चीनसँग पारवाहन सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । २०७२ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला चीनसँग पारवाहन सम्झौता भएको भए पनि नेपालले अहिलेसम्म सुविधा लिन सकेको छैन । चीनसँगको पारवाहन सम्झौता र यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर कागजमा मात्र सिमित छ ।
तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा नेपाल भारतसँग मात्र निर्भरता छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापारमा आयात निर्यात हुँदै आएको छ । नेपालको भारतीय भूमि प्रयोग नगरी समुद्रसम्म पहुँच नभएकाले भारतीय परनिर्भरता कम गर्न पारवाहन सुविधाका लागि चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्नका लागि सामुन्द्रिक किनारमा पहुँच पुर्याउन यो सम्झौता गरिएको थियो । २०७२ मा भारतसँगको नाकाबन्दीका बेला सम्झौता गरे पनि त्यसयता सञ्चालनका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।
चीनसँगको पारवाहन सम्झौता राजनीतिक नारामा सिमित रहेको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् । ‘भारतको नाकाबन्दी पछि पारवाहन सम्झौता गरेर राजनीतिक प्रचारबाजी भयो,’ पूर्व सचिव ओझा भन्छन्, ‘सञ्चालनको प्रक्रियाका लागि त्यसपछि कुनै काम हुन सकेको छैन ।’ नेपालले पूर्व एसिया जापान, भियतनाम, दक्षिण कोरिया, ताइवान लगायतका मुलुकसँगको व्यापारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने ओझा बताउँछन् । ती मुलुकसँग नेपालको अर्बौं रुपैयाँको आयात, निर्यात व्यापार रहेको छ । पूर्व एसियाका मुलुकसँग आयात निर्यात व्यापार गर्दा भारतको कोलकत्ता बन्दरगाहको प्रयोग हुँदै आएको छ । सम्झौता भए पछि नेपालबाट पटक पटक राजनीतिक नेतृत्वले प्रधानमन्त्री तहमा भ्रमण गरे पनि सञ्चालनका लागि पूर्वाधार तयार गर्नका लागि कुनै पहल भएको छैन ।
गत आर्थिक वर्ष २०८१/८१मा नेपालको चीनसँग तीन खर्ब ४१ अर्ब १० करोड रुपैयाँको आयात र दुई अर्ब ६३ करोडको निर्यात व्यापार छ । त्यसैगरी, जापानसँग ६ अर्ब ५९ करोड रुपैयाँको आयात र एक अर्ब ९१ करोड रुपैयाँको निर्यात व्यापार छ । ताइवानसँग नेपालको दुई अर्ब ४३ करोडको आयात र २० करोडको रुपैयाँको व्यापार छ । त्यसैगरी, दक्षिण कोरियासँग ६ अर्ब ८३ करोड ८७ लाखको आयात र ४७ करोड ६५ लाख रुपैयाँको निर्यात व्यापार रहेको छ ।
पारवाहन सुविधा दिने प्रक्रिया, कहाँबाट ढुवानी गर्ने, कहाँ बुझ्ने लगायतका विषयमा प्रोटोकल अधुरो रहेको छ । कुन प्रक्रियाबाट पारवाहन ढुवानी हुन्छ भन्ने विषयमा दुई देशबीच सहमति गरेर प्रष्टता हुनुपर्ने सरोकारवाला बताउँछन् । सरकारले निजी क्षेत्रका कम्पनीलाई सामान ढुवानी गरेर ल्याउने वातावरण बनाउनु आवश्यक छ । ‘लागत, समय कति लाग्छ भन्ने विषयमा पनि अध्ययन भएको देखिँदैन,’ ओझाले भने, ‘सम्झौता गरेर बस्नुको कुनै अर्थ छैन ।’
चीन हुँदै नेपालले सामुन्द्रिक पहुँच पाउँदा व्यापारिक क्षेत्रमा फड्को आउने अपेक्षा गरिएको थियो । चीनको नेपालसँग नगन्य व्यापार भएकाले उसले प्राथमिकता नदिएको सरकारी अधिकारी बताउँछन् । ‘विश्व बजार कब्जा गरेको चीनका लागि नेपालको बजार गौण विषय हो,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालका लागि आवश्यक भए पनि हामीले पनि पहल गर्न सकेका छैनौं ।’ चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढी नाका त नियमित सञ्चालन गर्न नसकेको सरकारले तेस्रो मुलुकबाट चीन हुँदै सामान आयातको वातावरण बनाउला भन्ने आश नभएको व्यापारी बताउँछन् ।
तत्कालीन समयमा चीनसँग भएको सत्र बुँदे प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको थियो । तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङचुङगोला नाका प्रयोगमा ल्याउने सहमति भए पनि कार्यान्वयनमा आएको छैन । सञ्चालनमा रहेका तातोपानी र केरुङ नाका पनि बीच–बीचमा बन्द हुने खुल्ने गरेका छन् ।
ओलाङगुङगोला, किमाथांका र कोरालाचाहिँ औपचारिक रुपमा खुलेका छैनन् । सन् १९८२ मा जारी संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धिले भूपरिवेष्टित मुलुकहरुको पनि समुद्रसम्म पहुँच दिनुपर्ने उल्लेख थियो । यस्तो पहुँचका लागि जुन मुलुकको जमिन हुँदै समुद्रसम्म पुगिन्छ सम्बन्धित मुलुकसँग यातायात तथा पारवहन सम्झौता भए पनि मात्र प्रयोगमा ल्याउने पाइने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।

चीनसँगको पारवाहन सम्झौता राजनीतिक नारामा सिमित रह्यो । कार्यान्वयनमा आए नेपालले पूर्व एसिया जापान, भियतनाम, दक्षिण कोरिया, ताइवान लगायतका मुलुकसँगको व्यापारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्छ ।नेपाली बजारमा छ्यापछ्याप्ती चिनियाँ सामान रहेका छन् । तर, चीनसँग सञ्चालनमा रहेका तातोपानी र केरुङ नाकाबाट पनि नियमित सामान आउन सकेका छैनन् । सडक पूर्वाधार लगायतका समस्याका कारण समय समयमा अवरोध आउने गरेका छन् । चीनबाट ल्याउने सामान पनि भारतको कोलकत्ता बन्दरगाहबाट ल्याउनुपर्ने बाध्यता छ । चीनबाट रेल ल्याउने हल्ला गरे पनि सडक स्तरोन्नतीमा समेत ध्यान दिइएको पाइँदैन ।
पुरुषोत्तम ओझा, पूर्व वाणिज्य सचिव