सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले असार १ गते प्रदेश शभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल सुरु नै हुन सकेको छैन। सत्ता पक्षकै सांसदको चरम असन्तुष्टी र विरोधका कारण बजेटमाथि छलफल हुन नै सकस भएको हो।
असार ८ गते, असार १२ गते र असार १६ गते बोलाइएको प्रदेश शभा बैठक बस्नुअघि नै सूचना टाँस गरेर स्थगित गरिएको थियो। भने हिजो सोमबार बसेको प्रदेश शभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएकाले शभामुख अर्जुन बहादुर थापाले कामकारबाही सुरु नगरी बैठक स्थगितको घोषणा गरेका थिए। आज मंगलबार प्रदेश शभा बैठकमा गणपुरक संख्या नपुगेकाले शभामुख अर्जुन थापाले बैठक स्थगित गरेका छन। अर्को बैठक आजै दिउँसो ३ बजे बोलाईएको छ।
प्रदेश शभा सचिवालयका सचिब देब बहादुर बोगटिले बैठक बस्न कुल प्रदेश शभा सदस्य संख्याको एक चौथाई हुनु पर्ने संबैधानिक प्राबधान रहेको बताए। प्रदेश शभा बैठकमा एक चौथाई पुग्न १४ जना हुनुपर्नेमा १३ जना मात्र सांसद उपस्थित भएका थिए।
प्रतिपक्षी दल नेकपा एमाले, नेपाली काग्रेस का सांसद उपस्थित थिएनन्। आर्थिक मामिला मन्त्रीको आबद्ध नेकपा एकीकृत समाजबादी पार्टिको पनि एक जना मात्र सासद उपस्थित रहेको उनले बताए। मन्त्रीहरु भने उपस्थित थिए। बिचौलियाको सेटिङमा कमिशन खाएर योजना बिनियोजन गरिएको , एकलौटी ढंगले बजेट बिनियोजन गरेको भन्दै बजेटको सत्ता पक्षकै सांसदले चर्को बिरोध गर्दै आएका छन। बजेट संशोधन नभैइ पारित गर्न नदिने उनीहरूको भनाई छ।