राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ। शुक्रबारको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका छन्।
ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ। पछिल्लो समय राष्ट्र बैंकको निर्देशकको जिम्मेवारीमा रहेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन र नियमन प्रणाली विषयका जानकार छन्।
नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारी, कम्पनी सचिव प्रमोद अधिकारी र प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।
विसं २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल तीन सय नौ शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ। बैंक आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित छ।