लाइसेन्सको सबै काम बन्द, सरकार भने नयाँ ट्रायल सेन्टर खोल्दै
२६ असोज २०८२
•
४ मिनेट पाठ
लाइसेन्सको सबै काम बन्द, सरकार भने नयाँ ट्रायल सेन्टर खोल्दै
सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै काम विगत एक महिनादेखि ठप्प भएको छ। यसबाट लाइसेन्स नभई नहुने तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका सेवाग्राही मारमा परेका छन्। यता बागमती प्रदेश सरकारले भने नयाँ ट्रायल सेन्टर खोल्ने तयारी गरिरहेको छ।




यातायात व्यवस्था विभागका अनुसार जेन–जी आन्दोलनपछि गत भदौ २४ गते यता लाइसेन्स  छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित  तथा प्रयोगात्मक परीक्षा (ट्रायल) लिने सम्बन्धी सबै काम बन्द भएको छ। यति मात्र नभई गत भदौ २२ गतेभित्र  सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक तथा लिखित परीक्षा पास गरेका तथा राजस्व बुझाउन नसकेका सेवाग्राहीले राजस्वसमेत बुझाउन पाएका छैनन्। यसबाट ट्रायल परीक्षा पास गरेको  मान्यतासमेत पाउन सकेका छैनन्।

लाइसेन्स सम्बन्धी सबै काम बन्द भएपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने तयारी गरेका सेवाग्राहीले लाइसेन्स कार्ड पाउन सकेका छैनन्। यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले लाइसेन्स छाप्न तयारी अवस्थामा राखिएका कार्ड तथा लाइसेन्स छाप्ने मेसिनसमेत जेनजी आन्दोलनका क्रममा जलेपछि लाइसेन्स छाप्ने काम  स्थगित गरिएको बताए। उनका अनुसार आन्दोलनबाट लाइसेन्स सम्बन्धी  सर्भर तथा सिस्टमसमेत ध्वस्त भएको छ। लाइसेन्स सम्बन्धी काम पुनः सुरु गर्न प्रयास भइरहेको उनले बताए। ‘हामीले प्रयास गरीरहेका छौं। दश/पन्ध्र दिनभित्र काम सुरु गर्ने हाम्रो तयारी छ’ उनले भने।

तिवारीका अनुसार यसअघि एक दिनमा देशभरिका ४३ वटा यातायात व्यवस्था कार्यालयबाट नयाँ लाइसेन्स लिन अनलाइन सेवाबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म आवेदन नागरिकबाट आउने गरेको थियो। अब यो काम ठप्प भएको छ।  तिवारीका अनुसार हाल करिब २० लाख सेवाग्राही लाइसेन्स कार्डका लागि प्रतीक्षा गरिरहेका छन् तर उनीहरूले अब कहिले पाउँछन् त्यसको टुंगो छैन। विभागले सेवाग्राहीले माग गरे अनुसार कहिले पनि लाइसेन्स कार्ड दिन सकेको छैन। सवारी चालक अनुमति परीक्षा पास गरेको ५/६ वर्षसम्म पनि जनताले लाइसेन्स पाउन सकेका छैनन्।

नयाँ ट्रायल सेन्टर  खोल्न सूचना

लाइसेन्स सम्बन्धी सबै काम ठप्प भएका बेला र लाइसेन्सको काम सुरु भएका बेला पनि  लाइसेन्सको लागि आवेदन दिन सेवाग्राही घट्दै गइरहेका बेला यातायात व्यवस्था कार्यालय बनेपाले दसैंको मौका छोपेर  नयाँ ट्रायल सेन्टर  खोल्न १५ दिने सूचना निकालेको छ।

मिलोमतोबाट एउटा ड्राइभिङ स्कुललाई ट्रायल परीक्षा लिन अनुमति दिने उद्देश्यले सूचना निकालको भन्दै ड्राइभिङ स्कुलसँग सम्बन्धित विभिन्न संघ संस्थाले व्यापक विरोध गरेपछि बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले बनेपाले निकालेको सूचनालाई सच्याएर अर्को सूचना निकालेको छ।

मन्त्रालयका सचिव वीरेन्द्र भारतीले बनेपाले निकालेको सूचना सच्याएर गत शुक्रबार अर्को सूचना निकालेको बताए। ‘करिब ६ महिनाअघि पनि हामीले सूचना निकालेका थियौं। त्यतिबेला कसैबाट आवेदन नपरेपछि त्यो सूचना रद्द गरेर यसपटक पुनः अर्को सूचना निकालेका हौं’, भारतीले भने, ‘दसैंको फूलपातीको अघिल्लो दिन निकालेको सूचनको अवधि सकिँदै छ। त्यस सूचनालाई सच्याएर शुक्रबार अर्को सूचना निकालेको छ। अब बनेपाका सबै ड्राइभिङ स्कुलले प्रतिस्पर्धा गर्न पाउने छन्।

यता ड्राइभिङ स्कूल अफ नेपाल काभ्रेका उपाध्यक्ष  रुपेश काफ्ले, ड्राइभिङ स्कुल संघ ललितपुरका अध्यक्ष  विष्णुराज खड्का, ड्राइभिङ स्कुल संघ भक्तपुरका अध्यक्ष रामभाइ बानियाँ तथा ड्राइभिङ स्कुल संघ काठमाडौंका अध्यक्ष रमेश खत्रीले संयुक्त विज्ञप्ति निकालेर बडादसैंको मौका छोपेर यातायात व्यवस्था कार्यलय बनेपाले परीक्षास्थल छनोट सम्बन्धमा निकालेको सूचना तत्काल रद्द गर्न माग गरेका छन्।

सो सूचनामा दालमा केही कालो छ भने झैं  टेन्डर खरिद–बिक्री प्रक्रियामा केही कर्मचारी र सरकार नै लागेको आशंकालाई बलियो बनाएको उनीहरूको भनाइ छ। ‘दसैं पर्वको पूर्वसन्ध्यामा नियतवश एउटा मात्र ट्रायल सेन्टरबाट परीक्षा दिन अनिवार्य गराएर काभ्रेपलाञ्चोक जिल्लाभरि क्रियाशील र सबै मापदण्ड पुगेका अरु ड्राइभिङ स्कुलहरू, जो मन्त्रालयबाटै स्वीकृति प्राप्त गरेर सञ्चालनमा छन्’ विज्ञप्तिमा भनिएको छ, ‘ती सबैलाई बाइपास गर्ने सर्तहरू राखेर यातायात व्यवस्था कार्यालयको वेइवसाइटमा  नदेखिने गरी सूचना प्रकाशन गरेकाले उक्त सूचना तत्काल रद्द गर्न सरकारसँग माग गर्दछ।’

उक्त सूचना रद्द नभए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१० घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस