नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यु आर मर्चेन्टलाई फोन लोन सुविधाको सुरूवात गरेको छ।
नबिल फोन लोन-क्यु आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यु आर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्ने बैंकले जनाएको छ।
बैंकले युएनडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्ष गरी सुविधा ल्याएको हो। यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यु आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्ने बैंकले जनाएको छ। त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यु आर कारोबारबाट १० हजार रूपैयाँ बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ।