ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन
१८ असोज २०७९
•
१ मिनेट पाठ
ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन
बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।




चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरू ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे। खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताए।

“निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ”, उनले भने, “मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ।” अर्का मजदुर रकिल घर्तीमगरले भने, “मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै रु १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन।”  

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन्। यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ। ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ।

मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउनै चाहेनन्। खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ।
अर्को समाचार
सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग
०७ असोज २०७८
•
३ मिनेट पाठ
सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग
कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। सडक निर्माणमा ह्युमपाइप र पर्खाल निर्माणको क्रममा गुणस्तरहीन र मापदण्डविपरीत कार्य भइरहेको भन्दै स्थानीय आक्रोशित भएका छन्।




निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्। 

‘निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सिमेन्ट प्रयोग भइरहेको छ,’ स्थानीय राजेन्द्र धामीले भने, ‘हामीले धेरै पटक गाउँपालिकामा गुनासो राखे पनि सुनुवाइ नै भएको छैन।’ यस्तै सोही सडक खण्डमा ह्युमपाइप राखेपछि माटो मात्रै भरेका कारण ठाउँठाउँमा गाडी फस्ने र यात्रुहरू अलपत्र पर्ने गरेका छन्।  

सहजपुरदेखि अलाडसम्मको यात्रा कष्टकर हुने गरेको बताउँदै गुराँस सुपर यातायातका महासचिव तथा सोही क्षेत्रमा बस चलाउँदै आएका तेजसिंह ठगुन्नाले भने, ‘यो सडकमा ठेकेदार कम्पनीले ह्युमपाइप राख्दा माथिबाट अलिकति मात्रै माटो राखेका कारण समयसमयमा बस फस्ने समस्या छ।’ 

४ दिनदेखि गुप्तपानीमा फसेको बस निकाल्न गाह्रो भएको उनले बताए। ‘हाम्रो यातायातले सो सडक खण्डमा रुट परमिट दिएको छ,’ उनले भने, ‘सडकको अवस्था बेहाल हुँदा सो सडक खण्डमा समयसमयमा गाडी फस्ने र चार÷पाँच दिनसम्म पनि निकाल्नै नसकिने अवस्था आउने गरेको छ।’ सडकमा ह्युमपाइप राखेपछि ढुंगाको पर्खाल लगाउनुपर्ने हो। तर, त्यहाँ माटो मात्रै भरेकाले समयसमयमा गाडी फस्ने गरेको उनले बताए।

पिच र आवश्यक ठाउँमा नाली निर्माण गर्ने गरी झन्डै करसहित ३ करोड ६४ लाख रूपैयाँमा ६ किलोमिटर सडकखण्ड ठेक्का सम्झौता भएको थियो। उक्त सडकमा जागृति निर्माण सेवाले ठेक्का पाएको थियो। २०७५ मा ठेक्कासम्झौता भएको सहजपुर–अलाड सडकको निर्माण अवधि गत असारमा सकिएको थियो। समयमै काम गर्न नसकेपछि ६ महिना म्याद थप भएर अहिले निर्माण कार्य भइरहेको छ।

सो सडक खण्डमा अहिले पेटी ठेकेदार नेत्र शाहले काम गरिरहेका छन्। पेटी ठेकेदार शाहको साइडमा पुरानो सेट भएको सिमेन्ट प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका थिए। 

विरोध जनाउँदाजनाउँदै पनि पेटी ठेकेदारले अटेरी गरिरहेको बताइएको छ। ‘स्थानीयको विरोध हुँदाहुँदै पनि पेटी ठेकेदार शाहले अटेरी गरिरहेका छन्,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यी ठेकेदार राजनीतिक आडमा कमसल सामग्री प्रयोग गरिरहेका छन्।’ 

सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रखेदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेको बताउँदै अर्का स्थानीय हरीश धामीले भने, ‘सडकमा गुणस्तरहीन सामान प्रयोग हुँदासमेत कोही बोल्दैनन्।’ बजेटको दुरूपयोग गर्नुभन्दा बरु सास्ती नै सहन तयार रहेको स्थानीय रमेश रोकामगरले बताए। उनले भने, ‘यसरी बजेटको दुरूपयोग गर्नुभन्दा त बरु हामीलाई सकस नै ठिक छ।

चुरे गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले सहजपुर–अलाड सडकखण्डमा राजनीति घुसेका कारण सडक विवादित भइरहेको बताए। उनले भने, ‘सडकमा राजनीति घुसेका कारण गुणस्तरीय काम भइरहेको छ वा छैन भन्ने थाहै छैन।’ कार्यालयमा प्राविधिक कर्मचारी भए पनि साइड हेर्न कोही नगइदिँदा ठेकेदार कम्पनीको मनोमानी हुने गरेको बताउँदै उनले भने, ‘ठेकेदार कम्पनीलाई साइजमा ल्याउन पनि प्राविधिक कर्मचारीले अनुगमन गरिदिनुपर्ने हो, तर हाम्रोमा कोही पनि प्राविधिक कर्मचारी त्यो साइडमा जान चाहँदैनन्, खाली मेरै मात्र ठेक्का हो जस्तो गर्छन्।’ आफू प्राविधिक कार्यालयको प्रमुख भएका नाताले आफूमातहत कर्मचारीलाई साइडमा खटाउँदा पनि भनेको नमान्ने गरेकाले यहाँको विकास निर्माणका काममा झारो टार्ने काम भइरहेको उनले स्विकारे।

सहजपुर–अलाड सडकखण्डमा काम गरिरहेका पेटी ठेकेदार नेत्र शाहले पहिले पनि कमसल सामग्री प्रयोग गरेर निर्माण गरेको पर्खाल आफूले भत्काइदिएको बताउँदै उनले थपे, ‘केही ठाउँमा मैले नै आफैंले कमसल सामग्री प्रयोग भएको भन्दै भत्काइदिएको थिएँ अनि केही ठाउँमा आफैं भत्किएको थियो।’ त्यसपछि पनि पेटी ठेकेदार शाहले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको प्रमाणित भएको एक प्राविधिकले बताए। यदि फेरि पनि पर्खाल र ह्युमपाइप निर्माणमा कमसल वस्तु प्रयोग भएको भेटिएमा पुनर्निर्माण गर्ने गरी भत्काउने उनले बताए । 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस