तीन खर्बले बढ्यो सार्वजनिक ऋण
१९ असार २०८३
•
५ मिनेट पाठ
तीन खर्बले बढ्यो सार्वजनिक ऋण
राजस्वले नियमित सरकारी खर्चसमेत धान्न नसकेपछि सरकारको ऋण बर्सेनि बढ्दै गएको छ।  चालु आर्थिक वर्ष २०८२÷८३ को जेठसम्म सार्वजनिक ऋण करिब पौने तीन खर्ब रुपैयाँ थपिएको छ।  सरकारले ऋण लिएर पुरानो ऋणको साँवाब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ।  त्यसैगरी सरकारले ऋणबाट विकास खर्च, बजेट घाटा व्यवस्थापन गर्दै आएको छ।




सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुआतमा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म दुई खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढेर २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

विनिमय दरमा आएको उतारचढावबाट भएको नोक्सानीसमेत जोडिएको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.८७ प्रतिशत बराबर पुगेको छ।  सरकारले चालु आव २०८२/८३ को जेठ मसान्तसम्म चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। सोही अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा तीन खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ।  यसले सरकारले उठाएको ऋणको ठुलो हिस्सा पुरानै ऋणको दायित्व व्यवस्थापनमा खर्च भइरहेको देखाउँछ।

सरकारको वित्तीय अवस्थाले ऋणमा निर्भरता बढ्दै गएको संकेत गरेको छ।  पछिल्ला वर्षहरूमा राजस्व संकलन लक्ष्यअनुसार हुन सकेको छैन।  चालु खर्च निरन्तर बढिरहेको छ। कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता, अनुदान र प्रशासनिक खर्च धान्नै सरकारलाई कठिन भइरहेको अवस्थामा विकास निर्माणका लागि आवश्यक स्रोत जुटाउन ऋण लिनुपर्ने बाध्यता बढेको छ।

कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत छ।  जेठ मसान्तसम्म चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ।  त्यसमध्ये तीन खर्ब ३८ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक ऋण र ७९ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ।

सार्वजनिक ऋणको भार बढ्दै गएकोमा सरकारको आलोचना हुँदै गएको छ।  सांसद खुस्बु ओलीले केही समयअघि प्रतिनिधिसभाको बैठमा सरकारले लिएको सहुलियत ऋणबारे प्रश्न उठाएकी थिइन्।  ऋण लिनु आफैंमा समस्या नभए पनि ऋणबाट सिर्जना हुने स्रोत उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्छ।  ऋणबाट निर्माण भएका आयोजना समयमै सम्पन्न भई आर्थिक प्रतिफल दिन सके मात्रै ऋणको दिगोपना कायम रहन्छ।

तर नेपालमा ठुलो हिस्सा पुरानो ऋणको साँवाब्याज तिर्न, बजेट घाटा व्यवस्थापन गर्न र चालु खर्च धान्न प्रयोग हुने प्रवृत्ति बढेकाले सार्वजनिक ऋणको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ।  सार्वजनिक ऋणलाई उत्पादनमूलक पूर्वाधार, ऊर्जा, कृषि, उद्योग तथा निर्यात प्रवद्र्धन गर्ने क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न नसकिए ऋणको भार आगामी वर्षहरूमा अझ बढ्दै जाने देखिएको छ।

राजस्वको दायरा विस्तार, अनुत्पादक खर्च नियन्त्रण र ऋणको प्रभावकारी उपयोग सुनिश्चित गर्न नसकिए ऋण सेवा खर्चले विकास बजेटलाई थप संकुचित बनाउने जोखिम बढ्छ।  ऋण उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने सरकारको दाबी छ।  केही दिनअघि प्रतिनिधिसभामा अर्थमन्त्रीले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्चिने बताएका थिए।  ‘आन्तरिक ऋणलाई प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको छ,’ उनले भनेका थिए।

जेठ मसान्तसम्म सरकारले ब्याजबाहेक दुई खर्ब ८४ अर्ब ४६ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ भने ६७ अर्ब २९ करोड रुपैयाँ ब्याज तिरेको छ।  कुल ऋण सेवा खर्चको अधिकांश हिस्सा साँवा भुक्तानीमै गएको छ। चालु आवका लागि सार्वजनिक ऋण परिचालनतर्फ पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँको लक्ष्य राखेको थियो तर ११ महिनासम्ममा चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ मात्रै ऋण उठाउन सकेको छ, जुन वार्षिक लक्ष्यको ७०.२० प्रतिशत हो।  आन्तरिक ऋण परिचालन भने लक्ष्य नजिक पुगेको छ। तीन खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा जेठ मसान्तसम्म तीन खर्ब ३८ अर्ब ६७ करोड रुपैयाँ परिचालन भइसकेको छ।  यो लक्ष्यको ९३.५५ प्रतिशत हो।  अब २३ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ।

वैदेशिक ऋण परिचालन अपेक्षाअनुसार भएको छैन।  दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ७९ अर्ब ४६ करोड रुपैयाँ प्राप्त भएको छ।  यो लक्ष्यको ३४.०१ प्रतिशत हो।  अझै एक खर्ब ५४ अर्ब २० करोड रुपैयाँ बराबर वैदेशिक ऋण परिचालन हुन बाँकी छ।  प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १९ प्रतिशत छ।

ऋणको आकार बढेसँगै ऋण सेवा खर्च पनि उच्च बन्दै गएको छ।  चालु आवमा ऋणको साँवा र ब्याज भुक्तानी गर्न सरकारले चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ।  जेठ मसान्तसम्म तीन खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन वार्षिक बजेटको ८५.५८ प्रतिशत हो। अझै ५९ अर्ब २६ करोड रुपैयाँ खर्च हुन बाँकी छ।  कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ऋण सेवा खर्च ५.३३ प्रतिशत पुगेको छ।

आन्तरिक ऋण सेवातर्फ तीन खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ बजेट छुट्याइएकामा दुई खर्ब ८५ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ।  यसमध्ये दुई खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ साँवा र ५५ अर्ब ६१ करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ।

वैदेशिक ऋण सेवातर्फ ६७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६६ अर्ब ५३ करोड रुपैयाँ खर्च भइसकेको छ।  यसमध्ये ५४ अर्ब ८५ करोड रुपैयाँ साँवा र ११ अर्ब ६८ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।  वैदेशिक ऋणको साँवा भुक्तानी भने वार्षिक लक्ष्यभन्दा बढी भएको छ।  ५१ अर्ब ८८ करोड रुपैयाँ साँवा भुक्तानी गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म ५४ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन लक्ष्यको १०५.७२ प्रतिशत हो।  
अर्को समाचार
साढे ५ वर्षमै १३ खर्बले बढ्यो सार्वजनिक ऋण
१० पौष २०८०
•
१ मिनेट पाठ
साढे ५ वर्षमै १३ खर्बले बढ्यो सार्वजनिक ऋण
साढे पाँच वर्षकै अवधिमा नेपाल सरकारको सार्वजनिक ऋणको दायित्व १३ खर्ब २३ अर्ब रुपैयाँले बढेको छ।




आर्थिक वर्ष २०७५/७६ सम्म आन्तरिक तथा बाह्य ऋण १० खर्ब ४८ अर्ब मात्रै थियो। तर,साढे ५ वर्षकै अवधिमा सरकारको आन्तरिक तथा बाह्य ऋणको हिस्सा १३ अर्ब २३ अर्ब रुपैयाँ भन्दा धेरै बढेको छ।

आव २०८०/८१ को मंसिरको मसान्तसम्मको अवधिमा कुल सार्वजनिक ऋणको दायित्व २३ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेपछि पछिल्ला पाँच वर्षमा आन्तरिक तथा बाह्य ऋण लिने प्रवृत्ति ह्वातै बढेको छ। जसले गर्दा मुलुकमा सार्वजनिक ऋणको दायित्व बढेको बढ्यै छ।

अर्थशास्त्री डिल्लीराज खनाल पनि पछिल्लो एक दशककै अवधिमा सरकारले सार्वजनिक ऋण लिने प्रवृत्ति निकै मौलाइरहेको बताउँछन्।‘पछिल्लो एक दशकमा सरकारले सार्वजनिक ऋण लिने प्रवृत्ति निकै बढ्दै गइरहेको छ,’ उनले भने‘ विगतमा सरकारले सार्वजनिक ऋण खासै लिने गर्दैन्थ्यो। तर,अहिले पनि सार्वजनिक ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था सिर्जना भइरहेको छ।’ सार्वजनिक ऋण व्यवस्थापन व्यवस्थापन कार्यालयका अनुसार आव २०७५/७६ सालसम्म मुलुकको सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब थियो। सो ऋण आव आव २०७६/७७ मा आइपुग्दा १४ खर्ब ३३ अर्ब ४० करोड पुग्यो।

अर्थात त्यो बेला एकै वर्षमा तीन खर्बभन्दा धेरै सार्वजनिक ऋण बढेको थियो। आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब आठ करोड पुगेको थियो। आव २०७८/७९ मा एकै वर्षको अवधिमा झण्डै साढे दुई खर्बभन्दा धेरै सार्वजनिक ऋण बढ्यो।

त्यसैगरी आव २०७९/८० मा आइपुग्दा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिसम्म आइपुग्दा सार्वजनिक ऋणको हिस्सा २३ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिसम्म आन्तरिकतर्फको ऋणको दायित्व ११ खर्ब ९७ करोड र बाह्यतर्फको ऋणको दायित्व ११ खर्ब ७३ अर्ब रूपैयाँ रहेको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४९ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस