सेती राजमार्गले छोटिने छ तराई र पहाडको दूरी
२४ कार्तिक २०८२
•
४ मिनेट पाठ
सेती राजमार्गले छोटिने छ तराई र पहाडको दूरी
तस्बिर : योगेश/नागरिक
सेती राजमार्गको निर्माणले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी जिल्लाको तराईसँगको दूरी घट्ने देखिन्छ।  




हाल कैलालीको अत्तरीयाबाट डडेल्धुरा, डोटी हुँदै यात्रा गर्दै आइरहेका अछाम, बाजुरा र बझाङका जनतालाई सेती राजमार्ग निकै छोटो हुनेछ। यस राजमार्गले कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाका जनताको समेत सडक यात्रालाई घटाउने देखिन्छ।

कैलालीको अत्तरीयादेखि बाजुरा सदरमुकाम मार्तडीसम्मको दूरी ३१८ किलोमिटर रहेको छ। यस राजमार्गको निर्माणले मार्तडीसम्मको दूरी निकै कम हुनेछ। सेती राजमार्गको दक्षिणतर्फको केन्द्रविन्दु रहेको कैलालीको टीकापुरदेखि मार्तडीको दूरी २५२ किलोमिटरमा सीमित हुनेछ। टीकापुरदेखि मार्तडी जाने व्यक्तिले टीकापुर–अत्तरीयासम्म थप ७७ किलोमिटर यात्रा गर्नुपर्छ।  

अत्तरीयादेखि बझाङ सदरमुकाम चैनपुरसम्मको दूरी २५७ किलोमिटर छ। यस राजमार्गले टीकापुरदेखि चैनपुरसम्मको दूरीलाई २४० किलोमिटरमा समेट्ने छ। यसमा समेत टीकापुर–अत्तरीयाको ७७ किलोमिटरलाई जोड्ने हो भने सेती राजमार्ग निर्माण पश्चात टीकापुर–चैनपुरको दूरी निक्कै घट्ने देखिन्छ।  

यस राजमार्गले सबैभन्दा धेरै लाभ कैलालीको टीकापुर र अछामका जनतालाई दिनेछ। टीकापुर र आसपासका क्षेत्रमा धेरैजसो अछामबाट बसाई सरेर आएका व्यक्तिहरुको बसोबास रहेको छ। उनीहरूले हाल टीकापुरदेखि अछामको सदरमुकाम मंगलसेनसम्म ३६९ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।  

यस राजमार्गको निर्माण पश्चात टीकापुर–मंगलसेनको दूरी झण्डै २१० किलोमिटरमा सीमित हुनेछ। सदरमुकाम मंगलसेन जानलाई बुढीगंगा र कैलाशखोलाको दोभानबाट सडक निर्माण भैसकेकाले साँफेबगर पुग्न नपर्ने भएपछि सडक यात्रा झन छोटो हुने देखिन्छ।  

‘हामीले त एक दिनमै सहजै ओहोरदोहोर गर्न सक्नेछौं,’ अछामको बस्तीबाट बसाइँ सरेर आएका टीकापुरका स्थानीय रुपकबहादुर बिष्टले भने, ‘घुमाउरो सडक यात्राको अन्त्य हुने पर्खाइमा छु।’

डोटीको पूर्वी भेगका जनताका लागि समेत सेती राजमार्ग निकै लाभदायक हुनेछ। उनीहरूले समेत अहिले डडेल्धुरा हुँदै दिपायल पुग्नुपर्ने बाध्यता छ। यो राजमार्ग डोटीको पूर्वी भेग हुँदै अछाम जाने भएकाले यसको प्रत्यक्ष लाभ त्यहाँका बासिन्दालाई हुनेछ। डोटीमा मात्रै यस राजमार्गले ४० किलोमिटर भूभाग ओगट्नेछ। जसमध्ये ६ किलोमिटरमा ट्रयाक खोलिसकेको छ भने बाँकी काम भैरहेको छ।

कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाका जनता अहिले सुर्खेत हुँदै कोहलपुरसम्मको सडक यात्रा गर्दै आएका छन्। उनीहरूले दैलेखको राकमबाट अछामको विनायक–मंगलसेन हुँदै बुढीगंगा र कैलाशखोलाको दोभानबाट यस राजमार्गमा जोडिन सक्ने छन्।  

‘यो उनीहरूका लागि समेत तराई जोडिने छोटो मार्ग हुनेछ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रेम कुँवरले भने, ‘सेती राजमार्ग सुदूरपश्चिम र कर्णालीका जनताको लाईफ लाइन हो।’  

यो राजमार्गले सुदूरपश्चिम र कर्णालीका जनतालाई तराईसँग जोड्न छोटो दूरी बनाउने मात्रै छैन यसले भारतीय तिर्थयात्रीहरूलाई स्थलमार्ग हुँदै छोटो दूरीमा कैलाश मानसरोवरको यात्रा गराउनेछ। हाल वर्षेनी हजारौंको संख्यामा भारतीय तिर्थयात्रीहरू कैलाश मानसरोवर दर्शनका लागि जाने गर्छन्। उनीहरूलाई भारतीय सरकारले लगानी गरेर कैलाश मानसरोवर पठाउने गरेको छ।  

उनीहरू मध्ये कतिपय हवाई यात्रा गरेर त्यहाँ जान्छन् भने कतिपय स्थलमार्गको लामो यात्रा गरेर जान बाध्य छन्। यो राजमार्ग स्थलमार्ग हुँदै जाने भारतीय तिर्थयात्रीका लागि निकै छोटो हुनेछ।  

राजमार्गको दक्षिण केन्द्रविन्दु रहेको टीकापुरदेखि उत्तर केन्द्रविन्दु रहेको बझाङको ताक्लाकोटसम्मको दूरी ३५९ किलोमिटर रहेको छ। टीकापुरदेखि नेपाल–भारत सीमा क्षेत्रको दूरी १५ किलोमिटर मात्रै छ।  

यो राजमार्ग कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय तिर्थयात्रीका लागि निकै महत्वपूर्ण रहेको छ। कैलाश मानसरोवर तिर्थयात्रीले त्यहाँ जानु पूर्व भारतको उत्तर प्रदेशस्थित नैमीशारण्यममा पूजाआजा गर्नुपर्ने मान्यता छ। जुन टीकापुरबाट नजिकै पर्छ।  

परापूर्वकालमा भारतीय तिर्थयात्रीहरू नैमीशारण्यमबाट कैलालीको सत्तीस्थित शिवालयमा समेत पूजाआजा गर्न आउने गरेको बताइन्छ। उनीहरू सत्तीस्थित शिवालयमा पूजाआजा गरेपछि कर्णाली नदीको किनार हुँदै पैदल यात्रा गरेर कैलाश मानसरोवर जाने गरेको इतिहास रहेको सत्तीस्थित शिवालय व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिएका छन्। ‘बुढापाकाले यस्तो कुरा बताउने गर्छन,’ उनले भने, ‘केही व्यक्तिहरू अहिले पनि आएको देख्दा हो भन्ने लाग्छ।’

उनका अनुसार केही भारतीय तिर्थयात्रीहरू अहिले पनि कैलाश मानसरोवरबाट फर्केर शिवालयमा दर्शन गर्न आउने गरेका छन। तर, यो संख्या ज्यादै न्यून रहेको छ।  

राजमार्ग निर्माण सुरु भएको १६ वर्षमा कुल ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ। राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ।  

कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामकरण गरिएको छ। दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन्। दक्षिण तर्फको २०४ मध्ये १३६ किलोमिटर र उत्तर तर्फको  १५५ मध्ये ७६ किलोमिटरमा ट्रयाक खुलेको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस