जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कूल बजेटमध्ये ६७.९१ प्रतिशत मात्र खर्च भयो।
पुँजीगततर्फ ३ अर्ब ५ करोड ११ लाख २७ हजार विनियोजित रकममध्ये २ अर्ब ८ करोड १९ लाख ८५ हजार खर्च भयो। यो तथ्याङ्क कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले दिए।
यहाँका ८ स्थानीय तहसहित जिल्लाका ३६ सङ्घीय सरकार मातहतका कार्यालयका लागि चालु र पुँजीगत गरी ८ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजित थियो। चालुतर्फ ५ अर्ब ५९ करोड ४९ लाख बजेटमध्ये ५ अर्ब २८ करोड ८१ लाख, अर्थात् ९४.९६ प्रतिशत खर्च भयो।
पुँजीगततर्फ ३ अर्ब ५ करोड ११ लाख २७ हजार विनियोजित बजेटमध्ये २ अर्ब ८ करोड १९ लाख ८५ हजार, अर्थात् ६७.९१ प्रतिशत मात्र खर्च भयो।
कूल बजेटको चालु र पुँजीगत गरी ७ अर्ब ३७ करोड १ लाख २५ हजार, अर्थात् ८५.२३ प्रतिशत खर्च भयो। कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले भने, ‘कूल बजेटको १ अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभई फिर्ता गयो।’
सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट सबैभन्दा धेरै फ्रिज भयो। उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेट १ अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख ७ हजार, अर्थात् ५४.६४ प्रतिशत मात्र खर्च भयो।
उक्त कार्यालयको पुँजीगततर्फ ७५ करोड २ लाख ६९ हजार बजेट खर्च नभई फ्रिज गयो। सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाख बजेटमध्ये ५६ करोड ३२ लाख १२ हजार, अर्थात् ७८.७२ प्रतिशत खर्च भयो। १५ करोड ४२ लाख ६३ हजार बजेट पुँजीगततर्फ खर्च नभई फिर्ता गयो। कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले यो जानकारी दियो। रासस