दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात
१२ भदौ २०८२
•
३ मिनेट पाठ
दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात
बर्सातमा विद्युत् उत्पादन वृद्धि भएपछि अहिले दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ। जलविद्युतमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादन वृद्धि हुँदै गएपछि निर्यात बढेको हो।




अहिले भारत र बाङ्लादेशमा दैनिक ११ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। ‘अहिले हालसम्मकै सबैभन्दा बढी विद्युत् निर्यात गरेर इतिहास रच्न सफल भएका छौं,’ मन्त्री खड्काले भने।

अहिले निर्यात भएकै दरमा वार्षिक निर्यात कायम राख्न सके नेपालले करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने मन्त्री खड्काले बताए। अहिलेकै दरमा विद्युत् निर्यात भए नौ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री हुनेछ।

सरकारले ऊर्जा मार्गचित्र– २०८१ तयार गरेर सन् २०३५ सम्म नेपालमा कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ। भारतलाई १० हजार मेगावाट र बाङ्लादेशलाई  पाँच हजार मेगावाट निर्यात गर्ने मार्गचित्रमा उल्लेख छ। ‘विद्युत् निर्यात नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्त्वपूर्ण कदम हो,’ मन्त्री खड्काले भने, ‘आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने लक्ष्य छ।’

भारत र बाङ्लादेशसँग नौ सय ४० मेगावाट विद्युत् निर्यातका लागि सम्झौता भएकोमा गत साउन अन्तिम साता नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारसँग सहमति भएको थियो। नेपालले भारत र बाङ्लादेशसँग कुल १,१४०.७ मेगावाट विद्युत् निर्यात गर्न सक्ने गरी सम्झौता गरेको छ। बाङ्लादेशसँग दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति छ। बाँकी सबै भारततर्फ निर्यात गर्ने सहमति छ।

नेपालले आव २०८१/८२मा करिब साढे १७ अर्ब रुपैयाँको बिजुली निर्यात गरेको थियो। गत आवमा विद्युत् व्यापारमा नेपाललाई करिब साढे चार अर्ब फाइदा भएको थियो। स्वदेशमा उत्पादन वृद्धि र निर्यात बढेपछि विद्युत् निर्यात गरेर नेपालले व्यापार घाटा बढाउन सक्छ। नेपालले भारतबाट खरिद गरेको विद्युतभन्दा नेपालबाट निर्यात हुने बिजुली चार अर्ब ५४ करोड रुपैयाँ बढी रहेको छ। अधिकांश वस्तुमा नेपालले व्यापार घाटा व्यहोरिरहेको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा विद्युत्मा नेपालले खरिदको तुलनामा बिक्री धेरै गरेकाले नफा देखिएको हो।

२०८१/८२ मा नेपालबाट १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा बढी हो। आव २०८१/८२ मा नेपालबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो। विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको छ।

सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको सहकार्यको प्रतिफलले निर्यात बढाउन सफल भएको हो।

विद्युत् निर्यात भारतमा सीमित नभई बाङ्लादेश पनि भएको छ। बाङ्लादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ। बाङ्लादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ। जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ।

नेपालले बाङ्लादेशमा पहिलो पटक व्यावसायिक रूपमा डलरमा विद्युत् निर्यात थालेको हो। भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड मार्फत बाङ्लादेशसम्म बिजुली पुर्‍याउने रणनीति सफल भएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन तथा भारत–बाङ्लादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बाङ्लादेशसम्म पुग्न थालेको छ।

वर्षा याममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ। साथसाथै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमासमेत नियमित आपूर्ति भइरहेको छ।
अर्को समाचार
ऊर्जा क्षेत्रमा फड्को: वर्षा सुरु भएसँगै दैनिक ६५० मेगावाट बिजुली भारत र बंगलादेश निर्यात
११ असार २०८३
•
२ मिनेट पाठ
ऊर्जा क्षेत्रमा फड्को: वर्षा सुरु भएसँगै दैनिक ६५० मेगावाट बिजुली भारत र बंगलादेश निर्यात
एक समय आफ्नै माग धान्न भारतबाट बिजुली आयात गर्न बाध्य नेपाल अहिले दक्षिण एशियाकै उदीयमान ऊर्जा निर्यातकर्ता देश को रूपमा देखिन थालेको छ। वर्षायाम सुरु भएसँगै नदीहरूमा पानीको बहाव बढेपछि नेपालले दैनिक सयौं मेगावाट विद्युत् भारत र बंगलादेशमा बिक्री गर्न थालेको छ।




नेपाल विद्युत् प्राधिकरणका अनुसार आन्तरिक खपतपछि बचेको विद्युत् अहिले दैनिक औसत ६५० मेगावाटसम्म छिमेकी मुलुकमा निर्यात भइरहेको छ। बिहीबार मात्रै नेपालबाट ६२० मेगावाट बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको विवरण सार्वजनिक भएको छ।

मनसुन सक्रिय भएसँगै जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता बढेको छ। यसले नेपाललाई घरेलु माग पूरा गरेर अतिरिक्त विद्युत् विदेशी बजारमा पठाउने अवस्था सिर्जना गरेको हो। केही वर्षअघिसम्म लोडसेडिङ भोगिरहेको नेपाल अहिले विद्युत् व्यापारमार्फत आम्दानी गर्ने चरणमा पुगेको देखिएको छ।

हाल नेपालले भारत र बंगलादेशमा फरक–फरक मोडालिटीमा बिजुली बिक्री गरिरहेको छ। बंगलादेशतर्फ पाँच महिनाका लागि ४० मेगावाट विद्युत् नियमित निर्यात भइरहेको छ भने बाँकी ठूलो परिमाण भारतीय बजारले खपत गरिरहेको छ।

भारततर्फ विद्युत् बिक्रीका लागि नेपालले इन्डियन इनर्जी एक्सचेन्ज अन्तर्गत डे–अहेड र रियल–टाइम मार्केट प्रयोग गरिरहेको छ। यसबाहेक भारतका हरियाणा र बिहार राज्यका विद्युत् वितरण कम्पनीसँग भएका द्विपक्षीय सम्झौतामार्फत पनि बिजुली निर्यात भइरहेको छ।

हाल नेपालसँग भारत र बंगलादेश गरी १ हजार २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने अनुमति रहेको छ। भारततर्फ मात्रै विभिन्न आयोजनाबाट १ हजार १२५ मेगावाटभन्दा बढी विद्युत् बिक्रीको स्वीकृति प्राप्त भइसकेको छ। भारतीय बजारमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ५.२५ देखि ५.४५ भारतीय रुपैयाँ कायम छ।

नेपालले पहिलो पटक बंगलादेशमा पनि विद्युत् निर्यात सुरु गरेर ऊर्जा व्यापारमा नयाँ इतिहास बनाएको छ। बंगलादेशसँग भएको सम्झौताअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि ४० मेगावाट बिजुली आपूर्ति गरिरहेको छ।

यो विद्युत् त्रिशूली जलविद्युत् आयोजना र चिलिमे जलविद्युत् आयोजना बाट उत्पादन भएको हो। बंगलादेशलाई नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट का दरले बिजुली बिक्री गरिरहेको छ।

नेपाल र बंगलादेशबीच प्रत्यक्ष सीमा नजोडिएकाले भारतीय प्रसारण लाइन प्रयोग गरेर त्रिपक्षीय सहमतिमार्फत यो ऊर्जा व्यापार भइरहेको छ।

ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा भएको लगानी र उत्पादन वृद्धिले नेपाललाई अब केवल आत्मनिर्भर मात्र होइन, क्षेत्रीय ऊर्जा बजारको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गर्न थालेको संकेत देखिएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस