पोखराका होटलः आन्तरिक पाहुनालाई २५ प्रतिशत छुट
१६ चैत्र २०८२
•
२ मिनेट पाठ
पोखराका होटलः आन्तरिक पाहुनालाई २५ प्रतिशत छुट
पर्यटकीय क्षेत्र लेकसाइड र त्यहाँ संचालित होटल। तस्बिरः नागरिक<br>
नेपाली नयाँवर्षका अवसरमा पोखरा आउने आन्तरिक पाहुनालाई यहाँका होटल व्यावसायीले २५ प्रतिशत छुट दिने भएका छन्। आन्तरिक पाहुनालाई आकर्षिक गर्न होटलले प्रकाशित गरेको दररेटमा छुट दिने घोषणा व्यावसायीले गरेका हुन्।




होटल संघ पोखराले आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुटको प्याकेज ल्याएको बताएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पाहुनालाई पोखरामा तान्नका लागि छुटको प्याकेज ल्याएको र छुट दिएको बताए। ‘पोखरामा आन्तरिक पाहुना बढाउने उद्देश्य अनुसार छुट घोषणा गरेका हौ। छुटले पाहुनाको बसाई अवधि र आगमन संख्या पनि बढाउनेछ,’ उनले भने।  

नेपाली नयाँवर्षको अवसरमा यही चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २१ औं फेवा नववर्ष महोत्सवमा सहभागिता बढाउनका लागि छुट दिएको उनले बताए। 

‘हामीले ‘जाउँ है पोखरा’ अभियान संचालन गरेर पूर्वी क्षेत्रका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाएका छौ,’ उनले भने, ‘हामीले छुट बाहेक अरु प्याकेज पनि सार्वजनिक गरेका छौ। आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाएका छौ। हाम्रो निम्ता स्वीकार गरेर पाहुना आउनेछन।’  
होटल संघ पोखरामा आवद्ध सदस्य होटलले पाहुनालाई छुट दिनेछन्। पाहुनालाई दिइने छुटले पोखराका होटलमा पाहुना आकर्षित हुने उनले बताए। संघका अनुसार पोखराका करिब ५ सय होटल संघमा आवद्ध छन्। पोखरामा भित्रिने आन्तरिक पाहुनाले सहरभित्र मात्र नभई आसपासका क्षेत्रका होटल क्षेत्रलाई पनि फाइदा दिलाउने उनले बताए।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाईको पर्यटकीय गन्तव्य बनाउने गरी बोर्डले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए।

‘पोखरामा आन्तरिक पाहुनाले यहाँको पर्यटन क्षेत्रका कम्तिमा ५० प्रतिशत योगदान दिएका छन्,’ उनले भने, ‘आन्तरिक पाहुनाले पोखराको पर्यटन क्षेत्रमा ठूलो योगदान दिइका छन्। आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्रले राहत महसुस गरेको छ।’  

मध्यपूर्वमा जारी तनावका कारण नेपालको पर्यटन क्षेत्र निकै नै प्रभावित भएको पनि उनले बताए। ‘यो बेला विदेशी पाहुनाको समय हो। तर, मध्यपूर्वको तनावका कारण अहिले सिजनको मुखमा पनि पर्यटन क्षेत्रले सोचेजस्तो गति लिन सकेको छैन। त्यसैले यो बेला आन्तरिक पाहुना नै जरुरी छ,’ उनले भने, ‘जल, जमीन र आकाश सबै क्षेत्रका गतिविधिमा पर्यटकीय पोखराले आफ्नो पहिचान बनाएको छ।’
अर्को समाचार
पोखराका होटलमा आन्तरिक पाहुनालाई ५० प्रतिशत छुट
०२ पौष २०७७
•
४ मिनेट पाठ
पोखराका होटलमा आन्तरिक पाहुनालाई ५० प्रतिशत छुट
कोरोना संक्रमणको चपेटामा परेको पर्यटन व्यवसाय तंग्रिने प्रयासमा छ। त्यसका लागि यहाँका होटल व्यवसायीले आन्तरिक पाहुनालाई होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन्। आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुटको अफर ल्याएको व्यवसायीको भनाइ छ।  




व्यवसायीका अनुसार आन्तरिक पाहुनालाई दिइने यो छुट कोरोना महामारी जारी रहेसम्म कायम रहनेछ। होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीले होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको बताए। संघको कार्यसमितिको बैठकले नै छुटको निर्णय गरेको उनले बताए। ‘बढीभन्दा बढी आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुट दिने निर्णय गरेका हौं। यो बेला यसै त पाहुना छैनन्, त्यसैमा पनि महंगो मूल्य असुल्न खोज्यौं भने पाहुनामाथि नै अन्याय हुनेछ,’ पराजुलीले भने, ‘कम मूल्यमा सेवा दिएर भएपनि व्यवसाय चलायमान बनाउनुपर्ने अवस्था छ। अहिले कमाउने बेला होइन, व्यवसाय चलायमान बनाउने प्रयास मात्र गरेका हौं। त्यसका लागि खर्च मात्र धान्नेगरी पाहुनालाई सस्तोमा सेवा दिन चाहेका हौं।’

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्षसमेत रहेका पराजुलीका अनुसार होटलले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिनेछन्। यसअघि बार्गेनिङ गरेकै भरमा पाहुनाले केही सस्तोमा कोठा पाउने गरेको भएपनि अब ५० प्रतिशत छुट पाउने पराजुलीले बताए। ‘एकरातको चार हजार पर्ने कोठाको यसअघि तीन हजारदेखि ३५ सय रूपैयाँमा पाहुनाले पाउँथे, त्यो बेला व्यवसायीले केही छुट दिएपनि सकेसम्म बढी मूल्य लिन खोज्थे। तर, अब भने चार हजार रूपैयाँको कोठालाई पाहुनाले दुई हजार रूपैयाँ तिरे पुग्नेछ,’ पराजुलीले भने, ‘देखावटी छुट नभई पाहुनाले राहत नै पाउनेगरी आधा मूल्यमा कोठा पाउनेछन्।’ कोठाको मूल्य सोध्दा नै आधा मूल्य बताउने गरी व्यवसायीले छुट दिएको उनले बताए।  

अप्ठेरो अवस्थाका बेला पोखरालाई आन्तरिक पाहुनाले साथ दिएकाले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आगामी दिनमा आन्तरिक पाहुनाकै भर परेको उनले बताए। ‘केही दिनअघि हामीले ‘जाउँ है पोखरा’ अभियान चलाउँदै पूर्वी सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्‍यौं। त्यो बेला नै हामीले ५० प्रतिशत छुटको जानकारी दिएका छांै,’ उनले भने, ‘पोखरा महंगो सहर भनेर भन्ने गरिन्छ। तर, होटलका पाहुनाले महंगो रकम तिर्नु नपरोस् भन्ने चाहेका हौं।’ अप्ठेरो अवस्थामा आन्तरिक पाहुनाले साथ दिएकाले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आन्तरिक पाहुनाकै खोजी गरेको उनले बताए। ‘भूकम्प, नाकाबन्दीका बेला आन्तरिक पाहुनाले राहत दिएका थिए। भूकम्पका बेला पनि हामीले आन्तरिक पाहुनालाई कोठाको मूल्यमा भारी छुट दिएका थियौं,’ उनले भने, ‘अहिले पनि आन्तरिक पाहुना नै तान्ने प्रयासमा हामी छौं।’ व्यवसायीका अनुसार पोखरामा कोरोना महामारी सुरु हुनुअघि आन्तरिक पाहुनाको वर्षभरिको औसत अकुपेन्सी ४० प्रतिशत हाराहारीमा थियो।  

संघका अध्यक्ष विकल तुलाचनले पनि ट्यारिफमा ५० प्रतिशत छुट दिँदा पोखरामा आन्तरिक पाहुना तान्न सकिने बताए। हालका लागि आन्तरिक पाहुनाका लागि मात्र यो छुटको अफर लागू भएको पनि उनले बताए। तत्काल विदेशी पाहुना आउने अवस्था नरहेकाले पनि अहिले आन्तरिकको भरमा व्यवसाय थेग्न सक्षम हुनुपर्ने अवस्था आएकाले पनि छुटको अफर ल्याएको तुलाचनले बताए।  

‘५० प्रतिशतसम्म छुट दिँदा पोखरामा आन्तरिक पाहुना आउनेमा हामी आशावादी छौं,’ तुलाचनले भने। तुलाचनका अनुसार पोखरामा सञ्चालित तारेसहित ठूला होटलले आन्तरिक पाहुनालाई मात्र लक्षित गरेर सस्तो प्याकेज ल्याएका छन्। त्यो प्याकेजले पनि करिब ५० प्रतिशत छुटलाई समेट्ने उनले बताए। ‘यो बेला पूरै शुल्क असुल्छु भन्यो भने पाहुना नै पाइनेछैन। त्यही भएर सस्तो मूल्यमा भएपनि सेवा दिएर पाहुनालाई पोखरा घुम्न बोलाउन खोजेका हौं,’ तुलाचनले भने, ‘प्याकेज सार्वजनिक गरेका होटलको मूल्य पनि आधा घटेको छ।’

उनका अनुुसार पोखराका अधिकांश ठूला र चल्तीका सबै होटलले सस्तो प्याकेज निकालेका छन्। ‘अहिलेको अवस्था सहज नहुन्जेल हामी आन्तरिक पाहुनालाई छुट दिँदैछौं। होटलको आफ्नो मूल्यमा पाहुनाले छुट पाउनेछन्,’ उनले भने, ‘यो बेला पाहुनासँग मूल्य कसेर लिने अवस्था छैन। पाहुनालाई तान्नका लागि छुटको उपाय लगाएका हौं।’  

व्यवसायीले पाहुनासँग लिएको आधा मूल्यले होटलका कोठाको मूल्य मात्र उठ्ने अध्यक्ष तुलाचनले बताए। ‘आधा छुटको रकमले कोठाको मूल्य मात्र उठ्छ। व्यवसायीले कमाउने अवस्था रहन्न, मात्र व्यवसाय चलायमान बनाउन खोजिएको हो,’ उनले भने, ‘संकटमा व्यवसाय धान्न सकियो भने भविश्यमा कमाई हुने अपेक्षा छ।’ अध्यक्ष तुलाचनका अनुसार पोखरामा एकरातका लागि प्रतिकोठाको मूल्य सबैभन्दा कम १२ सय रूपैयाँ छ। सबैभन्दा बढी तारे होटलको कोठा आन्तरिक पाहुनाले अरूबेला प्रतिरात १० हजार रूपैयाँसम्म तिर्नुपर्छ। तर, कोरोनाको यो महामारीमा पाहुनाले सबैतिर आधा छुट पाउने उनले बताए।

पोखरामा शुक्रबार र शनिबार आन्तरिक पाहुना बढी आउने व्यवसायीको भनाइ छ। त्यसबाहेक अरू सार्वजनिक बिदाको अवसर पारेर पनि पाहुना घुम्न आउँछन्। कोरोना महामारी चलिरहँदा यतिबेला केही आकारमा आन्तरिक पाहुना पोखरामा देखिन थालेका छन्। त्यसले व्यवसायीलाई केही आशावादी तुल्याएको अध्यक्ष तुलाचनको भनाइ छ। पोखरामा करिब सात सय होटल सञ्चालनमा छन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ७ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस