रौतहटको मौलापुर नगरपालिकामा नयाँ खानेपानी संचालनमा आएको छ। खानेपानीको लागि प्रयोग गरिने धेरै चापाकलमा पानी आउन छोडेको अवस्थामा मौलापुर नगरपालिका ४ पतौरामा खानेपानी संचालनमा ल्याइएको छ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले एक समारोहबीच खानेपानी टंकीको उद्घाटन गर्दै बिहीबारदेखि नै खानेपानी वितरण हुने गरी संचालनमा आएको घोषणा गरेकी छन्। मौलापुरको पतौरामा विहीवारदेखि नै नयाँ खानेपानी संचालनमा आएपछि स्थानीयबासी हर्षित भएका छन्।
पतौरा खानेपानी उपभोक्ता समितिले मौलापुर नगरपालिकाको समन्वयमा निर्माण गरेको खानेपानीको योजना खानेपानी मन्त्रालयको रहेको छ। करिब एक लाख पच्चीस हजार लिटरको ट्यांकी रहेको खानेपानीको योजनाबाट मौलापुर र बौधीमाई नगरपालिकाका केही स्थानीयबासी लाभान्वित हुने बताइएको छ।
नगरबासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन र खानेपानीसित सम्बन्धित सबै समस्या समाधान गर्न नगरपालिका लागि परेको नगर प्रमुख साहको भनाइ छ।