गैरआवासीय भवन निर्माणको बजेट रोक्दा मधेशका पूर्वाधार कार्यालयमा तनाव
१७ असार २०८३
•
३ मिनेट पाठ
गैरआवासीय भवन निर्माणको बजेट रोक्दा मधेशका पूर्वाधार कार्यालयमा तनाव
मधेश प्रदेशको अर्थ मन्त्रालयले अन्तिम समयमा आएर बजेट रोकेपछि प्रदेशभर रहेका पूर्वाधार विकास कार्यालयहरूमा तनाव उत्पन्न भएको छ।




चालु आर्थिक वर्षको असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बजेट रोकिँदा विकास निर्माणका कामहरू प्रभावित बनेका छन्।

सम्झौताअनुसार काम गराएर त्यसको भुक्तानी लिन पूर्वाधार कार्यालयमा जाँदा बजेट रोक्का गरिएको थाहा पाएपछि उपभोक्ता समिति र ठेकेदारहरूले विरोध जनाउँदै तनाव सिर्जना गरेका हुन्।

विवाद बढ्दै जाँदा कतिपय पूर्वाधार विकास कार्यालयका प्रमुखहरू बुधबार दिनभर कार्यालयमै नबसी बाहिर बस्न बाध्य भएका छन्।

बारामा गैरआवासीय भवन निर्माणका लागि करिब सात करोड ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। प्राप्त बजेटबाट जिल्लाभर २८ वटा योजना सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय बाराले जनाएको छ।

सञ्चालन गरिएका अधिकांश योजना सम्पन्न भइसकेका छन् र त्यसको भुक्तानी गर्न जाँदा बजेट रोक्का गरिएको थाहा पाएपछि उपभोक्ता समितिका पदाधिकारीहरूले भुक्तानी माग गर्दै दबाब दिएको कार्यालय प्रमुख ओमप्रकाश साहले बताएका छन्।

त्यसैगरी, पूर्वाधार कार्यालय पर्सामा पनि गैरआवासीय भवनका लागि साढे तीन करोड रुपैयाँ बजेट प्राप्त भएको थियो। प्राप्त बजेटबाट सञ्चालन गरिएका योजनाहरूको भुक्तानी दिने बेलामा बजेट रोक्का गरिएको जानकारी पाएपछि उपभोक्ता समितिहरूले असन्तुष्टि जनाएका छन्।

बारा र पर्सासँगै रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका पूर्वाधार कार्यालयहरूको समेत सो शीर्षकको बजेट रोक्का गरिएको छ।

बजेट रोक्का भएपछि बुधबार धनुषाका निर्माण व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय जनकपुरमा तालाबन्दीसमेत गरेका छन्। निर्माण व्यवसायीले भौतिक पूर्वाधार मन्त्रालयमा पनि तालाबन्दीको तयारी गरेको निर्माण व्यवसायी संघ धनुषाका महासचिव रुपेश सिंहले बताएका छन्।

काम गराएर भुक्तानी दिने बेला मधेश सरकारले दर्जनौं योजनाको बजेट रोकेर सबैलाई तनाव दिएको सिंहको भनाइ छ। सरकारको नियत ठीक नरहेको र दर्जनौं योजनाका निर्माण व्यवसायी तथा उपभोक्ता गम्भीर समस्यामा परेको भन्दै मन्त्रालयमै तालाबन्दी गरिएको उनले बताए।

असार मसान्तको अन्तिम समयमा आएर निर्माण सम्पन्न भइसकेका कतिपय योजनाको समेत भुक्तानी रोकिँदा उपभोक्ता समिति र निर्माण व्यवसायी दुवै पक्ष तनावमा परेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा अर्थ मन्त्रालयले जारी गरेको खर्च मापदण्डमा योजना कार्यान्वयन गर्दा अर्थ मन्त्रालयसँग पूर्वस्वीकृति लिएर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख थियो। अर्थ मन्त्रालयकै स्वीकृतिमा सञ्चालन गरिएका गैरआवासीय भवन शीर्षकका बजेट रोक्दा पूर्वाधार विकास कार्यालयका कर्मचारीहरूलाई बदनाम गराउन खोजिएको आरोप लागेको छ।

गत वैशाखको अन्तिम सातासम्म अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूको विकास बजेट पनि रोक्का राखेको थियो।

मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री मोहम्मद समीरले अर्थ मन्त्रालयले रोकेको बजेटबारे बुझ्ने काम भइरहेको बताएका छन्। अर्थ मन्त्रालयबाट स्वीकृत भएको बजेट अन्तिम समयमा रोकिँदा जनतामा राम्रो सन्देश नगएको उनको भनाइ छ।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग बजेट रोक्का गरिएको विषयमा प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन्।

यसअघि पनि अर्थ मन्त्रालयले बजेट रोक्का गरेर पूर्वाधार विकास कार्यालयहरूबाट आर्थिक लाभ लिन खोजेको गुनासो उठ्दै आएको छ।

मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले गरिरहेका छन् भने अर्थमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता युवराज भट्टराई छन्। मधेश सरकारभित्रको आन्तरिक असन्तुष्टिका कारण बजेट रोक्का प्रकरणले थप चर्चा पाएको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
३५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस