बडिगाडको फोर्सामा पहिलो पटक पुग्यो मोटर, पाँच किलोमिटर ट्र्याक खोल्न तीन करोड २५ लाख खर्च
०५ असार २०८३
•
३ मिनेट पाठ
बडिगाडको फोर्सामा पहिलो पटक पुग्यो मोटर, पाँच किलोमिटर ट्र्याक खोल्न तीन करोड २५ लाख खर्च
बागलुङको बडिगाड फोर्सा जोड्ने सडकको ट्र्याक खुलेपछि उद्घाटन कार्यक्रम। तस्बिर : नागरिक
जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ। अप्ठ्योरा चट्टानी भूगोल छिचोलेर फोर्सा सडक पुर्‍याउन झण्डै चार वर्ष लागेको हो।




रनसिंह किटेनीको पुरानो गाउँसम्म पहिले नै सडक सञ्जाल पुगे पनि त्यहाँबाट पाँच किलोमिटर अगाडिको फोर्सामा सडक पुग्न सकेको थिएन। गण्डकी प्रदेश सरकारको एक करोड ५० लाख र बडिगाड गाउँपालिकाको एक करोड ७५ लाख रुपैयाँमा उक्त सडकको ट्र्याक खोल्ने काम सकिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।

‘निकै जटिल भूगोल भएका कारण हामीलाई यति सडक जोड्नका लागि झण्डै चार वर्ष लाग्यो, करिब पाँच किलोमिटर सडक जोड्नका लागि सवा तीन करोड बजेट खर्च भएको छ,’ अध्यक्ष थापाले भनिन्। यस पटक जसरी पनि सडक फोर्सामा जोड्नुपर्छ भनेर कार्यपालिकाले निर्णय गरेर गाउँपालिको निरन्तर आफ्नै डोजर प्रयोग गरेर सडक खनेको उनले बताइन्।  

‘बडिगाडको धेरै ठाउँका मुख्य बस्तीहरूमा सडकको ट्र्याक पुगेको छ, फोर्सामा अहिलेसम्म पनि पुग्ने सकेको थिएन,’ उनी भन्छिन्, ‘यस पटक जसरी पनि पुर्‍याउनुपर्छ भनेर कार्यपालिका बैठकबाट निर्णय गरेर गाउँपालिकाले आफ्नै डोजर निरन्तर प्रयोग गरेर सडक खनेको छ। चट्टान नै चट्टान भएकाले पूरै ब्रेकर हानेर खनिएको हो।’ आगामी आर्थिक वर्षमा यो सडकमा करिब एक करोडका काम हुने समेत थापाले बताइन्।  

पाँच किलोमिटर सडकमा कतै पनि बकेट प्रयोग गरेर खन्न मिल्ने नभएका कारण ठूलो लगानी लागेको गाउँपालिका उपाध्यक्ष भीमसेन वन बताउँछन्। ‘सडक जम्मा पाँच किलोमिटर हो तर डोजरको बकेट कतै प्रयोग भएको छैन सबैतिर ब्रेकरले चट्टान फुटाउँदा समय र लगानी दुवै धेरै भएको छ,’ उपाध्यक्ष वनले बताए। गाउँपालिकाले डोजरको अप्रेटर भत्ता, डोजरमा प्रयोग भएको तेल र मर्मतका लागि लागेको खर्च मात्रै हिसाब गरेको उनले बताए।

‘हामीले बजेट विनीयोजन गरेर काम गरेको भन्दा पनि जति खर्च लाग्छ व्यहोर्ने भनेर काम गरेका थियौं,’ उनी भन्छन्, ‘डोजर अप्रेटर खर्च, तेल खर्च र बिग्रँदा गरेको मर्मतको खर्च मात्रै हिसाब गरेका छौं। डोजर प्रयोग नै गरेको खर्च जोड्ने हो भने थप एक करोड लागत थपिन्छ। हाम्रो डोजर झण्डै ६ महिना चलेको छ।’ पुरानोगाउँ–फोर्सा–भेडिखोर–खोलाखर्क हुँदै गलकोट पाण्डवखानीको रमुवासम्म सडक जोडिएपछि अब यो सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक माग समेत हुनेछ।  

उक्त सडक गलकोट मल्म–पाण्डवाखनी हुँदै रमुवा–खोलाखर्क–भेडिखोर–फोर्सा–पुरानोगाउँ–टुनीबोट हुँदै भिमगिठ जोडिन्छ। लामो संघर्षपछि ट्र्याक मात्रै खुल्न सफल भएको फोर्साका स्थानीय समाजवेवी मेखबहादुर पाईजा बताउँछन्। ‘भौगोलिक रूपमा कठिन भएका कारण यहाँसम्म बाटो ल्याउन निकै समस्या भयो,’ उनले भने, ‘प्रदेशबाट बजेट छट्टियो, गाउँपालिकाले पनि बजेट राख्यो तर जति प्रयास गर्दा पनि बाटो जोड्न सकिएको थिएन। यसपाली गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर ट्रयाक पूरा नगरेसम्म काम गर्ने निर्णय गरेकोले सम्पन्न भएका हो। ठेक्का प्रक्रियातिर लागेको भए अझ कति समय लाग्थ्यो थाहा छैन।’

यो सञ्जाल जोडिएपछि झण्डै तीन सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ। ‘पुरानो गाउँदेखि फोर्सा भेडिखर्कसम्म झण्डै तीन सय घरपरिवार सडकमार्गको पहुँचमा पुगेका छन्,’ उनले भने, ‘अहिले ट्रयाक मात्रै खुलेको छ। यसको निरन्तर मर्मत र स्तरोन्नति गर्नुपर्छ। ठाउँ ठाउँमा पुलको आवश्यकता छ। स्थानीय र प्रदेश सरकारले अब त्यसतर्फ ध्यान दिनुपर्छ।’ सडकको बुधबार बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गरेकी थिइन्।  

सडक पुगेपछि खुसी भएका स्थानीयले डोजरका अप्रेटरलाई पैसाको माला लगाइदिएका थिए। ‘निकै ठूलो संघर्षपछि सडक बन्यो, यो बीचमा कति जना अप्रेटरहरू आउने जाने भयो। कति जना त काम गर्न नसकेर फर्किनुभयो। अप्रेटरहरूको कामबाट खुसी भएर यहाँका नागरिकले पैसाको माला लगाइदिएका हुन्,’ पाईजाले भने।
अर्को समाचार
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
४ मिनेट अघि
•
१ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्।




नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। उनले चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। गत  आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणाली सुधारको सकारात्मक संकेतका रूपमा लिए।

प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट ६.७८ प्रतिशत छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो। यसलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न उनले निर्देशन दिए।

प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा मा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस