मालवाहक ५०० कन्टेनर चीनमै रोकिए, व्यवसायी मर्कामा
२० भदौ २०७९
•
३ मिनेट पाठ
मालवाहक ५०० कन्टेनर चीनमै रोकिए, व्यवसायी मर्कामा
चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन्। चिनियाँ पक्षले पूर्वजानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालबाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।  




संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन्। ‘चीनले पूर्वसूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,’ कार्कीले भने, ‘ट्रकमा दसैंलक्षित सामान छन्।’ सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेख दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ।

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको भन्दै नेपालसँगका दुई नाका बन्द गरेको हो। दसैंका लागि करोडौं रुपैयाँका सामान बोेकेर नेपालतर्फ हिँडेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएपछि व्यवसायी मर्कामा परेका छन्। चीनले विगतमा पनि यसरी नै पटकपटक नाका बन्द गर्दै आएको छ। नाका खुल्ने निश्चित नहुँदा व्यापारी अन्योलमा छन्। ट्रक, कन्टेनर ल्हासा र नेपाल–चीन नाकाको बीचमा अलपत्र परेका हुन्।

कोभिडसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर नाका नियमित गर्नुपर्ने भए पनि चीनले आफूखुसी नाका बन्द गरेको व्यवसायीको गुनासो छ। चीनले नाका बन्द गरेको यो पहिलो पटक भने होइन। ‘यसअघि पनि पटकपटक नाका बन्द भएको छ,’ कार्कीले भने, ‘जसकारण व्यवसायीले दुःख पाएका छन्।’

पूर्वजानकारी दिएर बन्द गरेको भए सामान अलपत्र नपर्ने व्यापारी बताउँछन्। नाका नियमित गर्ने विषयमा सरकारका तर्फबाट कूटनीतिक पहल नपुगेको व्यवसायीको गुनासो छ। व्यवसायीले कोभिड देखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर नाका नियमित गर्न कूटनीतिक पहल थाल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित अनुरोध पनि गरेका छन्। परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतसँग कुराकानी गरी नाका खोल्न पहल गर्नुपर्ने व्यापारीको माग छ। ‘उच्च तहको कूटनीतिक पहल हुन सकेको छैन,’ कार्कीले भने।

बन्द सीमानाका चीनले कहिले खुल्छन् भन्ने निश्चित छैन। ल्हासामा रहेका चीनका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालमार्फत सीमानाका खुलाउन पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।  

दसैंका सामान रोकिँदा व्यवसायी मर्कामा परेको रसुवागढी भन्सारप्रमुख रामप्रसाद मैनालीले बताए। ‘नाका कहिले खोल्ने विषयमा केही जानकारी छैन,’ उनले भने, ‘तत्काल खोल्ने सम्भावना देखिँदैन।’ नाका बन्द भएपछि व्यापारीले पछिल्लो पटक अर्डर गरेका सामान भने रिरुट गरेर भारत हुँदै ल्याउन थालेका छन्। ल्हासाबाट यता आएका सामानका कन्टेनर रिरुट गर्ने सम्भावना नभए पनि डाइभर्ट गरेर ल्याउन थालिएको छ। नाका खोल्ने निश्चित नभएपछि व्यापारीले केही ट्रक डाइभर्ट गरेको तातोपानी नाकाका प्रमुख नारद गौतमले बताए। ‘नाका खुल्ने निश्चित नभएपछि व्यापारीले नयाँ अर्डर डाइभर्ट गरेका हुन्,’ उनले भने।

नेपालको दोस्रो ठूलो व्यापारिक कारोबार हुने मित्रराष्ट्र चीन हो। आव २०७८/७९ मा चीनबाट २ खर्ब ६४ अर्ब रुपैयाँका सामान आयात भएको थियो। कोभिडअघि यी दुई नाकाबाट दैनिक २ सयदेखि साढे २ सय ट्रकमा सामान आयात हुन्थ्यो। कोभिड मत्थर भएपछि केही समय मुस्किलले दैनिक २५–३० वटा गाडी भित्रिँदै आएका थिए। अहिले सामान आयात ठप्पै छ। तातोपानी र केरुङ नाकाबाट सामान आयात गर्दा २०–२२ दिनमै आइपुग्छ। भारतको कोलकाता भएर कन्टेनरमा चिनियाँ सामान नेपालसम्म आइपुग्न करिब ४०–४२ दिन लाग्छ र भाडा पनि महँगो पर्छ। चीनबाट तातोपानी र केरुङ भएर सामान ल्याउन समय कम लाग्ने भएकाले व्यापारीहरू यतैबाट ल्याउन चाहन्छन्। तर, चिनियाँ पक्षले समयसमयमा विभिन्न बहाना देखाउँदै नाका बन्द गर्दै आएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस