दबाबमा अर्थतन्त्र
२८ कार्तिक २०८३
•
३ मिनेट पाठ
दबाबमा अर्थतन्त्र
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ। यसले सरकारी वित्त व्यवस्थापनमा दबाब सिर्जना गरेको छ।




भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मुलुकको व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो। यस आधारमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ।

चालु आवको पहिलो तीन महिनामा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख ४० हजार रुपैयाँबराबरका सामान आयात गरेको छ। यसको तुलनामा निर्यात निकै कम छ। यस अवधिमा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँका सामान निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा आयात ३८.१८ प्रतिशत र निर्यात ५७.०३ प्रतिशतले बढे पनि आयातको आकार ठुलो भएकाले व्यापार असन्तुलन कायमै छ।

अर्थ मन्त्रालयको पछिल्लो विवरणअनुसार चालु आवका पहिलो तीन महिनामा सरकारले ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब १ अर्ब १६ करोड रुपैयाँ मात्र संकलन भएको छ। यो निर्धारित लक्ष्यको ९१.२० प्रतिशत हो। यस अवधिमा लक्ष्यभन्दा  २९ अर्ब ६ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिको तुलनामा भने राजस्व संकलन १९.९० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार असोज महिनामा मात्र १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। निर्धारित लक्ष्य पूरा गर्न बाँकी महिनामा राजस्व संकलन गति बढाउनुपर्ने छ।

नेपालको राजस्व संरचनामा आयातमा आधारित भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको महत्त्वपूर्ण योगदान छ। आयातमा वृद्धि हुँदा राजस्व संकलनमा सहयोग पुगे पनि त्यसले व्यापार घाटा बढाउने जोखिम रहेको सरोकारवालाहरूको भनाइ छ।

आर्थिक विश्लेषकका अनुसार अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्रका लागि दोहोरो चुनौती छ। एकातिर आयातका कारण ठुलो रकम बिदेसिने अवस्था छ भने अर्कोतिर सरकारी राजस्व लक्ष्यअनुसार संकलन हुन सकेको छैन। अर्थतन्त्रलाई सन्तुलित बनाउन स्वदेशी उत्पादन वृद्धि, निर्यातयोग्य वस्तुको पहिचान, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार र करको दायरा फराकिलो बनाउनुपर्ने अवस्था छ।

आयातमा आधारित राजस्व प्रणालीबाट उत्पादन तथा आन्तरिक आर्थिक गतिविधिमा आधारित राजस्व प्रणालीतर्फ जान नसकेसम्म अर्थतन्त्रमा चुनौती कायमै छ।

चालु आर्थिक वर्षको सुरुआती महिनाहरूमा देखिएको व्यापार घाटा र लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा राष्ट्रिय अर्थतन्त्रमाथि दबाब बढेको विश्लेषकहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको वित्तीय विवरणअनुसार पनि चालु आवका पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालको वैदेशिक व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। आयातमा ३८ प्रतिशतभन्दा बढीको वृद्धि हुँदा निर्यातको तुलनामा व्यापार असन्तुलन चुलिएको हो।

यस अवधिमा भन्सार विन्दुबाट आयातमा आधारित राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिए पनि लक्ष्य र संकलनबिचको खाडलले सरकारी वित्तमा समस्या उत्पन्न भएको छ।

पुँजीगत खर्चले गति लिन नसक्नु, बजारमा आन्तरिक माग सुस्त हुनु र आयातित वस्तुको संरचनामा अनुत्पादक क्षेत्रको हिस्सा हाबी हुँदा मुलुकको राजस्व असुली प्रभावित बनेको अर्थतन्त्रका जानकारहरूको दाबी छ।

अर्थविद् एवं पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षत्रीले विकास खर्च नहुनु, आयातमा निरन्तर निर्भरता र अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्नुले सरकारी वित्त व्यवस्थापनमा दबाब सिर्जना गरेको बताए।

व्यापार घाटाको यो आकारले विदेशी मुद्राको सञ्चिति र चालु खातामा समेत दीर्घकालीन चुनौती थप्ने देखिन्छ। सरकारले आन्तरिक उत्पादन वृद्धिसँगै आयात नियमन र राजस्व दायरा फराकिलो बनाउन तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

गत भदौ १० गते भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी, त्यसको करिब एक महिनापछि कालिगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण चीनसँगका व्यापार हुने रसुवागढी र कोरोला नाका बन्द हुँदा पनि देशको आयात निर्यात दुबै बढेको छ।
अर्को समाचार
अर्थतन्त्र अझै पनि दबाबमा छ: प्रधानमन्त्री दाहाल
०६ पौष २०८०
•
३ मिनेट पाठ
अर्थतन्त्र अझै पनि दबाबमा छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन्। मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ लाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिए पनि अर्थतन्त्र अझै दबाबमै रहेको बताएका हुन्।




प्रधानमन्त्री दाहालले भने ‘अर्थतन्त्र मन्दीमा छ र गम्भीर संकटमा छ भन्ने त हैन तर, अझैपनि अर्थतन्त्र दबाबमै छ।’ एक वर्षको अनवरत प्रयास पछि अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति देखिएको दाहालले दाबी गरे। महँगी नियन्त्रणका हिसाबले दुई वर्ष यताकै प्रगतिमा रहेको , भुक्तानी सन्तुलनका हिसाबले पनि अहिलेको अवस्था राम्रो रहेको दाहालले बताए। दाहालले निर्माण व्यवसायीको भुक्तानीलाई  सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले पहिलो चरणको निकासी गरिसकेको र अर्को चरणमा पनि निकासाको प्रक्रिया सुरू भइसकेको बताए। दाहालले निर्माण व्यवसायीलाई भुक्तानी दिएपछि आर्थिक गतिविधि चलायमान हुने र नयाँ योजनाहरू पनि सुरू हुने बताए। अहिले बैङ्कको ब्याजदर घटेर चौध महिना पछि १२ प्रतिशतको हाराहारीमा झरेको दाहालले बताए।

अर्थतन्त्र सुधारका लागि सरकारले चालेको कदमले अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको उनको भनाई छ। आम नागरिक ,व्यवसायीहरूको मनोविज्ञान र व्यवसायीक क्रियाकलाप भने सकारात्मक बनाउने चुनौती अझै पनि रहेको दाहालले बताए। उनले भने,‘केही हुँदैन, केही छैन, केही गर्न सकिँदैन, भन्ने मनोविज्ञानबाट माथि उठेर देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले नै गर्नुपर्दछ, हामीले नगरे कसले गर्छ भन्ने भाष्य निर्माण अहिलेको चुनौती र कार्यभार हो।’ अर्थतन्त्रमा दबाब छ अझै धेरै गर्न बाँकी छ। विदेश जाने क्रम रोक्न नीतिगत तहमा सोच्न जरुरी छ। अत्यन्त नकारात्मक भाष्य नेपालमा बनाउने फेसन चलेको दाहालले बताए। ‘नेपाल खत्तम छ, नेताहरू खत्तम छन्। यहाँ बस्न उचित छैन भन्ने भाष्यलाई परिवर्तन गर्न आवश्यक छ ’ दाहालले भने।

उनले नकारात्मक भावना ज्यादा भए त्यसले देशको हित हैन देशलाई  नै वर्वाद पार्ने  बताए। नेपाली जनतालाई निराश तुल्याउने भाष्य निर्माण भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने दाहालले स्पष्ट पारे। नेपालमा एकथरी मानिस जता पनि अँध्यारो मात्रै देख्ने गरेको आरोप लगाए। दाहालले विराटनगरमा भारतबाट मालवाहक रेल ल्याउने विषयमा सरकारले भारतीय पक्षसँग छलफल गरेर निर्णय लिने जानकारी दिए। उनले कोशी प्रदेका धार्मिक स्थलहरूलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, विराटनगरको चक्रपथ निर्माण, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकता दिने दाहालले प्रतिबद्धता जनाए।

उनले  आफ्नो  लागि अब देश र जनताको सेवा र विकास बाहेक अर्को कुनै सपना बाँकी नै नभएको उनले बताए। ‘देशमा विद्यमान चुनौतीको सम्बोधनका दृष्टिले मैले गरेका एक वर्षका कारण पर्याप्त छैनन् भन्ने कुरा मलाई महसुस हुन्छ। आगामी दिनमा थप सक्रियताका साथ योजनाबद्ध रुपमा मैले काम गर्ने तयारी गरिरहेकोछु। सरकारको सकारात्मक प्रयासमा सबैको साथ सहयोग र एकबद्धता रहने कुरामा पनि म पूर्ण विश्वस्त छु’ दाहालले भने। उनले एक वर्षको निरन्तरतालाई अब, भङ्ग गरेर अर्को क्रम सुरु गर्ने बताए। उनले पुसबाटै आफ्नो क्रम भङ्ग गरेर नयाँ ढंगेले अघि  बढ्न थालेको स्पष्ट पारे। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस