शून्य लागतमा मलेसिया रोजगारीः ८ सय नेपाली श्रमिकले अवसर पाउँदै
०७ माघ २०८२
•
३ मिनेट पाठ
शून्य लागतमा मलेसिया रोजगारीः ८ सय नेपाली श्रमिकले अवसर पाउँदै
नेपाली श्रमिकको लागि कुनै शुल्क नतिर्ने, शून्य लागतमा मलेसिया जाने अवसर खुलेको छ।




आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।

आकर्षण म्यानपावर र लाल धनुष इन्टरनेसनल सर्भिस प्रणालीको सहकार्यमा मलेसियास्थित बहुराष्ट्रिय कम्पनी वेस्टर्न टेक्नोलोजीले नेपाली श्रमिकलाई कुनै पनि शुल्क नलिई ९शून्य लागतमा० रोजगारीका लागि मलेसिया लैजान लागेको हो।

रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था अन्तर्गत मलेसियाबाट ८ सय जनाको कोटा खुलेको हो। यसअघि पनि वेस्टर्न टेक्नोलोजी कम्पनीले विगत तीन–चार वर्षदेखि नेपाली श्रमिकलाई निरन्तर रूपमा शून्य लागतमा मलेसिया लगिरहेको छ।

आकर्षण म्यानपावरका अध्यक्ष विष्णु केसीका अनुसार वेस्टर्न टेक्नोलोजीले श्रमिक मलेसिया पुग्नु अघि नै प्रत्येक श्रमिकका लागि १ लाख २० हजार रुपैयाँ अग्रिम रूपमा पठाउने गर्दछ।

सोही रकमबाट श्रमिकले पासपोर्ट बनाउने, श्रम स्वीकृति लिने, भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, पूर्व–प्रस्थान अभिमुखीकरण तालिम, रोजगार सम्झौता तथा सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नेछन्। यसरी श्रमिकले आफ्नो खल्तीबाट एक रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था गरिएको उनले बताए।  

उनका अनुसार यसअघि पनि वेस्टर्न टेक्नोलोजीले करिब ५ सयको हाराहारीमा नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया लगिसकेको छ। हालसम्म २ सय ५० जना नेपाली श्रमिक सोही कम्पनीमा काम गरिरहेका छन्।  

वेस्टर्न टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकसँग कुनै पनि किसिमको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ। कम्पनीमा जाने श्रमिकले आफ्नो पासपोर्ट आफैँ राख्न पाउने, साथै यदि कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ।

‘वेस्टर्न टेक्नोलोजीले नै श्रमिकको सम्पूर्ण लागत तिर्ने हो,’ आकर्षण म्यानपावरका अध्यक्ष केसीले भने, ‘बहु राष्ट्रिय कम्पनीमा  रोजगारदाताले नै श्रमिक बिदेसिँदा लाग्ने सबै शुल्क तिर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। ८ सय जना नेपालीलाई शून्य लागतमा लैजानु वैदेशिक रोजगार क्षेत्रमा नेपालीका लािग खुसीको कुरा हो।’

नेपाली श्रमिकको इमानदारी, लगनशीलता र कार्यकुशलताका कारण कम्पनीले निरन्तर रूपमा नेपाली श्रमिकलाई प्राथमिकता दिँदै आएको अध्यक्ष केसीले बताए।

आकर्षण म्यानपावरले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको छ। हाल मलेसियामा काम गर्न इच्छुक हजारौँ नेपालीले आवेदन दिइरहेका छन् र अन्तर्वार्ता प्रक्रिया जारी रहेको उनले बताए।

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा देखिँदै आएको दलाल र ठगीको समस्याप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामीले नेपाली श्रमिकलाई वैध, सुरक्षित, पारदर्शी र जिम्मेवार प्रक्रियामार्फत विदेश पठाउन प्रतिबद्ध छौँ। श्रमिकलाई ठगीबाट जोगाउनु र उनीहरूको सीपअनुसार रोजगारीमा जोड्नु हाम्रो मुख्य उद्देश्य हो।’

मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ। मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ।
अर्को समाचार
शून्य लागतमा मलेसियामा रोजगारीः आठ सय नेपाली श्रमिकले अवसर पाउँदै
०९ माघ २०८२
•
२ मिनेट पाठ
शून्य लागतमा मलेसियामा रोजगारीः आठ सय नेपाली श्रमिकले अवसर पाउँदै
सांकेतिक तस्बिर
नेपाली श्रमिकको लागि शून्य लागतमा मलेसिया जाने अवसर आएको छ। आकर्षण इन्टरनेसनल म्यानपावरले आठ सय नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्थामार्फत मलेसियामा पठाउने भएको हो।




आकर्षण म्यानपावर र लालधनुष इन्टरनेसनल सर्भिस प्रालिको सहकार्यमा मलेसियास्थित बहुराष्ट्रिय कम्पनी वेस्टर्न टेक्नोलोजीले नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीका लागि मलेसिया लैजान लागेको हो।

रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था अन्तर्गत मलेसियाबाट आठ सय जनाको कोटा खुलेको हो। यसअघि पनि वेस्टर्न टेक्नोलोजी कम्पनीले विगत तीन–चार वर्षदेखि नेपाली श्रमिकलाई निरन्तर शून्य लागतमा मलेसिया लगिरहेको छ।

आकर्षण म्यानपावरका अध्यक्ष विष्णु केसीका अनुसार वेस्टर्न टेक्नोलोजीले श्रमिक मलेसिया पुग्नुअघि नै प्रत्येक श्रमिकका लागि एक लाख २० हजार रुपैयाँ अग्रिम रूपमा पठाउने गर्दछ। सोही रकमबाट श्रमिकले पासपोर्ट बनाउने, श्रम स्वीकृति लिने, भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, प्रस्थानपूर्व अभिमुखीकरण तालिम, रोजगार सम्झौता तथा सामाजिक सुरक्षा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नेछन्। यसरी श्रमिकले आफ्नो खल्तीबाट एक रुपैयाँ पनि तिर्नुनपर्ने व्यवस्था गरिएको उनले बताए।

उनका अनुसार यसअघि पनि वेस्टर्न टेक्नोलोजीले करिब पाँच सयको हाराहारीमा नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया लगिसकेको छ। हालसम्म दुई सय ५० जना नेपाली श्रमिक सोही कम्पनीमा काम गरिरहेका छन्।

वेस्टर्न टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकसँग कुनै पनि किसिमको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ। कम्पनीमा जाने श्रमिकले आफ्नो पासपोर्ट आफैं राख्न पाउने र कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ।

‘वेस्टर्न टेक्नोलोजीले नै श्रमिकको सम्पूर्ण लागत तिर्ने हो’, आकर्षण म्यानपावरका अध्यक्ष केसीले भने, ‘बहुराष्ट्रिय कम्पनीमा रोजगारदाताले नै श्रमिक बिदेसिँदा लाग्ने सबै शुल्क तिर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। आठ सय जना नेपालीलाई शून्य लागतमा लैजानु वैदेशिक रोजगार क्षेत्रमा नेपालीका लािग खुसीको कुरा हो।’

नेपाली श्रमिकको इमानदारी, लगनशीलता र कार्यकुशलताका कारण कम्पनीले निरन्तर रूपमा नेपाली श्रमिकलाई प्राथमिकता दिँदै आएको अध्यक्ष केसीले बताए।

आकर्षण म्यानपावरले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको छ। हाल मलेसियामा काम गर्न इच्छुक हजारौं नेपालीले आवेदन दिइरहेका छन् र अन्तर्वार्ता प्रक्रिया जारी रहेको उनले बताए।

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा देखिँदै आएको दलाल र ठगीको समस्याप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामी नेपाली श्रमिकलाई वैध, सुरक्षित, पारदर्शी र जिम्मेवार प्रक्रिया मार्फत विदेश पठाउन प्रतिबद्ध छौं। श्रमिकलाई ठगीबाट जोगाउनु र उनीहरूको सिपअनुसारको रोजगारीमा जोड्नु हाम्रो मुख्य उद्देश्य हो।’

मलेसियामा हाल न्यूनतम एक हजार सात सय रिंगिट तलब तोकिएको छ। मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस