आइसिटीमा लगानीकर्ताको आकर्षण, एक अर्ब विदेशी लगानी प्रतिवद्धता
०८ पौष २०८२
•
४ मिनेट पाठ
आइसिटीमा लगानीकर्ताको आकर्षण, एक अर्ब विदेशी लगानी प्रतिवद्धता
हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गए पछि सूचना तथा प्रविधि (आइसिटी)मा लगानीकर्ताको आकर्षण देखिएको छ । स्वदेशी तथा विदेशी बजारमा आइसिटीको माग बढ्दै गएको छ । यो क्षेत्रमा अवसर देखिएपछि स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी बढाउँदै गएका छन् ।




चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सूचना तथा प्रविधि (आइसिटी) क्षेत्रमा एक अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । विदेशी लगानीको यो प्रतिवद्धता चालु आवको साउनदेखि मंसिर मसान्तसम्ममा प्राप्त भएको हो ।  

उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराका अनुसार चालु आवमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आइसिटी क्षेत्रमा आएको छ । दुई सय ३६ वटा आइसिटी क्षेत्रका कम्पनी दर्ता गरी उक्त लगानीको प्रतिबद्धता आएको उनले बताए ।  

गत आर्थिक वर्ष २०८१/८२ मा आइसिटी क्षेत्रमा आउने परियोजनाको संख्या बढ्नुका साथै प्रतिवद्धता रकम पनि बढेको देखिन्छ । उक्त आवमा तीन सय ८४ वटा आइसिटी परियोजनामा विदेशी लगानीकर्ताले एक अर्ब ८४ करोड ९६ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।  

यसैगरी आर्थिक वर्ष २०८०/८१ मा आइसिटीमा विदेशी लगानीका ३९ वटा परियोजना दर्ता भएका थिए । ती परियोजनामा विदेशी लगानीकर्ताले ८३ करोड ८७ लाख रुपैयाँ मात्र लगार्नी गर्ने प्रतिवद्धता जनाएका थिए ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका १६ वटा परियोजना दर्ता भएका थिए । ती परियोजनामा विदेशी लगानीकर्ताले ७१ करोड २० लाख रुपैयाँ मात्र लगानी गर्ने प्रतिवद्धता जनाएका थिए ।  

सरकारले आइसिटी उद्योगमा विदेशी लगानीको न्यूनतम सीमा (थ्रेसहोल्ड) हटाएको र अहिले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गरिने भएकाले यसमा लगानी प्रतिवद्धता बढेको विभागले जनाएको छ । अन्य उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा तोकिएको भए पनि सूचना प्रविधि उद्योगको लागि सीमा तोकिएको छैन ।  

निर्देशक बोहोराका अनुसार आइसिटी क्षेत्रका कम्पनी दर्ता गर्ने क्रम बढ्नुका साथै विदेशी लगानीको प्रतिवद्धतासमेत बढ्दै जान थालेको छ ।  उनले भने, ‘साउन र भदौमा ठूलै लगानीको प्रतिबद्धता आएको थियो । त्यसपछिको महिनामा ठिक–ठिकै छ । यो महिना त्यति हुँदैन ।’

आइसिटी क्षेत्रका कम्पनी दर्ता गर्दा सीमा निर्धारण नभएकाले पनि कम्पनी दर्ता गर्ने क्रम बढी रहेको बताउँदै बोहराले कम्पनी दर्ता प्रक्रियामा कानुनी सरलता र लगानीको सीमा नतोकिनुले पनि सूचना प्रविधितर्फ लगानी र दर्ता प्रक्रिया बढेको बताए ।  

२०७९ कात्तिकमा सूचना जारी गरेर विदेशी लगानीको न्यूनतम सीमा घटाउनुका साथै आइसिटीमा लगानीको थ्रेसहोल्ड हटाउने घोषणा गरेको थियो । उक्त नियम लागु हुन भने दुई वर्षजति लागेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ देखि आइसिटी उद्योगमा वैदेशिक लगानीको सीमा हटाइएको हो । नेपालमा विदेशीले लगानी गर्न पाउने न्यूनतम सीमा दुई करोड रुपैयाँ हो तर आइसीटीमा बढ्दो सम्भावना र विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले उक्त सीमा हटाएको थियो ।

वैदेशिक लगानी प्रक्रिया झन्झटिलो हुँदा लगानीकर्तालाई आकर्षित गर्न नसकिएको भन्दै उद्योग विभागले २०८१ वैशाख २० गतेदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।  

नेपालमा पछिल्लो समय अमेरिका, चीन, बेलायत, बाङ्लादेश, जापान, दक्षिण कोरिया, जर्मनी लगायत मुलुकबाट आइसिटी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आएको देखिन्छ । अन्य विधाको तुलनामा संख्याका आधारमा आइसिटीका परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति बढेको छ तर कम्पनीको संख्याका तुलनामा रकम भने न्यून छ ।

इन्टरनेट पहुँच र प्रविधिको विकाससँगै नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रमा अवसर बढ्दै गएको छ । हरेक क्षेत्रमा डिजिटाइजेसन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रूपैयाँको आइटी सेवा विदेश निर्यात हुन थालेपछि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन् ।

सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले गरेको एक अध्ययनमा वार्षिक करिब ६८ अर्ब रूपैयाँको सफ्टवेयर औपचारिक तवरले निर्यात भएको देखिएको थियो । विभिन्न कम्पनीले संस्थागत तथा व्यक्तिगत रूपमा पनि यो सेवा निर्यात गर्दै आएका छन् । विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो । सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग ह्वात्तै बढेको हो । कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आइटीको अवसर बढेको हो । कतिपयले नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, युरोपमा आइटीको सेवा दिँदै आएका छन् । सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा १० वर्षमा ३० खर्ब रूपैयाँको निर्यात र १५ लाख मानिसलाई रोजगारी दिने लक्ष्य राखेको थियो । वार्षिक तीन खर्ब रूपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य देखिन्छ ।  डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारी सिर्जना, डिजिटल सुशासनका लागि सरकारले काम गर्न सुरुआत गरेको छ ।  एक अध्ययनअनुसार नेपालबाट एक सय ६ कम्पनीले औपचारिक रूपमा आइटी सेवा निर्यात गरिरहेका छन् । नेपालमा करिब ८० हजार जनाले आइटी क्षेत्रमा काम गर्दै आएका छन् ।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
३३ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस