नेप्से परिसूचक २७ अङ्कले घट्यो
१० फागुन २०८२
•
१ मिनेट पाठ
नेप्से परिसूचक २७ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो। 




आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सबै समूहको उपसूचक आज रातो देखिएको छ। बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ।  

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ। सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ।
अर्को समाचार
झिनो अङ्कले घट्यो नेप्से
१२ मंसिर २०८०
•
२ मिनेट पाठ
झिनो अङ्कले घट्यो नेप्से
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अङ्कले  घटेको छ। मंगलबार नेप्से परिसूचक दिनभरजसो नेप्से परिसूचक उतारचढाव हुँदै २.१७ अङ्कले घटेर १८९४.५३ विन्दुमा झरेको छ।




मंगलबार १२६ कम्पनीको सेयर घट्यो भने १०२ कम्पनीको सेयर बढ्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार ४७ लाख २७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१ रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीन वटै सूचक घटे। सेन्सेटिभ सूचक ०.८६ अङ्कले घट्यो। फ्लोट सूचक १३ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १५ अङ्कले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ८ उपसूचक बढ्यो भने ५ उपसूचक घट्यो। मंगलबार सबैभन्दा धेरै घट्ने उपसूचकमा टे«डिङ तर्फ रह्यो। सो उपसूचक २७.८० अङ्कले घट्यो। त्यसैगरी विकास बैङ्कतर्फको उपसूचक १९.४७ अंक र माइक्रोफाइनान्सतर्फको उपसूचक १९.३२ अङ्कले घटेको छ। मंगलबार बढ्ने उपसूचकमा होटेल तथा पर्यटनतर्फ रह्यो। सो उपसूचक १६९.८४ अङ्कले बढेको छ।

त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक ३३.२९ अङ्कले बढेको छ। फाइनान्सतर्फको उपसूचक ५.५८ अङ्कले बढेको छ। मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेको छ। मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर .९२ प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको सेयर पनि ८.२४ प्रतिशतले बढेको छ। मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा नारायणी विकास बैंक रह्यो। सो कम्पनीको सेयर ५.३३ प्रतिशतले घट्यो। त्यसैगरी मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर ४.७५ प्रतिशत र विजय लघुवित्त कम्पनीको सेयर पनि ४.६७ प्रतिशतले घट्यो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४७.७५ अङ्कले बढेर १९०७.९५ विन्दुमा पुगेको थियो। आइतबार २१४ कम्पनीको सेयर बढ्यो भने २३ कम्पनीको सेयर घट्यो। ३ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार सेयर कारोबार कित्ता र रकममा पनि बढेको छ। आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई १ करोड १७ लाख ६३ हजार ३ सय ५ रुपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ११.२७ अङ्कले घटेर १८९६.६७ विन्दुमा झरेको छ। सोमबार १६६ कम्पनीको सेयर घटेको छ भने ६५ कम्पनीको सेयर बढ्यो। ८ कम्पनीको सेयर भने स्थिर रह्यो। सोमबार ६० लाख १७ हजार ३ सय ९७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भयो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस