भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दैनिक २.५५ किमि बाटोमा कालोपत्र गरेको जनाएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक वर्षमा ९३० किमि कालोपत्र गर्ने लक्ष्य रहेकामा ९३२ किमि सडकमा कालोपत्र सम्पन्न भएको छ।
मन्त्रालयले जनाए अनुसार हुलाकी राजमार्गको विभिन्न खण्डमा कुल ७५ किमि सडक कालोपत्र गर्ने लक्ष्य रहेकोमा ९२.५ किमि सडक कालोपत्र भएको छ। यसैगरी कालीगण्डकी करिडोरको ५० किमि सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा ७१ किमि कालोपत्र भएको मन्त्रालयको भनाइ छ।
मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा लक्ष्यभन्दा बढी कालोपत्र सम्पन्न भएको मन्त्रालयका अधिकारीहरूको दाबी छ। उक्त राजमार्गमा ३० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकोमा ५०.५ किमि सडक कालोपत्र भएको हो।
यसैगरी सडक सुरक्षाअन्तर्गत लक्ष्यभन्दा बढी काम भएको छ। सडक सुरक्षाका लागि २० किमि क्य्रास बेरियर लगाउने लक्ष्य रहेकोमा २८.२२ किमि क्य्रास बेरियर लगाइएको पनि मन्त्रालयको भनाइ छ।
यसैगरी कर्णाली करिडोर अन्तर्गतसमेत हिल्सा सिमिकोट सडक खण्डमा २० किमि सडक ग्राभेल गर्ने लक्ष्य रहेकामा लक्ष्यबमोजिम काम सम्पन्न गरिएको छ। मन्त्रालयले कुल ६७ वटा बजेट उपशिर्षकमध्ये २५ वटा उपशिर्षकमा ९० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेको छ।
यही अवधिमा ग्वार्को फ्लाई ओभर पनि सञ्चालनमा आएको विषयलाई मन्त्रालयले आफ्नो प्रमुख उपलब्धि ठानेको छ। भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको जनाइएको छ।
आयोजना सुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य रहेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ। रुग्ण ठेक्काहरूको अध्ययनबाट कुल ५८६ ठेक्काहरू पहिचान गरिएकोमा एक वर्षभित्र एक सय २० वटा रुग्ण ठेक्का तोडिएको, १५१ ओटा रुग्ण ठेक्काहरूको समस्याको प्रकृति अनुसार समाधान प्रक्रिया अघि बढाइएको र बाँकी रुग्ण ठेक्काको उचित निकासका लागि थप अध्ययन भइरहेको जानकारी पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले दिएका थिए।
सडक विभागले लक्ष्यभन्दा केही बढी कालोपत्र गरे पनि लक्ष्य अनुसार पुल बनाउन सकेनन्। विभागका अनुसार विभागले आव २०८१/८२मा एक सय ५० वटा पुल बनाउने लक्ष्य राखेको थियो तर उक्त आवमा एक सय पाँच वटा मात्र पुल बनेको विभागले जनाएको छ। विभागका एक उच्च कर्मचारी अनुसार मौसम, एप्रोच सडक, बजेटको अभाव लगायत विभिन्न कारणले लक्ष्य अनुसार पुल बनाउन नसकिएको स्वीकार गरे।
विभागका अनुसार रेलवेका पूर्वाधार निर्माणतर्फ भने पूर्वपश्चिम रेलमार्गको महोत्तरी बर्दिवास चोचा खण्डमा यस वर्ष ३.६१ किमि ट्रयाक बेड निर्माण सम्पन्न भएको छ। हालसम्म कुल ६८.६१ ट्रयाक बेड निर्माण पूरा भएको छ। यस्तै जयनगर जनकपुर भंगाहा रेल मार्गको लागि वासिङ पिट, फ्युलिङ स्टेसन तथा कुर्था स्टेशनमा वेयर हाउस निर्माण कार्य सम्पन्न भएको विभागले जनाएको छ।
विभागका अनुसार भंगाहा वर्दिवास रेलमार्गको धनुषा जिल्लामा रहेको खण्डमा विद्युतीय क्रसिङको अन्डरग्राउन्ड गर्ने काम सम्पन्न भएको छ भने बर्दिवास–चोचा रेलमार्ग खण्डमा तीन वटा रेलपुल निर्माण कार्य सम्पन्न भइसकेको छ।
चतरादेखि कोप्चेसम्म जेटबोट सञ्चालन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा कोसी नदीको चतरादेखि कोप्चेसम्म जेटबोट सञ्चालन पुनः सुरु गरिएको जनाएको छ। गत साल असोजमा आएको बाढीले कोसी नदीको जलमार्ग क्षतिग्रस्त बनाएको थियो। बाढीले उत्पन्न गरेको अवरोध हटाइ जेटबोट सञ्चालन गरिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार आव २०८१/८२ मा नारायणघाटदेखि देवघाटसम्म जलमार्ग सञ्चालन गरिएको छ। उक्त क्षेत्रमा जलमार्ग सञ्चालन भए स्थानीयवासी र धार्मिक पर्यटक लाभान्वित हुने मन्त्रालयको विश्वास छ।
यसैगरी मन्त्राललयले विभिन्न देशमा रही समुद्रमा काम गपररहेका नेपालीको आधिकारिक तथ्यांक संकलन गर्ने भएको छ। हालसम्म त्यस्तो अधिकारिक तथ्यांक संकलन गरिएको छैन।
त्यसरी तथ्यांक संकलन गरी त्यस्ता जनशक्तिको विवरण संकलन गर्ने र त्यो जनशक्तिलाई भविष्यमा नाविक परिचय पत्र प्रदान, नाविक किताब तथा तालिम दिने लक्ष्य मन्त्रालयले राखेको छ। यसका लागि मन्त्रालयले सामुद्रिक विपत्तिको अवस्थामा नेपाली नियोग तथा सम्बन्धित देशहरूसँग समन्वय गर्ने भएको छ।
मन्त्रालयका अनुसार नेपालभित्र र बाहिर पानीजहाज सञ्चालन, व्यवस्थापन र नियमन गर्न, नेपाल बाहिर काम गर्ने नाविकहरूको पहिचान तथा क्षमताको प्रयोग देशको लागि गर्न तथा समुद्रबाट भूपरिवेष्ठित देशले लिनसक्ने फाइदा सम्बन्धमा कानुनी स्पष्टतासहित तयार गरिएको पानीजहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित भई हाल प्रतिनिधिसभामा पेश भएको छ।
नेपालका नाविकहरूलाई नाविक परिचय पत्र प्रदान गर्न आइएलओ १८५ र एमएलसी २००६ अनुमोदन गरी नेपाल पक्ष राष्ट्र बन्नुपर्ने हुन्छ। त्यसका लागि सन्धि सम्पन्न गर्ने निर्देशिका २०७७ अनु्सार अध्ययन समितिमा प्रतिवेदन पेश गरिएको र त्यसलाई अनुमोदन गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ।