आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम
२६ असार २०७९
•
३ मिनेट पाठ
आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम
लटकनियामा निर्माण गरिएको तटबन्धको वाध। फाईलतस्बिर
 बबई भादा र औरहि नदी नियन्त्रण तथा व्यबस्थापन आयोजना र कर्णाली नदी  नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मूख्य उदेश्य जेठो सदरमुकाम गुलरिया लगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र गेरुवा गाउँपालिका क्षेत्र सुरक्षित गर्नु थियो। तर, तटबन्धको नाममा अर्बो खर्चिएका आयोजनाको प्रगतिले वर्षाैदेखि बाढीको जोखिम रहेका संबेदशशिल ठाउँका स्थानीयमा बाढीको त्रास कायम छ। 




कर्णाली नदीमा वर्षेनी भत्किएका तटबन्धन निर्माणमा आयोजना जुटेको छ भने बबई नदी नियन्त्रणमा कच्चो तटबन्धका कारण जिल्लाका मुख्य बजार क्षेत्रमा बाढीको जोखिम कायम छ। बबई,भादा र औरहि नदी नियन्त्रणका आयोजना  प्रमुख अनुभव चौधरीले थपुवा, लटकनिया, पशुहाट बजार क्षेत्रमा निर्माण भएका तटबन्ध प्रगतिको प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलाको टोलीलाई मंगलवार स्थलगत अनुगमन गराए। यस्तै गरी बर्षेनि पूरानै क्षेत्रमा गरेको अनुगमनको नाममा झुक्काएर बर्षेनि तटबन्ध नाममा झारा टार्ने काममा कर्मचारी तल्लिन देखिन्छन। असार दोस्रो साता देखि मनशुन सक्रिय भएपछि आकाशमा बादल मडारिदा गुलरिया र राजापुर क्षेत्रमा बाढी पस्ने त्रासमा स्थानीय छन्।

०७१ र ०७४ सालमा बबईमा आएको बाढीले घर बगाएर आश्रयस्थलमा बसेकि उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रात दिन पिरोलिरहेको छ।तर अर्बो बजेट खर्च गर्ने आयोजनाले पुराना काम देखाएर र आफुखुसी कोटेशनमा काम दिँदा नदी गाउँ पस्ने त्रास यथावत छ।

तर,बबई नदी नियन्त्रणका लागी  निर्माण भएका तटबन्धनको काम अधिकांश अपुरो र अधुरो छन्। बबई कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम पुर्ण रुपमा प्रभावित भएको  आयोजनाको कर्मचारी बताउँछन। कर्णाली नदी नियन्त्रण आयोजना २०७१ सालमा स्थापित सरकारको प्राथामिकतामा परेको महोत्वकांक्षी आयोजना हो। कर्णाली नदी नियन्त्रणका लागि पुरानो तटबन्ध बचाउँन असारमा ८० लाख बराबरको तटबन्ध निर्माण गरेको आयोजना प्रमुख कुशन शेर्पाले बताए।  

कर्णाली नदी नियन्त्रणका लागि अर्बो खर्च गरिसकेको आयोजनाले असार विकासमा तल्लिन देखिनु लाजमर्दो भएको स्थानीयले टिप्पणी गर्छन।तर,यस्ता काममा स्थानीय पहुचवाला नेताको साथ हुदा कर्मचारीको मनोमानीमा सरकारी बजेट दुरुपयोग हुदै आएको छ। कर्णाली र बबई नदी नियन्त्रणका आयोजना स्थापित हुन अघि जल उत्पन्न प्रकोप आयोजनाले जनताको तटबन्धको नाममा अर्बो बजेट खर्च गरेपनि त्यस्को अवशेष पनि देख्न नपाईने अवस्था छ। रेर्कडमा बबई नियन्त्रणका लागि जल उत्पन्न प्रकोप आयोजनाले ४ अर्ब बढी बबई नदी नियन्त्रणका खर्च गरेको छ।‘सरकारको प्राथामिकतामा परेका आयोजना तटबन्धको नाममा नदीमा कच्चो तटबन्धको बाध बाधिएको छ’स्थानीय रामकृष्ण चौधरीले भने,‘सरोकारवाला निकायको मिलिमतोमा निर्माण भएका कच्चो तटबन्ध बर्षेनि फुट्दा झन कहाली लाग्दो जोखिम देखिन्छ।’

०७१ साल साउन अन्तिममा आएको बाढीले ३० जनाको ज्यान गएको थियो। ४ जनाको अवस्था अझै अज्ञात छ। एक लाख घरधुरी प्रभावित भएका थिए।यस्तै राजापुर क्षेत्र उव्जनी जमिन र सयौ घर परिवार विस्थापित हुन्छन। बाढी र कटानबाट १ सय ६२ परिवार विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका छन्। गुलरिया सदरमुकाम नजिक  पशु हाट बजार,रामपुर टप्पर,प्रयागपुर ,लटकनिया काम सुरु भएको बर्षो वितसक्दा अपुरो र अधुरो काम भएको स्थानीय गुनासो गर्छन।  यस वर्ष बाढी आउनासाथ उक्त ठाउँ कटान र बाढीको उच्च जोखिम हुने खतरा बढेको स्थानीय त्रस्त छन्।  

०४० साल देखि हालसम्म वर्षायाममा नदी कटानले सदरमुकाम गुलरिया,बारबर्दिया र मधुवनका  दुई सय बिघा जग्गा बगरमा परिणत गरिसकेको तथ्याकं छ। वर्षायाम सुरु भएपछि बाढीको त्रासले तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने पर्ने बाध्यतामा छन्।
अर्को समाचार
आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम
२७ असार २०७९
•
३ मिनेट पाठ
आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम
लटकनियामा निर्माण गरिएको तटबन्धको बाँध । फाइल: तस्बिर/नागरिक
बबई भादा र औरही नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मुख्य उद्देश्य जेठो सदरमुकाम गुलरियालगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र गेरुवा गाउँपालिका क्षेत्र सुरक्षित गर्नु थियो। तर, तटबन्धको नाममा अर्बौं खर्चिएका आयोजनाको प्रगतिले वर्षौंदेखि बाढीको जोखिम रहेका संवेदनशील ठाउँका स्थानीयमा बाढीको त्रास कायम छ। कर्णाली नदीमा बर्सेनि भत्किएका तटबन्धन निर्माणमा आयोजना जुटेको छ भने बबई नदी नियन्त्रणमा कच्चो तटबन्धका कारण जिल्लाका मुख्य बजार क्षेत्रमा बाढीको जोखिम कायम छ।  




बबई, भादा र औरही नदी नियन्त्रणका आयोजना प्रमुख अनुभव चौधरीले थपुवा, लटकनिया, पशुहाट बजार क्षेत्रमा निर्माण भएका तटबन्ध प्रगतिको प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलाको टोलीलाई मंगलबार स्थलगत अनुगमन गराए। यस्तैगरी बर्सेनि पुरानै क्षेत्रमा गरेको अनुगमनको नाममा झुक्काएर तटबन्धका नाममा झारा टार्ने काममा कर्मचारी तल्लिन देखिन्छन्। असार दोस्रो सातादेखि मनसुन सक्रिय भएपछि आकाशमा बादल मडारिँदा गुलरिया र राजापुर क्षेत्रमा बाढी पस्ने त्रासमा स्थानीय छन्।

०७१ र ०७४ सालमा बबईमा आएको बाढीले घर बगाएर आश्रयस्थलमा बसेकि उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रातदिन पिरोलिरहेको छ।तर अर्बो बजेट खर्च गर्ने आयोजनाले पुराना काम देखाएर र आफुखुसी कोटसनमा काम दिँदा नदी गाउँ पस्ने त्रास यथावत छ।  

तर, बबई नदी नियन्त्रणका लागी निर्माण भएका तटबन्धनको काम अधिकांश अपुरो र अधुरो छन्। बबई कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम पूर्णरूपमा प्रभावित भएको आयोजनाको कर्मचारी बताउँछन्। कर्णाली नदी नियन्त्रण आयोजना २०७१ सालमा स्थापित सरकारको प्राथामिकतामा परेको महत्वाकांक्षी आयोजना हो।  

कर्णाली नदी नियन्त्रणका लागि पुरानो तटबन्ध बचाउँन असारमा ८० लाख बराबरको तटबन्ध निर्माण गरेको आयोजना प्रमुख कुशन शेर्पाले बताए।  

कर्णाली नदी नियन्त्रणका लागि अर्बौं रूपैयाँ खर्च गरिसकेको आयोजनाले असार विकासमा तल्लिन देखिनु लाजमर्दो भएको स्थानीय टिप्पणी गर्छन्। तर, यस्ता काममा स्थानीय पहुँचवाला नेताको साथ हुँदाकर्मचारीको मनोमानीमा सरकारी बजेट दुरूपयोगहुँदै आएको छ। कर्णाली र बबई नदी नियन्त्रणका आयोजना स्थापित हुनुअघि जल उत्पन्न प्रकोप आयोजनाले जनताको तटबन्धको नाममा अर्बौं बजेट खर्च गरे पनि त्यस्को अवशेष पनि देख्न नपाइने अवस्था छ। रेर्कडमा बबई नियन्त्रणका लागि जल उत्पन्न प्रकोप आयोजनाले ४ अर्ब बढी बबई नदी नियन्त्रणका खर्च गरेको छ। ‘सरकारको प्राथामिकतामा परेका आयोजना तटबन्धको नाममा नदीमा कच्चो तटबन्धको बाध बाँधिएको छ,’ स्थानीय रामकृष्ण चौधरीले भने, ‘सरोकारवाला निकायको मिलिमतोमा निर्माण भएका कच्चो तटबन्ध बर्सेनि फुट्दा झन कहाली लाग्दो जोखिम देखिन्छ।’

०७१ साल साउन अन्तिममा आएको बाढीले ३० जनाको ज्यान गएको थियो। ४ जनाको अवस्था अझै अज्ञात छ। एक लाख घरधुरी प्रभावित भएका थिए। यस्तै राजापुर क्षेत्र उव्जनी जमिन र सयौ घर परिवार विस्थापित हुन्छन। बाढी र कटानबाट १ सय ६२ परिवार विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका छन्। गुलरिया सदरमुकामनजिक पशु हाट बजार,रामपुर टप्पर,प्रयागपुर ,लटकनिया काम सुरु भएको बर्सौं बितिसक्दा अपुरो र अधुरो काम भएको स्थानीय गुनासो गर्छन। यस वर्ष बाढी आउनासाथ उक्त ठाउँ कटान र बाढीको उच्च जोखिम हुने खतरा बढेको स्थानीय त्रस्त छन्।  

०४० सालदेखि हालसम्म वर्षायाममा नदी कटानले सदरमुकाम गुलरिया,बारबर्दिया र मधुवनका दुई सय बिघा जग्गा बगरमा परिणत गरिसकेको तथ्यांक छ। वर्षायाम सुरु भएपछि बाढीको त्रासले तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने पर्ने बाध्यतामा छन्। 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस