१३ सय ८३ एमभिए क्षमताको सवस्टेशन निर्माण
०५ भदौ २०७९
•
२ मिनेट पाठ
१३ सय ८३ एमभिए क्षमताको सवस्टेशन निर्माण
 नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ६ सय २८ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ।




नेपाल विद्युत् प्राधिकरणले २०७८/७९ मा विभिन्न भोल्टेज लेभलका ६२८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको काम सकेको हो। प्राधिकरणले हालसालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सो अवधिमा १३ सय ८३ एमभिए क्षमताका ग्रिड सवस्टेशनहरूको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको उल्लेख छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत आवमा आधा दर्जनभन्दा धेरै प्रसारण लाइन सञ्चालनमा आएको बताए। ‘गत आवमा १०६ सर्किट किलोमिटरको २२० केभी कोसी कोरिडोर सञ्चालनमा आएको छ,’ उनले भने– ‘१८० सर्किट किलोमिटरको १३२ केभी सोलु कोरिडोर पनि सञ्चालनमा आएको छ।’

प्राधिकरणका अनुसार १६४ सर्किट किलोमिटरको २२० केभी मस्र्याङ्दी–काठमाडौं, ७४ सर्किट किलोमिटरको १३२ केभीको मोतिपुर–सन्धिखर्क प्रसारणलाइन पनि चार्ज भएर सञ्चालनमा आएको छ। २८ सर्किट किलोमिटरको १३२ केभीको बर्दघाट–सर्दी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ। ३६ सर्किट किलोमिटरको १३२ केभीको बुटबल–मैनहियाँ र ४० सर्किट किलोमिटरको १३२ केभीको नयाँ मोदी– लाहाचोक प्रसारणलाइनहरू आव २०७८÷७९ भित्र निर्माण सम्पन्न भएका हुन्।

गत आर्थिक वर्षमा २२०/१३२ केभी १०० एमभिए क्षमताको न्यु बुटवल सवस्टेशन सञ्चालनमा आएको थियो। त्यसैगरी १३२/३३/११ केभी, ४६ एमभीए क्षमताको मोतीपुर सवस्टेशन तथा सन्धिखर्क चार्जिङ भएको थियो।

त्यसैगरी १३२/३३/११ केभी ४५ एमभीए क्षमताको मैनहियाँ सवस्टेशन, १३२/३३/११ केभी, ३८ एमभीएक्षमताको लाहाचोक सवस्टेशन, न्यूमोदी १३२ केभी स्विचिङ सवस्टेशन, १३२/३३/११ केभी, ७९ एमभीए क्षमताको नवलपरासी सवस्टेशन १३२/११ केभी, ३० एमभीएक्षमताको भरतपुर (आँपटारी) सवस्टेशन, २२० र १३२, १०० एमभीएक्षमताको नयाँ खिम्ती सवस्टेशन, र १३२/११/१० एमभीएक्षमताको कीर्तिपुर सवस्टेशनसमेत सञ्चालनमा आएको थियो।

प्राधिकरणका अनुसाार ६६ केभी तथा सोभन्दा माथिल्लो भोल्टेज लेभलको प्रसारणलाइन ५ हजार ३ सय २९ सर्किट किलोमिटर र ७१ सय ४९ एमभीए क्षमताका ग्रिड सवस्टेशनहरू सञ्चालनमा रहेका छन्। विगत ७ वर्षको अवधिमा २७ सय ५ सर्किट किलोमिटर प्रसारणलाइन र ५हजार १७ एमभीए क्षमताका ग्रिड सवस्टेशन प्रणालीमा थप भएको छ।

त्यस्तै १३२ केभी, २२० केभी र ४०० केभीको क्रमशः १ हजार ४ सय ३० सर्किट किमि, ९ सय ३० सर्किट किलोमिटर र ७ सय ५४ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन चरणमा रहेका छन्।

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४ सय केभीका क्रमशः १४ सय ७० सर्किट किलोमिटर, २५१ सर्किट किलोमिटर र तीन हजार १० सर्किट किलोमिटर प्रसारण लाइन पनि निर्माणाधीन अवस्थामा रहेका छन्।

१० हजार ४ सय ६३ एमभिए क्षमताका ग्रिड सवस्टेशनहरू आगामी पाँच वर्षभित्र निर्माण गर्ने गरी अध्ययन तथा डिजाइनको काम अगाडि बढाइएको छ।
अर्को समाचार
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन
२४ वैशाख २०८१
•
१ मिनेट पाठ
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन
डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हुन्।




डेडिकेटेड तथा ट्रंक लाइन महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न प्रतिवेदन उपयोगी हुने आयोगले जनाएको छ। आयोगले तीन महिना १० दिनमा सो विषयसँग सम्बन्धित व्यक्ति तथा विभिन्न निकायका कर्मचारीसँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।

ट्रंक लाइन महसुल विवाद समाधान गर्न भएका ऐन, नियम, विनिमय, कार्यविधि, निर्देशिका, मापदण्ड, विभिन्न समयमा अदालतबाट भएका फैसलालगायत सम्पूर्ण पक्षको राय सुझाव लिएर तयार पारिएको जनाएको छ।

आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष के हो भन्ने विषय भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको छैन। खासगरी, आयोगले २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक फरक अध्ययन गरेको जनाएको छ। सुरुको ६ महिनामा महसुल निर्धारण भएको छैन। २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले २०८० पुसमा डेडिकेटेड तथा ट्रंक लाइनबापतको महसुल नतिर्ने उद्योगको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि कतिपय उद्योगको लाइनसमेत काटिएको थियो।

प्राधिकरणको निर्णयबाट तर्सिएका उद्योगीहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्न बाध्य भएका थिए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर उद्योगको लाइन नकाट्न आग्रह गरेका थिए।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस