ताप्लीमा खुल्यो डेरी उद्योग, दुध बेच्न किसानलाई सजिलो
०१ कार्तिक २०८२
•
२ मिनेट पाठ
ताप्लीमा खुल्यो डेरी उद्योग, दुध बेच्न किसानलाई सजिलो
डेरी उद्योगको उद्घाटन गर्दै अध्यक्ष विश्वकर्मा र उपाध्यक्ष मगर
उदयपुरको बिकट पहाडी क्षेत्र ताप्ली गाउपालिकामा दुग्ध डेरी उद्योग सुरु भएको छ । किसानलाई व्यवसायिक कृषिमार्फत आयआर्जन र आत्मनिर्भर बनाउने उदेश्यले स्थानीय सरकारको पहलमा गाई भैँसीको दुध गाउँबाटै बिक्री वितरण गर्नेगरी दुध डेरी उद्योग सञ्चालनमा ल्याइएको हो ।




गाउँपालिकाको चालु आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमबाट छुट्याईएको आवश्यक बजेटबाट स्थानीय सहकारीमार्फत दुध सङ्कलन तथा बिक्री वितरण गर्न उद्योग स्थापना भएको हो । स्थानीय रुपारानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ताप्लीले गाउँले किसानका दुध सङ्कलन, प्रशोधन र बिक्रीवितरण गर्नेगरी उद्योग सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष दिनेश हमालले बताए ।  

पुरानो गाउँपालिका भवनमा स्थापित डेरी उद्योगको शनिबार बिहान एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले उद्घाटन गरे । ताप्ली ५ रुपाटारमा खोलिएको उद्योगले अब गाउँघरमा उत्पादित दुध सङ्कलन तथा प्रशोधन गरेर दुध, दही, मही, घ्यु, पनिर, खुवालगायत दुधजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्न थालेको छ ।  

उद्घाटन गर्दै अध्यक्ष विश्वकर्माले गाउँका किसानलाई व्यवसायिक कृषिमा लगाएर नियमित आमदानी गर्न तथा गाउँमै बसेर स्वरोजगार भई आत्मनिर्भर बनाउन स्थानीय सरकारले यस्ता कृषिमैत्री कार्यक्रममा लगानी गर्दै आएको बताए । उद्योग खुलेपछि गाउँपालिकाका ५ वटै वडाबासी किसानले घरघरमा उत्पादन गरेको दुध र दुधजन्य पदार्थ सङ्कलन र बिक्री वितरण गर्न सहज हुने उनको भनाई थियो ।  

ताप्ली गाउँपालिका किसानको बाक्लो बसोबास रहेको र दुध तथा फलफूल र कृषि बालीको प्रचुर संभावना रहेकाले युवाशक्ति गाउँमै बसेर व्यवसायिक कृषि कर्ममा लाग्न अध्यक्ष विश्वकर्माले आग्रह गरे । सबै वडाबासी कृषकलाई दुध बिक्री गर्न सहज होस् भनेर गाउाँपलिका केन्द्र रुपाटारमा उद्योग सञ्चालनमा ल्याइएको पनि उनले बताए ।  

कार्यक्रममा उपाध्यक्ष धनामाया मगर तथा पुर्व अध्यक्ष उद्यवसिंह थापालगायतले गाउँमै डेरी उद्योग सञ्चालन हुनुले ताप्लीबासी कृषकको मेहनेतले सार्थकता पाउने भन्दै गाउँघरमै बसेर पनि कृषिकर्ममार्फत स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बन्न सकिने बताए । यसले स्थानीयलाई कृषि पेशामा थप आकर्षण दिने भन्दै उनीहरुले स्थानीय सरकारले कृषि विकासमा अझै व्यवस्थित तवरले सहयोग गर्न सुझाव पनि दिएका थिए ।  

कार्यक्रममा ५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि र कृषकहरुको सहभागिता थियो । स्थानीय शिक्षक लालबहादुर तामाङ (मिलन लो)का अनुसार कार्यक्रममा नजिकिएका चाड पर्वहरु तिहार, छठ, नेपाल संवत, साकेला उधौली र ल्होसारको शुभकामना पनि आदान प्रदान गरिएको थियो ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस