संघीय सरकारको प्राथमिकतामा परेन बाँके
१६ जेष्ठ २०८३
•
४ मिनेट पाठ
संघीय सरकारको प्राथमिकतामा परेन बाँके
निर्माणको क्रममा रहेको नौवस्ता औद्योगिक क्षेत्र ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दा बाँकेबासी धेरैमा उत्सुकता जागेको थियो, ‘संघीय सरकारले यहाँका महत्वपूर्ण क्षेत्रलाई समेटेर आवश्यक बजेट विनियोजन गर्ला । तर, बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई निरन्तरता दिने बाहेक अरु कुनै क्षेत्रलाई सम्बोधन गरेको पाइएन् ।  




झण्डै दुई दशकदेखि निर्माणाधिन पुरानो आयोजना सिक्टाका लागि भने उनले २ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए । सिक्टा बाहेक पनि बाँकेमा रहेका अन्य थुप्रै महत्वपूर्ण क्षेत्रलाई संघीय सरकारबाट बजेट विनियोजन हुन आवश्यक थियो । तर, ति क्षेत्र तथा आयोजनालाई संघीय सरकारले प्राथमिकता दिएको पाइएन । विगतका सरकारले उच्च प्राथमिकतामा राखेको नौवस्ता औद्योगिक क्षेत्र, नेपालगन्ज विमानस्थल, भेरी अस्पताल, राप्ती खानेपानी आयोजना, बाँके राष्ट्रिय निकुञ्ज लगायत क्षेत्र यसपटक प्राथमिकतामा परेनन् ।  

नौवस्ता औद्योगिक लुम्बिनी प्रदेश स्तरिय संघीय सरकारको ठुलो औद्योगिक क्षेत्र हो । यहाँ मानव बस्ती ब्यवस्थापन सहित भौतिक पुर्वाधार निर्माणको काम अगाडी बढाउनुपर्ने देखिन्छ । औद्योगिक क्षेत्र विकास लिमिटेडले गतवर्ष यहाँ केही अतिक्रमित क्षेत्र हटाएर वरिपरी बाटो बिस्तार गरेको थियो । त्यसबाहेक अरु काम रोकिएका छ ।

यस्तै नेपालगन्ज बिमानस्थल पनि यसपटक सरकारको प्राथमिकतामा परेन । विमानस्थलको नयाँ टर्मिनल भवनसहित भौतिक पुर्वाधारको काम गतवर्ष सम्पन्न भएपनि अझै अन्य विस्तारका केही कामहरु बाँकी छन् । नागरिक उडड्यन प्राधिकरणले विमानस्थल बिस्तार सहितका लागि गुरुयोजना नै तयार गरेको छ । नेपालगन्ज–दिल्ली सिधा हवाई उडान योजना अधुरै छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलपछि दोस्रो अति ब्यस्त विमानस्थलमा पर्ने नेपालगन्ज विमानस्थललाई सरकारले बजेटमा सम्बोधन नगर्दा यसक्षेत्रका बासिन्दाहरु आश्चर्य चकित भएका छन् ।  

पश्चिम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याईरहेको भेरी अस्पताललाई पनि बजेटले सम्बोधन गरेन । उक्त अस्पतालको पुरानो भवन भत्काएर हेलिप्याड सहितको नयाँ सुविधा सम्पन्न भवन बनाउनुपर्नेछ । अस्पतालले गतवर्षबाट एमडी/एमएस विषय अध्यापन, मृगौला प्रत्यारोपन लगायतका सेवाहरु सुरु गरेको छ । तर, सरकारबाट ठोस योजना र बजेट नपाउँदा आफ्ना सेवाहरु अगाडी बढाउन अस्पताललाई चुनौती छ । गुरुयोजना अनुसार अस्पतालको सम्पूर्ण काम अगाडी बढाउन अर्बौ रुपैयाँ बजेट आवश्यक पर्ने देखिन्छ ।  

तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको पालामा सरकारले सुरु गरेको राप्ती खानेपानी आयोजना अहिलेसम्म अधुरै रहेको छ । आयोजनाका लागि पाईप बिछ्याउने लगायतका काम भएपनि बाँकी कामहरु पुरा भएको छैन । आयोजनाका लागि बजेटले सम्बोधन नगरेपछि बाँकी काम कसरी अगाडी बढ्ला भन्ने चिन्ता थपिएको छ । नेपालगन्जमा पछिल्लो समयमा पानीको सतह घट्दो अवस्थामा रहेकाले राप्ती नदीबाट पानी ल्याएर उपभोक्तालाई शुद्ध पानी खुवाउने सरकारको लक्ष्य छ । यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि पनि बजेटले सम्बोधन नगरेको पाइएको छ । पछिल्लो समयमा पर्यटकीय गतिविधि सुरु गर्न थालेको निकुञ्जलाई संघीय सरकारले आवश्यक बजेटबाट सम्बोधन गर्नुपर्ने थियो ।  

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँके र दाङको बीच खण्डमा करिव ३५ किलोमिटर सडक निमार्ण अपुरो रहेको छ । सरकारले बाँकेमा निर्माणाधिन अवस्थामा रहेको उक्त खण्डका लागि ठेक्का टुंगो लगाउनुपर्ने अवस्था छ । तर, अर्थमन्त्री डा. वाग्लेले समग्र (देशभरका लागि) हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।  

कुनै बेला पश्चिम क्षेत्रकै नेतृत्व गर्ने गरेको बाँके जिल्लालाई अहिले संघीय सरकारले उपेक्षा गरेको यहाँका नागरिक अगुवाले गुनासो गरेका छन् । राज्यले ठुलो ठुलो परिमाणमा राजश्व संकलन गर्ने बाँकेलाई बजेटमा उपेक्षा गरिएको उनीहरुको बुझाई छ । बजेटबारे नागरिक स्तरबाट सामाजिक सञ्जालमा विभिन्न टिका, टिप्पणी भईरहेका छन् ।

नागरिक समाजका अगुवा एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कुनै समयमा पश्चिम नेपालको नेतृत्व गर्ने जिल्लालाई वर्तमान सरकारले बजेटमा प्राथमिकता नदिएको गुनासो गरे । ‘दुई दशकदेखि निर्माणाधिन रहेको सिक्टा सिँचाइ आयोजनाको काम बाहेक अरु कुनैपनि क्षेत्र प्राथमिकतामा परेनन्,’ उनले नागरिकसँग भने, ‘नेपालगन्ज पश्चिम नेपालको ब्यापारिक केन्द्र हो, यहाँबाट सरकारले अर्बौ रुपैयाँ राजश्व उठाउँछ, तर विकास बजेट विनियोजन गर्न वर्तमान सरकारले बेवास्ता गर्यो ।’ बाँकेमा सिक्टा सिँचाइ आयोजना बाहेक नौवस्ता औद्योगिक क्षेत्र, नेपालगन्ज विमानस्थल, भेरी अस्पताल लगायत थुप्रै महत्वपूर्ण क्षेत्रहरु संघीय सरकारको प्राथमिकता भन्दा बाहिर परेको उनले बताए ।

संघीयता कार्यान्वयनमा आएसँगै नेपालगन्ज शहर राज्यको प्राथमिकताबाट क्रमशः टाढिदै गएको यहाँका नागरिक अगुवाको बुझाई छ । नेपालगन्जस्थित पर्यटन ब्यवसायीका अगुवा श्रीराम सिग्देलका बिचारमा राजनीतिक पहुँचबाट टाढा हुँदा बाँके जिल्ला हरेक कुरामा उपेक्षित हुदै आएको छ । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘दुई वर्षअघि नेपाल होटल तथा पर्यटन ब्यवस्थापन प्रतिष्ठान(नाथम कलेज) स्थापना भएको झण्डै ३ वर्षपछि फिर्ता भयो, ५ वर्षअघि प्रारम्भ भएको नेपालगन्ज–पोखरा सिधा हवाई उडान यसै महिनाबाट बन्दा भयो, लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवस्था पनि त्यस्तै छ, कता छन् हाम्रा जनप्रतिनिधि, कता छ हाम्रो राजनीतिक नेतृत्व ?’ सरकारले बजेट भाषणमा बाँकेलाई गरिएको उपेक्षाबारे पनि उनी असन्तुष्ट छन् । 
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
४१ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस