, सबैले केही न केही नाफा राखेरै बेच्नुपर्दा मूल्य अलि बढेको हो ।” यहाँ उत्पादन घटेको, भारतबाट तरकारी आउन छाडेको र पहाडबाट झारिने तरकारीको ढुवानी भाडा बढ्दा बजारमा मूल्यमा प्रभाव परेको व्यापारीको भनाइ छ । यो क्रम यहाँ हिउँदे तरकारी ननिस्किउञ्जेल रहनसक्ने सीतापुर बजारका अर्का व्यापारी रामप्रताप साह बताउँछन् ।

यता यहाँका किसान भने गत हिउँदमा आफ्नो उत्पादन कौडीको मूल्यमा बेच्नु परेको सम्झँदै अहिले किनेर खानपर्दा परेको मूल्यले विरक्तिएका छन् । अहिलेको तरकारी बजार किसानको नभई व्यापारीको कब्जामा रहेको किसान बताउँछन् । “प्रतिकूल मौसमले यसपालि हाम्रो तरकारीखेती फस्टाएन, कुनै बजारमा तरकारी बेच्न बसेका किसान हम्मेसी देखिन्नन्,” तरकारी खेतीका अब्बल किसान मानिने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो भन्छन्, “अहिले त आफ्नो भान्सा पनि बजार गइने झोलाले धान्नु परेको छ।”

साउनयता भारतबाट यता आउने तरकारी पूरै रोकिएको छ । बरु सीमावर्ती भारतीय बजारमा पनि काभ्रेको मङ्गलटार, भकुण्डेबसी, मकवानपुरको टिस्टुङ्पालुङ, रामेछाप, सिन्धुली र पूर्व धनकुटादेखि आउने तरकारी पुगिरहेको हुँदा यहाँका बजारमा मागअनुसार अपुग हुँदा मूल्य बढेको जलेश्वर भन्सार नाका मलिबारास्थित प्लान्ट क्वारेन्टिइन कार्यालयका प्रमुख किशोर यादवको आकलन छ ।

“हेर्नोस् न, हाम्रै नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब २० थरीका तरकारी दुई हजार ६८३ मेट्रिक टन भित्रिएको थियो, यसपालि नयाँ आर्थिक वर्ष (२०८२/८३) सुरु भएयता यो क्रम लगभग ठप्प छ,” यादव भन्छन्, “यसको प्रभाव त हाम्रो बजारमा परिहाल्छ ।” अहिले त भारतको तरकारी यता आउनुसट्टा हाम्रै पहाडका तरकारी उताको बजारमा पुग्दा यहाँ मागअनुसार तरकारी नहुँदा मूल्य बढेको प्लान्ट क्वारेन्टिइन कार्यालयका अधिकारीको ठम्याइ छ ।

अहिले तरकारीको मूल्यवृद्धिले होटल सञ्चालक पनि सकसमा परेका छन् । आम उपभोक्ताको क्रयशक्ति घटेका बेला खानामा मूल्यवृद्धि गर्दा व्यवसाय नै धराशयी हुने अवस्था बनेको उपभोक्ता हक संरक्षण मञ्चका अध्यक्षसमेत रहेका बर्दिबास–३ स्थित होटल शिशमहलका सञ्चालक दीपेन्द्र पराजुली बताउँछन् । महोत्तरीका मटिहानी, भङ्गाहा, बलवा, गौशाला, लोहारपट्टि र बर्दिबाससहितका स्थानीय तहका बस्तीहरू तरकारीखेतीका पकेटक्षेत्र मानिन्छन् । यस जिल्लामा २२ हजार ६८० हेक्टर क्षेत्रफलमा विभिन्न थरीका तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका कृषिविज्ञसमेत रहेका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिए। अहिले यताको प्रतिकूल मौसमले बर्खे तरकारी राम्रो उत्पादन हुन नसकेको र अब हिउँदे तरकारी लगाउने बेला परेको हुँदा तयार तरकारी कम भएको महतोको भनाइ छ ।

यता आम उपभोक्ता भने चाडबाडको मुखमा बढ्दै गएको मूल्यले आहत भएका छन् । महँगीकै कारण चाडबाडमा मन फुकाएर सागसब्जी खान नपाइने उपभोक्ताको चिन्ता छ । चाडबाडका बेला तरकारी मात्र नभएर अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने र भीडभाडको बेला पारेर कमसल सामग्री उपभोक्तालाई दिने गरेका यहाँको विगत छ । यसलाई दृष्टिगत गरी स्थानीय प्रशासन, स्थानीय तह र सम्बद्ध निकायले चाडबाडका बेला सघन अनुगमन गरी दिनुपर्ने आम उपभोक्ता बताउँछन् ।रासस
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस