१५ अर्ब बराबरको धान उत्पादन घट्ने
०४ भदौ २०८२
•
३ मिनेट पाठ
१५ अर्ब बराबरको धान उत्पादन घट्ने
यो वर्ष करिब १५ अर्ब रुपैयाँभन्दा बढीको धान उत्पादन घट्ने देखिएको छ। सिँचाइ अभावले धान रोपाइँको क्षेत्रफल घट्नु, ढिला रोपाइँ हुनु, पर्याप्त रासायनिक मलको अभावले धान उत्पादन प्रभावित हुने भएको हो।




वर्षा ढिला भएकै कारण अन्न भण्डार मानिने मधेस प्रदेशमा ८६.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। यो वर्ष मुलुकभर ९४.१५ प्रतिशत मात्र रोपाइँ भएको छ। मुलुकभर १३ लाख ७६ हजार चार सय ६६ हेक्टरमा धान रोपाइँ हुनुपर्ने भए पनि १२ लाख ९५ हजार आठ सय ८७ हेक्टरमा मात्र रोपाइँ भएको छ।

यस वर्ष वर्षा ढिला हुँदा किसानले छिप्पिएको बिरुवा रोपेका छन्। किसानले धान गोड्ने बेला हुँदा पनि पर्याप्त रासायनिक मल पाउन सकेका छैनन्। यो वर्ष पोहोरभन्दा ८० हजार पाँच सय ७९ हेक्टरमा कम रोपाइँ भएको छ। गत वर्ष प्रतिहेक्टर ४.१९ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको उत्पादनलाई आधार मान्दा यो वर्ष कम रोपाइँ भएका कारण मात्र ३ लाख ३७ हजार ६ सय २६ मेट्रिक टन अर्थात् ३३ लाख ७६ हजार २ सय ६० क्विन्टल धान उत्पादन घट्ने देखिएको छ।

चालु आर्थिक वर्षका लागि मध्यम धान प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। यसरी हेर्दा क्षेत्रफल घटेका कारण १२ अर्ब २४ करोड ९० लाख रुपैयाँको धान उत्पादन घट्ने देखिन्छ। विशेष गरी मधेसमा यो वर्ष करिब १० प्रतिशत कम रोपाइँ भएको छ। वर्षा ढिला भएका कारण ढिला रोपाइँ भएको हो। रोपेको खेतमा पनि पानी नपरेका कारण धाँजा फाटेको थियो। धानले पर्याप्त पानी, मल नपाउँदा र छिप्पिएको बिरुवा रोप्दा उत्पादनमा असर पर्छ।

ढिला रोपाइँ, छिप्पिएको बिरुवा, रासायनिक मल अभावका कारण यो वर्ष उत्पादकत्वमा करिब १० प्रतिशत गिरावट आउन सक्ने पूर्वकृषि सचिव डा. योगेन्द्रकुमार कार्की बताउँछन्। ‘एकातर्फ धान रोपाइँको क्षेत्रफल घटेको छ,’ कार्कीले भने, ‘अर्कातर्फ अन्य कारणले पनि उत्पादकत्वमा गिरावट आउने देखिन्छ।’ क्षेत्रफल घटेका कारण करिब सवा १२ अर्ब र अन्य कारण धान उत्पादकत्वमा आउने गिरावटका कारण करिब तीन अर्ब गरी करिब १५ अर्ब रुपैयाँ बढीको धान उत्पादन घट्ने प्रारम्भिक अनुमान छ। बाँझो जमिनमा अन्य बाली लगाउनुपर्ने कार्कीले बताए।

कृषि विभागका अनुसार यो वर्ष कोसी प्रदेशमा ९४.४२ प्रतिशत, मधेसमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत, सुदूरपश्चिममा ९९.१५ प्रतिशत रोपाइँ भएको छ। करिब ८० हजार हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएका कारण उत्पादन प्रभावित हुने र अन्य कारण के हुन्छ भन्न नसकिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल बताउँछन्। ‘धान रोपाइँको क्षेत्रफल घटेकाले उत्पादनमा प्रभाव पर्छ,’ सञ्जेलले भने, ‘नयाँ हाइब्रिड बिउ प्रयोग गरेका कारण उत्पादकत्व वृद्धि हुन पनि सक्छ।’ अन्य प्राविधिक समस्या आएन भने अन्य कारणबाट उत्पादकत्वमा गिरावट नआउने सञ्जेल बताउँछन्।

गत आर्थिक वर्ष २०८१÷८२ मा बर्खे र चैते दुवै गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। गत वर्ष ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन उत्पादन उत्पादन भएको थियो। मुलुकका लागि वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ। यो पोहोरको तुलनामा अझै धान उत्पादन घट्ने देखिएकाले चामल आयात बढ्ने देखिएको छ।

गत आवमा करिब सवा आठ लाख मेट्रिक टन धान, धानको बिउ, चामल, कनिका आयात भएको थियो। करिब ४१ अर्ब रुपैयाँ बढीको धान, चामल आयात भएको थियो। यो वर्ष धान उत्पादन घट्ने भएकाले चामलको आयात अझै बढ्ने भएको छ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउने बताउँदै आए पनि कठिन देखिएको छ। चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सरकारले अघि सारेको छ। मलखाद, गुणस्तरीय बिउ र अनुसन्धानबाट प्राप्त नवीनतम प्रविधिहरू किसानमा लगेर उत्पादन बढाउने प्रयास भएको विभागका महानिर्देशक सञ्जेलले बताए। चालु आवमा १८ जिल्लाका ५८ पालिकामा संघीय ससर्त वित्तीय हस्तान्तरणमार्फत चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित धानका २१ जोन र पाँच सुपरजोनमार्फत बर्खे र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्यशृंखला विकासमा कार्यक्रम पनि सञ्चालन गरेको विभागले जनाएको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
५३ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस