एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी
१७ कार्तिक २०७९
•
३ मिनेट पाठ
एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत निर्माण गरिने प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आगामी मंसिर महिनाभित्र हुने भएको छ।  




मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले आगामी डिसेम्बर अर्थात् (मंसिर १४) गतेभित्र एमसिसी प्रसारण लाइन सम्बन्धित बोलपत्र तयार पारेर आह्वान गर्ने तयारी गरिरहेको छ।  

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आगामी डिसेम्बर महिनाभित्र प्रसारण लाइन आयोजनाको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्ने तयारी गरेको बताए। ‘एमसिसी अन्तर्गत बन्ने प्रसारण लाइनको लगभग बिडिङ डकुमेन्ट तयार भइसकेको छ,’ उनले भने ‘सम्भवत् डिसेम्बर महिनाभित्रै टेण्डर आह्वान गरिसक्नेछौं ।’  

एमसिए नेपालले पहिलो चरणमा ४०० सय केभीको डबल सर्किट ३१५ किलोमिटर प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्नेछ। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। यो प्रसारण लाइन आयोजना उच्च भोल्टेज अर्थात् ४०० केभी बिजुली लैजान निर्माण गर्न लागिएको हो ।’ उनले भने, ‘३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३÷२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।’

एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनाको ठेक्का प्रक्रिया पारदर्शी ढंगको हुने बताए। ‘एमसीसीको ठेक्का प्रक्रिया फेडिक एलो बुक अनुसार आह्वान गरिन्छ,’ उनले भने ‘एमसिसीको अन्तर्राष्ट्रिय ठेक्काको टेण्डर प्रक्रिया ४२ दिनदेखि १८० दिनसम्मको हुनेछ ।’ कार्यकारी निर्देशक विष्टले एमसीसीको ठेक्का प्रक्रियामा इरान, इराक, उत्तर कोरिया लगायतका मुलुकले बाहेक अन्य जुनसुकै मुलुकका कन्ट्र्याक्टरले निर्माणमा प्रतिस्पर्धा गर्न पाउने बताए।  

‘एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा सरकारी निकायबाहेक अन्य जुनसुकै निर्माण व्यवसायी पनि प्रतिस्पर्धा गर्न सक्नेछन्,’ उनले भने, ‘यो एमसीसीको प्रोग्राम प्रोक्योरमेन्ट गाइडलाइन अनुसार टेण्डर गरिनेछ। यसमा सबैभन्दा कम वा धेरै रकम कबोल गर्नेभन्दा पनि ठेकेदार कम्पनीले काम गर्न सक्ने वा नसक्ने पक्षलाई विशेष गरेर हेर्ने गरिन्छ ।’

कार्यकारी निर्देशक विष्टले एमसिसी अन्तर्गतको प्रसारण लाइनको ठेक्का बिल्ट एण्ड डिजाइनअन्तर्गत लगाइने बताए। ‘यो ठेक्कामा ठेकेदार कम्पनीले आफैं डिजाइन तयार गर्ने र निर्माण गर्ने गरी निर्माण गर्न लागिएको हो,’ उनले भने ‘प्रसारण लाइनको ठेक्का आह्वान गरेको एक ÷डेढ महिनाभित्रै सबस्टेशन निर्माणको टेण्डर आह्वान गर्नेछौं ।’  

एमसिए नेपालले यो परियोजना निर्माणको काम भने २०८० देखि निर्माण हुने जनाएको छ। ‘यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अगष्ट महिनादेखि गर्ने कार्यतालिका बनाएका छौं,’ कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसीको ६ पूर्वशर्तमध्ये अहिलेसम्म ५ वटा शर्त पूरा भइसकेको छ। जग्गा प्राप्ति, रुख कटानी र निर्माण क्षेत्रमा पहुँच लगायतको एउटा शर्त मात्रै पूरा गर्न बाँकी छ। सम्भवतः यो कार्य पनि एक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौं ।’  

प्रसारण लाइनको लागि दायाँबायाँ २३÷२३ मिटर चौडा भोगाधिकार (राइटवे) भित्र आठ सय ५४ वटा टावर निर्माण गरिनेछ। यो प्रसारण लाइनअन्तर्गतका टावरको उचाइ मात्रै ४३ देखि ९२.५ मिटर अग्लो हुनेछ । प्रत्येक टावरमा भूमिगत तार समेत रहनेछ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस