यसपालि पनि सकिएन लोकमार्गको सास्ती
०८ असार २०८३
•
६ मिनेट पाठ
यसपालि पनि सकिएन लोकमार्गको सास्ती
नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो। तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ को मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट विनियोजन गरेका थिए। मध्यपहाडी लोकमार्ग बागलुङ प्रवेश गर्ने मालढुङ्गादेखि पूर्वी रुकुम जोड्ने पातीहाल्नेसम्म करिब १४० किलोमिटर बागलुङमा पर्छ।




नेपालको नक्सा जस्तो बनेर दक्षिण पश्चिम फैलिएको बागलुङ जिल्लाका ६ वटा स्थानीय तहलाई लोकमार्गले छुन्छ। मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजनाको रूपमा साविक बागलुङ - बुर्तिबाङ सडकखण्ड नै भएर जाने भएपछि बागलुङमा सबैभन्दा छिटो काम हुने र यसले यहाँको आर्थिक सामाजिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको थियो। अहिलेसम्म पनि लोकमार्गको बागलुङ खण्डमा सडकको दुरवस्थाले गर्दा नागरिक र यात्रुले सास्ती खेप्नेक्रम सकिएको छैन। बागलुङ खण्डमा पर्ने अधिकांश सडक धेरै अगाडि कालोपत्र भइसकेको छ भने कतिपय ठाउँमा पुनः मर्मत समेत गरि सकिएको छ।

बागलुङ- बिहुँ र बिहुँ–घोडाबाँधेको दुई खण्ड सडक निर्माण व्यवसायीको चरम लाहपरबाही कारण अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन। जसका कारण यहाँका नागरिकले हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्न बाध्य छन्। खराब सडकका कारण बिहुँ क्षेत्रका स्थानीय नागरिकले दैनिक धुलो खानु परेको काठेखोला गाउँपालिका - ५ बिहुँको भरतप्रसाद सापकोटा बताउँछन्। ‘दुधमा तर लागेजस्तो यहाँका मानिसहरूको घरमा पकाएर राखेको खाना र दाल तरकारी धुलोको तर लागेर बसेको हुन्छ’, उनले भने, ‘यहाँका नागरिकले त हिउँदा धुलो खाने र बर्खामा हिलोको सास्ती व्यहोर्ने भएको छ।’

ठेकेदारको चरम बदमासी लाहपरबाहीले स्थानीय समस्यामा सापकोटा बताउँछन्। ‘धुलो उडेर गाईवस्तुलाई खुवाउने घाँस पनि सबै बिजोग हुन्छ, अन्नवाली र फलफूल नि धुलोले पुरिन्छ’, उनले भने।

विगतको ठेकेदारले पटक–पटक म्याद थप्दै बसेर काम नगरेको र अहिले पनि अवस्था उस्तै रहेको उनले सुनाए। ‘यो सडकबारे संसद्मा आक्कलझुकल आवाज उठेको छ तर त्यसको परिणाम यहाँ फिल्डमा देखिन्न’, उनले भने, ‘जसको सरकार आए पनि ठेकेदार नै हाबी हुने अवस्था रहेछ। जनताको यो दुःखमा सरकारी संयन्त्रहरू लाचार जस्तै भएको देख्दा साँच्चै सरकार नागरिकका लागि होइन रहेछझैं लाग्छ।’

बिहुँको माथिल्लो क्षेत्र १२ किलोमिटर बिहुँ- घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थियो। आठ वर्ष बितिसक्दासम्म पनि काम पूरा नगरेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले ठेक्का तोडेर नयाँ ठेक्का लगाएको छ। २०८१ असार २१ गते दुई वर्ष भित्र योजना पूरा गर्ने गरी नयाँ ठेक्का लिएको तामाङ/रजिल भगवती जेभीको पनि यही असार मसान्तमा म्याद सकिँदैछ। असार सुरु भैसक्दा पनि सडकको अवस्था भने अझै उस्तै छ।

यो खण्डमा केही सडक पहिले कालोपत्र भएको पनि भत्किएको र नयाँ कालोपत्र हुने अवस्था नरहेको स्थानीय युवा कृष्ण कँडेल बताउँछन्। ‘असार भित्र सक्ने भन्ने कुरा थियो तर ठेकेदारले जाँगरलगाएर काम गरेको देखिन्न’, उनी भन्छन्, ‘एक दुई वटा ट्रिपर, १०/१५ जना मजदुर राखेर अलिअलि काम गरे जस्तो गरेको देखिन्छ। अलिअलि घुम्तीमा ढलान गर्ने र अरु स्ट्रक्चरको काम गरेको छ। कालोपत्र होला जस्तो छैन। पहिले भएका ठाउँमा पनि भत्किएर समस्या भएको छ।’ सडकका कारण स्थानीयले पाएको दुःख बयान गरिसाध्य नभएको कँडेल बताउँछन्।

‘धुलोका कारण बिरामी हुनेहरूमा धेरै छन्, सडक चाँडो निर्माण हुनुपर्‍यो भनेर हामीले पटक–पटक आन्दोलन पनि गर्‍यौं। यहाँका नागरिकले काम बेलामा गर्छ भने सहयोग गरौं भनेर ऋण पनि दिए,’ उनी भन्छन्, ‘पहिलका ठेकेदार कामै नगरी गयो। अहिले पनि म्याद सकिन केही दिन मात्र बाँकी छ। काम गरिरहेको देखाउनका लागि मात्रै गरिएको जस्तो छ।’

लोकमार्गको तल्लो खण्ड उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।

पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि गत पुस महिनामा यो खण्डको पनि ठेक्का तोडिएको छ। लोकमार्ग आयोजनाले ठेक्का रद्द गरेपछि निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ।

ठेकेदारले पटक–पटक प्रशासनको रोहबरमा स्थानीय नागरिकसँग गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अप्ठ्यारो भएको काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृहस्पति शर्मा कँडेल बताउँछन्।

‘तल्लो खण्डको ठेक्का नै तोडियो अब त्यसको के कुरा भो र माथिल्लो खण्डको नयाँ ठेकेदारले पनि हामीसँग यही वडा कार्यालयमा आएर दुई वर्षमा जसरी पनि काम सक्छु, मलाई म्याद थप्नुपर्दैन भनेर लोकमार्ग आयोजना इन्जिनियर, सिडिओसापसहित यहाँको नागरिकको सामु भनेका हुन्,’ उनले भने, ‘अहिले विभिन्न बहाना बनाएर काम ढिलो गरेका छन्। स्ट्रक्चरको काम अगाडि बढेको छ। माथिल्लो खण्डमा सडक सम्याउने काम  भएको छ तर अहिले कालोपत्र हुने अवस्था देखिन्न।’

पहिलो म्याद नथप्ने भनेको ठेकेदारले अहिले बिटुमिन नपाएको तेलको मूल्य बढेको लगायतका कारण देखाएर ठेक्का सम्झौता थप गर्ने मनसायले अगाडि बढेको उनी बताउँछन्। ‘पहिलो जसरी पनि समयमै काम सक्छु भन्ने कुरा थियो, अहिले निर्माण सामग्री पाइएन, महँगी बढ्यो भन्ने अनेक बहानामा म्याद थप्ने काममा लागेको जस्तो देखिन्छ’, अध्यक्ष कँडेल भन्छन्।

बिहुँ- घोडाबाँधे खण्ड यस पटक काम सकिने अवस्था भए पनि पछिल्लो परिस्थितिका कारण समस्या आएको पुस्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरे बताउँछिन्।

‘माथिल्लो खण्डको त यस पटक काम सकिने अवस्था थियो तर पछिल्लो परिस्थितिका कारण सबैतिर निर्माणको काम सुस्त भएको छ,’ उनले भनिन्, ‘निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि लगायतले गर्दा समयकै काम नसकिने अवस्था सिर्जना भएको छ।’

माथिल्लो खण्डमा अहिले ५२ प्रतिशत काम भएको उनले सुनाइन्। ‘स्ट्रक्चरको काम लगभग सबै सकिएको छ,’ उनले भनिन्, ‘पहिलाभन्दा धेरै काम भएको छ। पहिले जस्तो गाह्रो छैन।’ तल्लो खण्डको ठेक्का तोडिएपछि अदालतमा मुद्दा परेकाले अन्य प्रक्रिया अगाडि बढाउन नसकिएको उनले सुनाइन।

‘हामीले पुसमा सम्झौता रद्द गर्‍याैं, निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गर्‍यो’, उनले भनिन्, ‘अदालतमा मुद्दा भएपछि त्यसपछिका सबै प्रक्रियाहरू ठप्प भएका छन्।’

अदालतले जति छिटो फैसला दियो उति छिटो काम अगाडि बढ्ने उनले उल्लेख गरिन्। ‘अदालतले कागजपत्रहरू झिकाएको थियो, हामीले बुझाएका छौं, सायद दुई चार दिनमा केही निधो आउला। अदालतले जति छिटो टुंगो दियो उति छिटो अन्य प्रक्रिया अगाडि जान्छ’, घिमिरेले भनिन्। बागलुङकै बिहुँ - गलकोट खण्ड भने पहिले नै निर्माण पूरा भएर पनि अहिले भत्किएका ठाउँहरूमा पुनःनिर्माण सुरु भएको छ।

‘त्यो खण्ड आगामी वर्ष सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्छौं, यस वर्ष मर्मतको काम भइरहेको छ’, उनले भनिन्। पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग पश्चिम बैतडीको झुलाघाट पुगेर टुङ्गिन्छ। यसले मध्यपहाडी क्षेत्रका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ। लोकमार्गको एक हजार ८७९ किलोमिटरमध्ये बागलुङ खण्डमा नै एक सय ४० किलोमिटर पर्छ।

मध्यपहाडी लोकमार्गसँगै यसको आसपासमा रहेका १० वटा सहरीकरणमा प्रवेश गर्दै गरेका बस्तीलाई नेपाल सरकारले नयाँ सहरी आयोजनामार्फत शहरीकरणको काम अगाडि बढाएको छ। नयाँ सहर आयोजनाअन्तर्गत बागलुङको बुर्तिबाङ, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा नयाँ शहरी आयोजना अन्तर्गत विभिन्न पूर्वाधारका कामहरू भैरहेका छन्।  
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस