गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र
०५ साउन २०८२
•
१ मिनेट पाठ
गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र
एक वर्षमा जिल्ला भित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो। सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ।




सो कार्यालयले जिल्लाका ३३.६ किलोमिटर सडक यस वर्ष कालोपत्र गरेको हो। सडक कालोपत्रसहित नाला निर्माण, ढलान, वाल निर्माण गरेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए। 'सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्र गर्ने क्रम अझै चलिरहेको छ। काम गर्दै जाँदा कुनै वर्ष कालोपत्र बढी हुन्छ, कुनै बेला कम। तर, काम भने भइरहेको छ,' उनले भने।

जिल्लामा सडक योजना कार्यालयपछि सबैभन्दा धेरै किलोमिटर सडक पूर्वाधार विकास कार्यालय हो। सो कार्यालयले यस वर्ष जिल्लाभर २१.७ किलोमिटर सडक कालोपत्र गरेको सूचना अधिकारी शर्मिला थापाले जानकारी दिइन्।

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा यस वर्ष छ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनियर गोविन्द श्रेष्ठले बताए। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराले यहाँको पालुङ्टार नगरपालिकामा सडक कालोपत्र गरेको छ। सो कार्यालयका इञ्जिनियर सरोज आचार्यका अनुसार पालुङ्टारमा २.५ किलोमिटर सडक कालोपत्र गरेको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा सहिदलखन गाउँपालिकाले ३.५ किलोमिटर सडक कालोपत्र गरेको छ। पालिकाको रु १० करोड बजेटमा नामजुङ्ग घैरुङ सडक कालोपत्र गरेको गाउँपालिकाका इञ्जिनियर राजन रानाभाटले जानकारी दिए। रासस
अर्को समाचार
गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन
०७ साउन २०८३
•
३ मिनेट पाठ
गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन
गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका ११ जिल्लामा ८६ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले बिहीबार पोखरामा आयोजित समीक्षा गोष्ठीमा दिएको हो।




गत आर्थिक वर्षमा सबैभन्दा धेरै कास्कीमा २७ किलोमिटर सडक कालोपत्र भएको छ भने गोरखामा भने एक किलोमिटर पनि सडक कालोपत्र हुन सकेन। गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृहजिल्ला हो।

त्यसैगरी, लमजुङमा १७ किलोमिटर, स्याङ्जामा १० किलोमिटर, नवलपुरमा ८ किलोमिटर, पर्वतमा ७ किलोमिटर, बागलुङमा ६ किलोमिटर, मनाङमा ५ किलोमिटर, म्याग्दीमा ३ किलोमिटर, मुस्ताङमा २ किलोमिटर र तनहुँमा १ किलोमिटर सडक कालोपत्र भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका अतिरिक्त सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।

यस अवधिमा ९ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। गण्डकीका ११ जिल्लामध्ये स्याङ्जामा ४ वटा, तनहुँमा ३ वटा तथा लमजुङ र म्याग्दीमा १/१ वटा झोलुङ्गे पुल निर्माण भएको घिमिरेले बताए।

त्यसैगरी, २४ वटा मोटरेबल सडक पुल निर्माण भएका छन्। गोरखा र स्याङ्जामा ४/४ वटा, लमजुङ, नवलपुर, बागलुङ र कास्कीमा २/२ वटा, तनहुँमा ३ वटा तथा पर्वत, मुस्ताङ र मनाङमा १/१ वटा सडक पुल निर्माण भएको उनले जानकारी दिए।

गण्डकीमा पछिल्लो एक वर्षमा ७ वटा भवन निर्माण भएका छन्। पर्वतमा ५ वटा तथा तनहुँ र मनाङमा १/१ वटा भवन निर्माण भएको अतिरिक्त सचिव घिमिरेले बताए।

हाल गण्डकी प्रदेशमा ३५ वटा योजना रुग्ण अवस्थामा रहेका छन्। उनका अनुसार तनहुँमा ७ वटा, गोरखामा ६ वटा, स्याङ्जा र मुस्ताङमा ४/४ वटा, कास्की, पर्वत र बागलुङमा ३/३ वटा, मनाङ र म्याग्दीमा २/२ वटा तथा एउटा प्रदेशस्तरीय योजना रुग्ण अवस्थामा छन्।

‘बजेट अभाव, निर्माण व्यवसायीको लापरवाही, प्राकृतिक प्रकोप, बहुवर्षीय योजनामा अपर्याप्त बजेट, वन तथा जग्गा प्राप्तिमा समस्या, रकमान्तर र अदालतका फैसलाजस्ता कारणले योजना रुग्ण भएका हुन्,’ घिमिरेले भने।

गत आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले ६५ प्रतिशत बजेट खर्च गरेको थियो। चालुतर्फ ५४ प्रतिशत र पुँजीगततर्फ ६५ प्रतिशत बजेट खर्च भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार जेनेजी आन्दोलनका कारण भएको आगजनी तथा तोडफोड, मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्माण सामग्रीको लागत बढेकाले लक्ष्यअनुसार बजेट खर्च गर्न कठिन भएको थियो।

‘यी विविध कारणले प्रभाव परे पनि हाम्रो निरन्तर प्रयासले यतिसम्म गर्न सकेका छौँ। यो पनि ठूलो उपलब्धि हो,’ उनले भने।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खर्च गर्ने क्षमता बढाउन निर्देशन दिए। ‘यो वर्ष मौज्दात रकम पनि झन्डै ५ अर्ब रुपैयाँ छ, राजस्व पनि ४ अर्ब पुग्ने निश्चित छ। बजेट पुग्दैन भनेर डराउनुपर्दैन। रकमान्तरका लागि पनि पहिलेजस्तो आर्थिक मामिला मन्त्रालयको स्वीकृति लिन नपर्ने भएकाले ढुक्क भएर काम गर्नुहोस्,’ उनले भने।

उनले साउन महिनाभित्र फिल्ड भिजिट र लागत अनुमानको काम सक्न तथा भदौदेखि टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिए। साथै, दुई वर्ष नपुगेका कर्मचारीलाई सरुवा नगर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सरुवा हुन्छ कि भनेर अहिलेबाटै काम छाडेर नबस्नुस्। दुई वर्ष पुगेकालाई पनि सबैलाई सरुवा गरिँदैन, नपुगेकालाई त झन् सरुवा गरिँदैन,’ उनले भने।

कार्यक्रममा समयमै योजना सम्पन्न गर्ने एक दर्जन निर्माण कम्पनीलाई दोसल्लासहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस