नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
२८ असोज २०८३
•
४ मिनेट पाठ
नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्ष २०२६/२७ मा ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा कम रहने अनुमान गरिएको हो।




आईएमएफले मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष २०२७/२८ मा नेपालको आर्थिक वृद्धि सामान्य सुधार हुँदै ३.७ प्रतिशत पुग्ने अनुमान छ। यससँगै लगातार दोस्रो वर्ष नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा कम रहने देखिएको छ।

प्रतिवेदनले नेपालमा मुद्रास्फीतिको दबाब पुनः बढ्ने पनि देखाएको छ। उपभोक्ता मूल्यवृद्धि सन् २०२५ मा ४.१ प्रतिशत रहेकोमा सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु नेपालको अर्थतन्त्रका लागि प्रमुख जोखिमका रूपमा देखिएको छ। पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आयातमा निर्भर नेपालमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिले उत्पादन तथा ढुवानी लागत बढाउन सक्नेछ। त्यसको असर वस्तु तथा सेवाको मूल्यमा पर्ने र सर्वसाधारणको खर्च बढ्ने जोखिम रहेको छ।

आईएमएफका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। द्वन्द्व थप चर्किएमा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा विश्वव्यापी आर्थिक वृद्धि कमजोर हुनुका साथै मुद्रास्फीतिको दबाब थप बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

नेपालले आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न सक्छ। इन्धनको मूल्य बढ्दा यातायात, उद्योग तथा व्यवसायको लागत बढ्ने र घरपरिवारको खर्चमा समेत दबाब पर्नेछ। यसले समग्र आर्थिक गतिविधिलाई प्रभावित गर्न सक्ने जोखिम छ।

विश्व आर्थिक वृद्धिमा सुस्तता

आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धि ३.१ प्रतिशत रहने अनुमान गरेको छ। सन् २०२५ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको अनुमान गरिएको थियो। सन् २०२७ मा भने आर्थिक वृद्धि केही सुधार हुँदै ३.४ प्रतिशत पुग्ने प्रक्षेपण छ।

भूराजनीतिक तनाव र ऊर्जा बजारमा देखिएको अनिश्चितताका बाबजुद कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिमा भइरहेको लगानीले विश्वका केही प्रमुख अर्थतन्त्रलाई सहयोग पुर्‍याएको आईएमएफले जनाएको छ। एआईसम्बन्धी पूर्वाधार, उपकरण र प्रविधि विकासमा बढेको खर्चले लगानी तथा उत्पादकत्व वृद्धिमा योगदान दिएको छ।

तर, प्रविधिको विकासबाट प्राप्त लाभ सबै देशमा समान रूपमा वितरण नभएको प्रतिवेदनमा उल्लेख छ। एआई प्रविधिको विकास र त्यसमा लगानी गर्ने अवसर सीमित भएका देशले उत्पादकत्व तथा आर्थिक विस्तारबाट प्राप्त हुन सक्ने लाभ गुमाउने जोखिम रहेको आईएमएफको भनाइ छ।

अमेरिका २.३ र भारत सात प्रतिशतले बढ्ने अनुमान

आईएमएफले अमेरिकाको आर्थिक वृद्धि सन् २०२६ र २०२७ दुवै वर्ष २.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ। निजी उपभोग, कर कटौती र एआई प्रविधिमा भइरहेको लगानीले अमेरिकी अर्थतन्त्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रविधिमा लगानी बढ्दा दीर्घकालमा उत्पादन क्षमता र उत्पादकत्व सुधार हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

भारतको आर्थिक वृद्धि भने तुलनात्मक रूपमा उच्च रहने अनुमान गरिएको छ। आईएमएफका अनुसार भारतको अर्थतन्त्र सन् २०२६ र २०२७ दुवै वर्ष सात प्रतिशतले विस्तार हुन सक्छ। बलियो आन्तरिक माग, सेवा क्षेत्रको विस्तार र एआई प्रविधिमा बढ्दो लगानीले भारतीय अर्थतन्त्रको वृद्धिलाई सहयोग गर्ने अपेक्षा छ।

नेपालमा महँगी बढ्ने जोखिम

आईएमएफले विश्व अर्थतन्त्रको आगामी परिदृश्यमा जोखिम बढिरहेको जनाएको छ। मध्यपूर्वको द्वन्द्व लामो समयसम्म जारी रहेमा वा थप चर्किएमा ऊर्जा आपूर्ति प्रभावित हुने, वस्तुको मूल्य बढ्ने र विश्वव्यापी आर्थिक गतिविधि कमजोर हुने जोखिम छ।

आयातमा निर्भर नेपालका लागि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने निरन्तर वृद्धिले आर्थिक चुनौती थप्न सक्छ। इन्धन महँगिँदा व्यवसायको लागत बढ्नुका साथै घरपरिवारको खर्चमा दबाब पर्नेछ। मूल्यवृद्धि बढेमा सर्वसाधारणको क्रयशक्तिमा समेत असर पर्न सक्छ।

आर्थिक वृद्धिको सुस्त गति र मुद्रास्फीतिको पुनः बढ्दो दबाब आगामी दुई वर्ष नेपालको अर्थतन्त्रका लागि प्रमुख चुनौती बन्न सक्ने आईएमएफको प्रक्षेपणले देखाएको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस