भोटेकोशी बाढीः विपत्तिले अर्थतन्त्रमा धक्का
१२ भदौ २०८३
•
५ मिनेट पाठ
भोटेकोशी बाढीः विपत्तिले अर्थतन्त्रमा धक्का
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा नै धक्का लागेको छ। बाढीको कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा निजी घर तथा सम्पत्ति, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, पर्यटकीय पूर्वाधार, सामानहरूमा ठुलो क्षति भएको छ।




विपत्तिले करिब दुई खर्ब रुपैयाँ क्षति भएको अनुमान छ। ती संरचनाको पुनर्निर्माणका लागि सरकारले ठुलो धनराशि खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा ठुलो धक्का लागेको राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर सुशीलकुमार श्रेष्ठले बताए।

‘भोटेकोसी विपत्ति प्राकृतिक प्रकोप मात्रै नभई पूर्वाधार, ऊर्जा, व्यापार र स्थानीय अर्थतन्त्रमा आर्थिक धक्का लागेको छ,’ श्रेष्ठले भने। बाढीले नदीकिनारका बजार, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुर्‍याएको छ। यसको पुनर्निर्माणमा सरकारले ठुलो धनराशि खर्च गर्नुपर्ने छ। विपत्तिपछि तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले बजेट परिचालन गर्नुपर्ने भएको छ। त्यसपछि सडक, पुल, विद्युत् आयोजना, खानेपानी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा ठुलो रकम खर्च गर्नुपर्ने भएको छ। दुई खर्ब रुपैयाँ बराबरको क्षति पुनर्निर्माण लागतले सरकारको विकास बजेटमा समेत दबाब पर्छ।

सरकारले चालु तथा आगामी आर्थिक वर्षका प्राथमिकता परिवर्तन गरेर प्रभावित क्षेत्रको पुनर्निर्माणमा स्रोत केन्द्रित गर्नुपर्ने अवस्था आएको छ। यसले अन्य विकास आयोजनाका लागि उपलब्ध बजेट घट्ने भएको छ।

क्षतिको ठुलो हिस्सा भौतिक पूर्वाधार, जलविद्युत्, सडक, पुल, निजी सम्पत्ति तथा व्यापार–व्यवसायमा परेको छ। यति ठुलो क्षति पुनःस्थापना र पुनर्निर्माणका लागि राज्यले थप स्रोत परिचालन गर्नुपर्ने अवस्था आएको छ।

विपत्तिले सबैभन्दा पहिले उत्पादन र आपूर्ति प्रणालीमा धक्का दिएको छ। सडक तथा पुलमा क्षति पुग्दा सामान ढुवानी प्रभावित भएको छ। चीनसँगको व्यापारिक आवागमनमा समेत असर पर्न सक्ने भएकाले आयातित वस्तुको ढुवानी लागत बढ्ने र आपूर्ति शृंखलामा अवरोध आउने जोखिम छ।  ढुवानी महँगिँदा त्यसको भार अन्ततः उपभोक्ताको मूल्यमा पर्छ।

घर, पसल र उत्पादनशील सम्पत्ति गुमाएका परिवारको पुनःस्थापना र जीविकोपार्जन पुनःस्थापित गर्न राज्य तथा निजी क्षेत्रले ठुलो स्रोत परिचालन गर्नुपर्ने बाध्यता आइलागेको छ।  

आर्थिक असर तत्काल देखिने भौतिक क्षतिमा मात्रै सीमित छैन।  रोजगारी गुम्नु, व्यवसाय बन्द हुनु, उत्पादन घट्नु, विद्युत् आपूर्ति अवरुद्ध हुनु र सडक सम्पर्क टुट्नुले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा विपद्का लागि बजेट विनियोजन गरेको छैन। जेनजी आन्दोलनबाट मुलुकले ठुलो आर्थिक क्षति बेहोरेको अवस्थामा एक वर्ष नपुग्दै मुलुकले ठुलो आर्थिक क्षतिको अर्को विपत्ति सामना गर्नुपरेको छ।

तत्काल राहतसँगै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, विस्थापितको पुनःस्थापना र प्रभावित क्षेत्रमा आर्थिक गतिविधि पुनः सञ्चालन गर्नु सरकारका लागि ठुलो चुनौती बनेको छ। चीनतर्फबाट एक्कासि आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदीका तटीय क्षेत्रमा धनजनको क्षति भएको छ।

मानवीय क्षतिसँगै अर्थतन्त्रमा करिब दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताए। ‘भौतिक पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँभन्दा बढी क्षतिभएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘अप्रत्यक्ष क्षति अझ ठुलो हुन सक्छ।’

ठुलो प्राकृतिक विपत्तिले अर्थतन्त्रमा दुई किसिमको प्रभाव पार्छ। उत्पादन र व्यापार घटाएर तत्काल आर्थिक वृद्धिमा दबाब सिर्जना गर्छ। पुनर्निर्माणमा हुने खर्चले निर्माण क्षेत्रलाई केही समय चलायमान बनाउने भए पनि विपत्तिबाट गुमेको उत्पादन, रोजगारी र सम्पत्तिको पूर्ण क्षतिपूर्ति भने गर्न सक्दैन।

बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङलगायत रसुवाका एक दर्जनभन्दा बढी बस्ती ध्वस्त भएका छन्। रसुवागढी–टिमुरे क्षेत्रमा रहेको भन्सार, अध्यागमन, प्रहरी चौकी, सडक तथाजलविद्युत् आयोजनामा क्षति पुगेको छ।

रसुवाको स्याफ्रुबेंसीसहित आसपासका बस्तीमा पनि घर तथा अन्य संरचना बगेका छन्। भोटेकोसीको बाढीले नुवाकोटका बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेंसी, खाल्टी बस्ती, सोले, त्रिशूली, बट्टार, तुप्चे, ढुंगे र देवीघाटलगायत बजार तथा बस्तीमा क्षति पुगेको छ।

नुवाकोटको त्रिशूली बजारमा मात्रै करिब ६० घर बाढीले छ।  त्रिशूली नदीमाथिका दुई वटा पक्की पुलसमेत बाढीले बगाएको बताइएको छ। देवीघाट बजारमा सडक, पसल तथा आसपासका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका संरचनासहित २५ मेगावाट क्षमताको सौर्य प्लान्टमा समेत क्षति पुगेको छ। सामान ढुवानीका लागि रसुवागढी पुगेका २०० भन्दा बढी ट्रक बगेका छन्।

विदुर नगरपालिका–१, ४, ५ र ७ का नदीकिनारका क्षेत्रमा बाढीले निजी तथा सार्वजनिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ। रसुवा सीमादेखि धादिङको गल्छीसम्मका नदीकिनार क्षेत्रमा सडक, पुल तथा बस्तीमा क्षति पुगेको छ। विपद् जोखिम प्राधिकरणका अनुसार बाढीले ३५ वटा पक्की र ४५ वटा झोलुंगे पुल बगाएको छ।  बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४० किलोमिटर सडक बगेको छ।

जलविद्युत् आयोजनमा अर्बौं रुपैयाँको क्षति भएको छ। भोटेकोसी बाढीले देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ४३१.१ मेगावाट क्षमताका १२ विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्। कुल ४७० मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा अर्बौं रुपैयाँको क्षति पुगेको छ।  ९०१ मेगावाट क्षमताका आयोजनामा असर पुगेको छ।  

बाढीले रसुवागढी नाकाबाट हुने व्यापारसँग जोडिएका व्यवसायमा पनि ठुलो असर पारेको छ। सीमावर्ती बजारका पसल, होटल, गोदाम, यातायात व्यवसाय र ढुवानी सेवामा क्षति पुगेको छ। सयौं सवारीसाधन तथा मालसामान बाढीले बगाएको प्रारम्भिक विवरणले निजी क्षेत्रको ठुलो क्षति भएको छ।

रसुवा हुँदै चीन जाने सडक तथापर्यटकीय मार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायमा समेत असर परेको छ। होटल, रेस्टुरेन्ट, यातायात तथा ट्रेकिङसँग सम्बन्धित व्यवसायले प्रत्यक्ष आम्दानी गुमाएका छन्। 
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
२९ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस