ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृतिः मन्त्री भुसाल
१३ असोज २०७९
•
२ मिनेट पाठ
ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृतिः मन्त्री भुसाल
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन्।




बिहीबार नेपाल इञ्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकम बीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्।

मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन्। उनले अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन्।

मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको बताइन्। उनले सरकार, राजनीतिक दलहरुले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको बताइन्।

उनले विकास विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्व पश्चिम दु्रत मार्ग, रेल मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्ने कुराको हेक्का राखेर गुरु योजना बनाउनुपर्ने बताइन्। मन्त्री भुसालले त्यस्ता गुरु योजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा वृहत छलफल गर्नु आवश्यक रहेको बताइन्।

यस्तै मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरुमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन्। मन्त्री भुसालले त्यस्तो काम नेपाली इञ्जिनियरहरुले गर्न सक्नुपर्ने बताइन्। उनले विभिन्न सरकारी निकायमा वा सरकारी निकाय भन्दा बाहिर रहेका इञ्जिनियरहरुले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासो गरिन्।

उनले संघीयता लागू भएसँगै धेरै इञ्जिनियरहरु प्रदेशमा गएको र ऊर्जा मन्त्रालयका विभिन्न विभागमा रहेकाहरुले राम्रो काम नगरेको बताइन्। मन्त्री भुसालले कुनै डिजाइन, गर्नुपर्दा कन्सल्टटेन्ट, कन्स्ट्रक्सन गर्न कन्ट्याक्टर, अनुगमन र निर्माण सम्पन्नताको प्रमाण दिने कन्सल्टटेन्टलाई दिनुपर्ने चित्त नबुझेको बताइन्।

उनले धेरै खर्च गरेर अध्ययन गरेर इञ्जिनियर बनेपनि आफैँले डिजाइन, योजना नबनाउने अवस्था रहेको बताइन्। मन्त्री भुसालले धेरै रकम खर्च गरेर प्राप्त गरेको इञ्जिनियरिङ सम्बन्धी ज्ञानको प्रयोग नभएको बताइन्। मन्त्री भुसालले इञ्जिनियरिङ स्टाप कलेज स्थापना तत्काल गर्नुपर्ने बताइन्।

उनले देश विकासको मुख्य जनशक्ति इञ्जिनियर भएको बताइन्। मन्त्री भुसालले भौतिक विकास गर्दै आर्थिक सामाजिक विकाससँग जोड्ने विषय इञ्जिनियर बिना सम्भव नभएको बताइन्। उनले देशको भौतिक तथा आर्थिक विकासलाई एकीकृत गर्नको लागि प्राविधिक विषयको विभिन्न महत्त्वपूर्ण विधामा काम गर्ने संस्था बीचको सहकार्यले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताइन्।
अर्को समाचार
सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण
०१ असार २०८०
•
४ मिनेट पाठ
सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण
नक्सा पास नगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि करिब २ अर्ब रूपैयाँ लगानीमा निर्माण गरेको १० तले भवन। तस्बिर: दिलीप/नागरिक
अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारी स्वामित्वका संस्थाहरूले नक्सा पास नै नगरी भवन निर्माण गरेका हुन्।




करिब २ अर्ब रूपैयाँ लगानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि सिनामंगलमा १० तले भवन निर्माण गरेको उड्डयन प्राधिकरणले नक्सा पास गरेको छैन। २०७२ सालमा निर्माण सुरु गरेको ती भवन निर्माणको अन्तिम चरणमा छन्। क्यानको भवन नक्सा पास नगरी निर्माण नगरेको सोही संस्थाका प्रवक्ता जगन्नाथ निरौलाले स्वीकार गरे। ‘सरकारी भवन भएकाले महानगरपालिकाबाट नक्सा पास गर्नुपर्दैन होला भन्यौं, ध्यान दिएनौं,’ निरौलाले भने, ‘अहिले महानगरले ताकेता गरेपछि नक्सापासको प्रक्रिया अघि बढाएका छौं।’ क्यानको नयाँ भवन निर्माण अन्तिम चरणमा रङरोगन तथा फिनिसिङको काम भइरहेको छ। ‘केही विभागले नयाँ भवनमा बसेर काम पनि सुरु गरिसकेका छन्,’ निरौलाले भने।

नक्सा पास नगरी भवन निर्माण गरेको पाइएपछि काठमाडौं नगरपालिकाले नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन निर्देशन दिएको छ। 
क्यान मात्र नभएर अरू निकायले पनि अर्बौं रूपैयाँ लगानीमा नक्सा पास नगरी बहुतले ठुल्ठुला भवन निर्माण गरेका छन्। निजी मात्र नभएर सरकारी निकायले अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने पूर्वाधारविद् डा. सूर्यराज आचार्यले बताए। ‘सरकारी भवन नै नक्सा पास नभई निर्माण भएका छन् भने त्यो सरकारी अधिकारीको गैरजिम्मेवारीपन हो,’ आचार्यले भने, ‘निजी मात्र नभएर सरकारीमा पनि मापदण्डमा कडाइ गर्नुपर्छ।’नक्सा पास नगर्नु ठुलो बदमासी भएको उनले बताए। नक्सा पाससँग भवनको मात्र नभएर सहरलाई कसरी व्यवस्थित र सुन्दर बनाउने भन्ने विषय पनि जोडिने उनले बताए।

नक्सा पास गरेर भवन निर्माणको मापदण्ड पालना गर्दा योजनाबद्ध विकासलाई सुनिश्चित गर्न टेवा पुग्छ। भवनको मापदण्डले वास्तुकलाको संवद्र्धन तथा संरक्षण गर्न, सुरक्षालाई सुनिश्चित गर्न र जनस्वास्थ्यलाई संरक्षण गर्न सघाउ पुग्छ। नक्सा पास नगरेपछि भवन निर्माणका क्रममा महानगरपालिकाको अनुगमन हुँदैन। ‘एउटा निकायले गरेको काम अर्को निकायले अनुगमन गर्नु पनि जरुरी छ,’ आचार्यले भने, ‘व्यक्तिले बनाएका भवन मात्र होइन, सरकारी भवनको पनि नक्सा पास गरेर निर्माणका क्रममा अर्को निकायबाट अनुमगन गर्नुपर्छ।’  

क्यान मात्र नभएर अरू निकायले पनि अर्बौं रूपैयाँ लगानीमा नक्सा पास नगरी बहुतले ठुल्ठुला भवन निर्माण गरेका छन्। निजी मात्र नभएर सरकारी निकायले अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने पूर्वाधारविद् डा. सूर्यराज आचार्यले बताए।
नक्सा पास नगरी भवन निर्माण गरेको सूचनापछि सार्वजनिक सूचना जारी गरेर नक्सा पासको प्रक्रियामा आउन निर्देशन दिएको काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले बताए। मापदण्डअनुसार निर्माण भएनभएको प्रमाण पेस गरी पास नभएको भए नक्सा पास गर्न पनि शाक्यले निर्देशन दिएका छन्।  

महानगरको निर्देशन अटेर गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवनसम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधिबमोजिम कारबाही गर्ने जनाएको छ। नक्सा पास नगरी भवन निर्माण गर्ने समस्या देखिएपछि काठमाडौं महानगरपालिकाले कडाइ गर्न थालेको छ।

नक्सा पास नगरी भवन निर्माण गरेको पाइएपछि काठमाडौं नगरपालिकाले नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन निर्देशन दिएको छ। शाक्यले नयाँ भवन प्रचलित नियम-कानुनबमोजिम निर्माण भएको छ-छैन भन्दै सम्बन्धित निकायलाई पत्राचार गरेका छन्।

सहरी विकास मन्त्रालयले भवन निर्माणको नमुना मापदण्ड तयार गरेर भवन निर्माण गर्दा अपनाउनुपर्ने कार्यविधि बनाएको छ। मापदण्डअनुसार निर्माण कार्य गर्नुपर्ने दायित्वको व्यवस्था गरिएको छ। सरकारी कार्यालयहरू अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत, अधिकतम फ्लोर एरिया रेस्यो २.० हुनुपर्ने व्यवस्था छ। नक्सा पास गरेपछि सम्बन्धित निकायले भवनको सेट ब्याक, खुला ठाउँ, उचाइ, पार्किङ मापदण्ड, भूकम्प प्रतिरोधी छ-छैन, अपांगमैत्री भए-नभएको लगायत विषय चेकजाँच गरिन्छ। निर्माण कार्य भइरहँदा भवनको जाँच पनि गर्नुपर्छ। नक्सा पास नभएकाले मापदण्ड पूरा भएनभएको अनुगमन हुँदैछ। ‘सरकारी निकाय भन्दैमा जे पनि गर्ने छुट हुँदैन,’ पूर्वाधारविद् आचार्यले भने, ‘सबैलाई नियम बराबर हुनुपर्छ।’
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस