कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
२९ असार २०८२
•
४ मिनेट पाठ
कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक अर्ब २३ करोड ५४ लाख रुपैयाँ कृषि मेसिनरीमा अनुदान दिएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना भएको परियोजनाले देशभर कृषि मेसिन, औजार तथा उपकरणमा किसान तथा उद्यमीलाई सो रकम अनुदान दिएको हो ।  




कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले देशभर रहेका ४८ वटा परियोजना कार्यान्वयन एकाइबाट सञ्चालित २ सय ६ वटा जोन र २१ वटा सुपरजोन मार्फत कृषिका मेसिनरी औजार तथा उपकरण किसानलाई उपलब्ध गराइएको परियोजनाका वरिष्ठ कृषि इन्जिनियर डा.जित चन्दले जानकारी दिए ।  

उनका अनुसार जोन तथा सुपरजोनमार्फत किसानलाई करिब ६० हजार वटा बराबरका कृषि मेसिन, औजार र उपकरण वितरण गरिएको छ । यो अनुदान मल्चिङ लगायतका क्षेत्र बाहेकको हो । किसानलाई ५० देखि ८० प्रतिशत अनुदानमा कृषि कृषि मेसिनरी उपलब्ध गराइएको उनले जानकारी दिए । कृषिका मेसिनरी सामाग्रीमा ट्याक्टर, हाते ट्याक्टर, पावर टिलर, धान रोप्ने मेसिन, हार्भेस्टर, थ्रेसर, राइस प्लान्ट लगायतका मेसिनरी औजार तथा उपकरणमा परियोजनाले अनुदान दिएको उनले बताए ।  

‘कृषिमा कृषि शक्ति र मेसिनरीको प्रयोग बढाउन परियोजनाले जमिन, श्रम, स्रोत साधान र बाली उत्पादकत्व बढाउनु रहेको छ’, उनले भने, ‘नौ वर्षको अवधिमा हामीले ६० हजारको हाराहारीमा कृषि औजारहरु वितरण गरेका छौँ ।’  

यो अवधिमा परियोजनाले सबैभन्दा बढी कोशी प्रदेशमा कृषि मेसिनरी औजार वितरण गरेको छ । यस प्रदेशमा २६ करोड ६० लाख रुपैयाँ बराबरका कृषि मेसिनरी वितरण गरिएको चन्दले जानकारी दिए । त्यसपछि क्रमशः लुम्बेनी प्रदेशमा २५ करोड १२ लाख, मधेस प्रदेशमा २३ करोड ७४ लाख, बाग्मती प्रदेशमा १७ करोड २१ लाख, गण्डकी प्रदेशमा १२ करोड ३० लाख, सुदूरपश्चिम प्रदेशमा १२ करोड २५ लाख र कर्णाली प्रदेशमा सबैभन्दा थोरै ६ करोड ३१ लख रुपैयाँ कृषि मेसिनरी खरिदका लागि रकम उपलब्ध गराइएको हो ।  

नेपालमा कृषिका मेसिनरी सामाग्रीको आयात समेत बढ्दो अवस्थामा रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा १२ अर्बका कृषि मेसिनरी सामाग्री नेपालमा भित्रिएको छ । त्यसमध्ये सरकारले एक अर्ब रुपैयाँ अनुदान दिएको उनले बताए । नेपालमा वार्षिक दश हजार ट्याक्टर आयात हुने गरेको छ । आयातित ट्याक्टरमध्ये ४० प्रतिशत कृषि क्षेत्रमा प्रयोग हुने उनको भनाई छ ।  

बाली र माछामा यान्त्रीकरणको नविनतम प्रयोग भइरहेको समेत बताए । ‘कृषिमा राम्रा परिवर्तन भएका छन् । हामी धान, गहुँ र मकैमा पूर्ण रुपमा मेकानाइजेशनमा पुगेका छौँ’, चन्दले भने ‘कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरण गर्नका लागि यान्त्रीकरणमा जोड दिनुपर्दछ ।’

पानी, बीउ, मल, समय, जनशक्ति तथा लागत बचाउनका लागि पनि सरकारले कृषि यान्त्रिकरणमा जोड दिनुपर्ने बताए । उनका अनुसार, कृषि यान्त्रीकरणबाट पानी, बीउ र मलमा १५ देखि २० प्रतिशत, समय बचत २० देखि ५०, समग्र कृषि उत्पादकत्वमा १० देखि १५ प्रतिशत बृद्धि हुन्छ । यस्तै  शारीरिक श्रममा २० देखि ३०, इनपुट उत्पादन लागतमा १० देखि ६० सम्म कमी आउने बताए ।  

नेपालमा सन् १९२४ सालमा कष्ण बी थापाले एकल सिलिन्डर ट्याक्टर आयात गरेर कृषिमा यान्त्रीकरणको विकास गरेका थिए । १९६४ सालमा वीगञ्जमा कृषि उपकरण कारखाना स्थापना भएपछि नेपालले कृषि क्षेत्रमा ठुलो फड्को मारेको थियो । यहाँका कृषि सामाग्री भारतले समेत निर्यात गर्दथ्यो । तर अहिले नेपालमा ९० प्रतिशत कृषि सामाग्री आयात गर्नु परेको उनले बताए ।  

अहिले कृषिलाई यान्त्रीकरणमा लैजानका लागि कृषि यान्त्रीकरण प्रवद्र्धन नीति २०७१ समेत बनेको छ । तर, भन्सार नीतिका कारण किसानहरु समस्यामा पर्दै आएको परियोजनाका निर्देशक हिक्मत कुमार श्रेष्ठले बताए । ‘सरकारले तयारी वस्तुमा कर छुट दिएको छ । तर कच्चा पदार्थ जन्य वस्तुमा चर्को कर लगाउँदा किसान तथा उद्योगीहरु समस्यामा छन्’, उनले भने ‘कृषिजन्य वस्तुमा निर्यातमा सरकारले पूर्ण रुपमा छुट दिनुपर्दछ ।’ श्रेष्ठले परियोजनाले कृषिमा आगामी दिनमा नविमतम प्रविधिहरुको प्रयोग गर्ने बताएका छन् । ‘किसानलाई मल, बीउ, सिँचाइँ र प्रविधि उपलब्ध गराउने हो भने अरु चाहिँदैन,’ परियोजना निर्देशक श्रेष्ठले भने ‘आगामी दिनमा रोर्बट टेक्नोलोजीसमेत भित्र्याउने गरी काम गर्नुपर्दछ ।’

नेपालमा संघ, प्रदेश र स्थानीय तहबाट पनि कृषि यान्त्रिकरणमा काम भइरहेको छ । बागमती प्रदेश सरकारले पनि कृषि यान्त्रीकरणमा गत वर्ष २ करोड ८५ रुपैयाँ बजेट विनियोजन गरेको बागमती प्रदेशका कृषि तथा पशुपन्छि निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले बताए । ‘हामीले स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम मार्फत बागमती प्रदेशका कृषि उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदान दिने कार्यक्रम राखेका छौँ,’ उनले भने ‘विदेशी वस्तुसंग नेपालले प्रतिस्पर्धा गरी कृषि क्षेत्रको विस्तार गर्नुपर्दछ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन अर्जुन कुमार श्रेष्ठले लागत घटानउ विश्वमा विकास भएका प्रविधिका बारेमा किसान जानाकारी दिनुपर्ने बताए । ‘हाम्रो विश्वविद्यालयबाट वर्षमा सयभन्दा बढी अनुसन्धान हुन्छन् । त्यो किसानसम्म पुर्याउन सकिएको छैन,’ उनले भने ‘नविनतम प्रविधि किसान समक्ष पुर्याउनु पर्दछ ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस