आफ्नै बारीमा उत्पादन भएका रैथाने अन्नबाली, स्थानीय खाद्य परिकार र तरकारी बोकेर बजार खोज्दै हिँड्नुपर्ने महावै गाउँपालिकाका किसानहरू अहिले आफ्ना उत्पादन गर्वका साथ प्रदर्शन तथा बिक्री गर्न थालेका छन्।
कुनै समय डोकोमा स्थानीय खानेकुरा बोकेर मेला पुग्दा लाज र संकोच मान्ने किसानहरू अहिले व्यवस्थित स्टलमा बसेर आफ्ना उत्पादनको महत्त्व बताउँदै ग्राहकसँग जोडिन थालेका छन्। यो परिवर्तनको एउटा महत्त्वपूर्ण माध्यम बनेको छ। ओदा फाउन्डेसन नेपालले स्थानीय सरकारसँगको समन्वयमा कालिकोटको महावै गाउँपालिकामा स्थानीय किसानलाई संगठित गर्दै रैथाने बालीको संरक्षण, जैविक कृषि, पोषण तथा किसानको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसले किसानलाई सजिलो बनाइ दिएको छ।
गाउँपालिकाका विभिन्न वडामा किसान समूह गठन गरी एग्रोइकोलोजी (पारिस्थितिक कृषि), जैविक खेती, किचन गार्डेन, स्थानीय बीउबिजनको संरक्षण, रैथाने बालीको प्रवर्द्धन तथा पोषणका विषयमा नियमित छलफल, अन्तरक्रिया र तालिम सञ्चालन गर्दै आएको छ। किसान समूहमा कृषि उत्पादनसँगै महिला सशक्तीकरण, सामूहिक नेतृत्व, आपसी सहयोग र स्थानीय ज्ञानको महत्त्वबारे पनि छलफल हुने गरेको छ।
किसानको उत्पादनलाई बजार र पहिचान दिने प्रयास
स्थानीय रैथाने बाली तथा परम्परागत खानाको महत्त्व बढाउनुका साथै किसानलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले फाउन्डेसनले महावै गाउँपालिकासँगको समन्वयमा यस वर्ष पनि विभिन्न स्थानमा अर्गानिक खाद्य तथा पोषण मेला सञ्चालन गरेको फाउन्डेसनका अध्यक्ष मीनबहादुर कार्कीले जानकारी दिए।
यस वर्ष महावै गाउँपालिका–६, पान्तडीमा कात्तिक २० गतेदेखि खाद्य तथा पोषण मेला सञ्चालन भएको थियो। प्रदेश सांसदसहित स्थानीय जनप्रतिनिधिले पनि मेलाको अवलोकन गरी किसानका उत्पादन तथा स्थानीय खाद्य परिकारबारे जानकारी लिएका थिए।
तस्बिर सौजन्य: ओदा फाउन्डेसनपद्मगाडमा कात्तिक २७ गतेदेखि सात दिनसम्म मेला सञ्चालन गरिएको थियो। पान्तडीमा चार दिनसम्म चलेको मेलाले स्थानीय किसान तथा महिला समूहलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरेको थियो।
यी मेलामा महावै गाउँपालिकाका विभिन्न वडा तथा किसान समूहका सदस्यहरूले सहभागिता जनाएका थिए। विशेषगरी एकल महिला तथा महिला किसानको सहभागितालाई प्राथमिकता दिइएको थियो।
मेलामा स्थानीय लसुन, विभिन्न मसला, रैथाने अन्नबाली, जौ, कोदो, फापरलगायतका बाली, मौसमी तरकारी तथा परम्परागत खानेकुरा प्रदर्शन र बिक्रीका लागि राखिएका थिए। किसानहरूले आफ्ना उत्पादनबारे आगन्तुकलाई जानकारी दिनुका साथै प्रत्यक्ष रूपमा बिक्री गर्ने अवसर पाएको ओदाका सिईओ कर्णबहादुर सिंहले बताए।
ओदाले किसानलाई उत्पादन व्यवस्थित रूपमा प्रदर्शन तथा बिक्री गर्न सहज होस् भनेर टेन्ट र स्टलको व्यवस्था मिलाउँदै आएको छ। यसबाट किसानले आफ्ना उत्पादनको बजार विस्तार गर्नुका साथै आम्दानी गर्ने अवसर पनि पाएका छन्। कतिपय किसानले मेलामा १० हजारदेखि ५० हजार रुपैयाँसम्मको बिक्री गरेको अनुभव सुनाएका छन्।
‘पहिले लाज लाग्थ्यो, अहिले आफ्नै खानाप्रति गर्व लाग्छ’
महावै गाउँपालिका–६ निवासी किसान मालती साही आफ्नो अनुभव सुनाउँदै भन्छिन्, 'हामी विभिन्न मेला तथा कार्यक्रममा डोकोमा आफ्ना स्थानीय खानेकुरा र सुन्तला बोकेर बिक्री गर्न जाने गर्थ्यौँ। तर, त्यहाँ आफ्ना खानेकुरा बेच्न निकै लाज लाग्थ्यो। कोही ग्राहक आउँदा पनि डराउँदै, कहिलेकाहीँ मुख छोपेर समेत बेच्ने गर्थ्यौँ।'
अहिले विभिन्न ठाउँबाट मानिसहरू मेलामा सहभागी हुन आउने र स्थानीय उत्पादनको फोटो खिच्नेदेखि उत्पादनप्रति चासो देखाउने गरेका छन्। मालतीले भनिन्,'अहिले हामी आफ्ना स्थानीय खाना गर्वका साथ बेच्न पाउँछौँ। हाम्रो खानाको पनि सम्मान हुँदोरहेछ भन्ने महसुस भएको छ।'
मालती साहीको यो अनुभवले मेलाले किसानको आम्दानीमा मात्र नभई उनीहरूको आत्मसम्मान, आत्मविश्वास र स्थानीय खाद्य संस्कृतिप्रतिको गर्व बढाउन पनि सहयोग गरेको देखाउँछ।
तस्बिर सौजन्य: ओदा फाउन्डेसनखाद्य प्रदर्शनीसँगै जनचेतना र सांस्कृतिक कार्यक्रम
अर्गानिक खाद्य तथा पोषण मेलालाई उत्पादनको प्रदर्शन र बिक्रीमा मात्र सीमित नराखी समुदायको सहभागिता र जनचेतना अभिवृद्धि गर्ने साझा उत्सवका रूपमा समेत सञ्चालन गरिँदै आएको छ।
मेलामा विभिन्न महिला समूह, दिदीबहिनी तथा समुदायका सदस्यलाई सहभागी गराई नाटक, सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिन्छ। यस्ता गतिविधिमार्फत जैविक कृषि, रैथाने बालीको संरक्षण, पोषण, स्वस्थ खानपान, महिला सशक्तीकरण र स्थानीय खाद्य संस्कृतिको महत्त्वबारे सन्देश प्रवाह गरिन्छ।
यसले मेलालाई किसानले आफ्ना उत्पादन बिक्री गर्ने बजारमा मात्र सीमित नराखी समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर सिक्ने, रमाउने, अनुभव आदानप्रदान गर्ने र आपसी सम्बन्ध बलियो बनाउने साझा मञ्चका रूपमा विकास गरेको छ।
कृषि, स्वास्थ्य र शिक्षालाई जोड्दै ओदा फाउन्डेसन
ओदा फाउन्डेसनका सिंहका अनुसार, संस्थाले महावै गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि पनि स्थानीय सरकार तथा समुदायसँग सहकार्य गर्दै आएको छ।
तस्बिर सौजन्य: ओदा फाउन्डेसनस्वास्थ्यतर्फ फाउन्डेसनले महावै आधारभूत अस्पताललाई आवश्यक औषधि उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीको खानपान तथा बिरामीको हेरचाह र सेवामा सहयोग गर्दै आएको छ। साथै विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन योगदान पुर्याउँदै आएको छ।
शिक्षातर्फ गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षकहरूको क्षमता विकासका लागि तालिम तथा सिकाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहयोग गर्दै आएको छ। बालमैत्री सिकाइ वातावरण निर्माण, शिक्षण पद्धतिमा सुधार र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने प्रयासमा संस्था सक्रिय छ।
ओदा फाउन्डेसन नेपालको मुख्य उद्देश्य समुदायका लागि मात्र काम गर्नु नभई समुदायसँगै मिलेर विकासको नेतृत्व निर्माण गर्नु हो। स्थानीय किसानको ज्ञान, सीप, परम्परा र स्रोतसाधनलाई सम्मान गर्दै कृषि, स्वास्थ्य र शिक्षालाई एकअर्कासँग जोडेर दिगो विकासको आधार तयार गर्ने संस्थाको प्रयास छ।
रैथाने बालीको संरक्षण, स्थानीय खाद्य संस्कृतिको सम्मान, पोषणयुक्त खानाको प्रवर्द्धन, किसानको आर्थिक सशक्तीकरण तथा गुणस्तरीय स्वास्थ्य र शिक्षामा पहुँच विस्तारमार्फत महावै गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा ओदा फाउन्डेसन नेपाल समुदाय र स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।
कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।
शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।
‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’
पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।
यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।
सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।
सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।
सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...