आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार
२० असार २०७९
•
३ मिनेट पाठ
आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार
कोरोना भाइरस संक्रमण फैलिनु अघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए। तर, २०२२ को मे महिनामा त्यो संख्या ७ हजार २ सय ७४ मा उक्लियो। २०१९ को मे तुलनामा २०२२ को मे महिनामा नेपालमा आठ जना अमेरिकी पर्यटक थपिए। 




यस्तै सुधार जुन महिनामा पनि देखिएको छ। २०१९ को जुनमा नेपालमा ७ हजार ६ सय ३२ जना अमेरिकी पर्यटक भित्रिएका थिए। तर, त्यो संख्या २०२२ को जुनमा निकै नै माथि उक्लिएको छ। यो जुनमा ८ हजार ३ सय ५१ जना अमेरिकी पर्यटक नेपाल भित्रिएका छन्। २०१९ को जुनको तुलनामा २०२२ को जुनको अमेरिकी पर्यटक वृद्धिदर ८.६ प्रतिशत रहेको पर्यटन बोर्डले बताएको छ।

अमेरिकाबाट मात्र नभइ २०१९ को जुन महिनाको आगमनलाई उछिन्ने गरी आधा दर्जन बढी मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ। अमेरिका सहित रसिया, इजरायल, डेनमार्क, बेल्जियम, भारत र बंगलादेशबाट नेपाल भित्रिएका पर्यटकको आगमन २०१९ को जुनको तुलनामा २०२२ को जुनमा बढी छ। यसले विदेशी पाहुना आगमनको संख्या बढ्नेमा ढुक्क हुन सकिने अवस्था रहेको बोर्डले बताएको छ। नेपालको पर्यटन क्षेत्रले अहिले आगमन बढेका मुलुकलाई पर्यटक भित्रिने श्रोतको रुपमा लिने गरेको छ।  

गत मे महिनाको आगमनमा अमेरिका, भारत र बंगलादेशबाट भित्रिने पर्यटक मात्र २०१९ को मे महिनाको तुलनामा बढी थिए। अघिल्लो महिनासम्म तीनवटा मुलुकबाट भित्रिएका पर्यटक मात्र बढी रहेकोमा यो महिनामा भने विदेशी पर्यटक थपिने मुलुक आधा दर्जन कटेका छन्।
‘अमेरिकी पर्यटकको नेपाल आगमनको वृद्धिदर निकै नै सकारात्मक देखिएको छ,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘कोरोना संक्रमण सुरु हुनु भन्दा अगाडिको महिनाको तथ्यांकलाई पनि अहिलेको आगमनले उछिनेको छ।’ अघिल्लो महिनामा ३ वटा मुलुकका पाहुनाको आगमनमा सुधार देखिएकोमा यो पटक भने सातवटा मुलुकबाट बढी पाहुना भित्रिएको उनले बताए।

नेपालको पर्यटन बजारको मुख्य श्रोत बजारबाट पाहुना आउन थालेको यो आगमनले पुष्टि गर्ने लामिछानेले बताए। अमेरिकी मात्र नभइ अरु मुलुकबाट नेपाल भित्रिने पर्यटकको आगमन सुधारिएको बोर्डले बताएको छ। रसियाका पर्यटकको आगमनमा सुधार देखिएको छ।

२०१९ को जुनको तुलनामा २०२२ को जुनमा २ जना थप रसियन पाहुना नेपाल भित्रिएका छन्। २०१९ को जुनमा नेपालमा १९७ जना रसियन पाहुना भित्रिएका थिए। यो संख्या २०२२ को जुनमा १९९ पुगेको छ। त्यस्तै इजरायल, डेनमार्क, बेल्जियम लगायतका मुलुकका पर्यटकको आगमनमा सुधार देखिएको छ।

२०१९ को जुनको तुलनामा २०२२ को जुनमा इजरायली पाहुना आगमनको वृद्धि ३२ प्रतिशत नाघेको छ। त्यस्तै डेनमार्कको आगमन पनि १९ प्रतिशत बढेको छ। अर्काे मुलुक बेल्जियमको वृद्धि पनि ३२ प्रतिशत बढी छ। यी सबै पाहुना हवाई माध्यम मार्फत मार्फत भित्रिएका हुन्।

२०१९ को जुनमा भन्दा २०२२ को जुन महिनामा नेपालमा ती मुलुकबाट थप पाहुना नेपाल भित्रिँदा त्यसको राहत पर्यटन व्यवसायीले महसुस गर्न पाएको बोर्डका निर्देशक लामिछानेले बताए। बोर्डका अनुसार दक्षिण एशियाली मुलुक बंगलादेश र भारतको आगमनमा पनि सुधार रहेको छ। यो जुन महिनामा मात्र नेपालमा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। अघिल्लो महिना आगमनको संख्या ५३ हजार ६ सय ८ थियो।  
पर्यटन व्यवसायीले पनि कोरोना संक्रमण कमजोर हुँदै जाँदा विदेश पर्यटक आगमनमा सुधारको महसुस भएको बताएका छन्। आगामी दिनमा थप सुधार हुनेमा व्यवसायी आशावादी छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘नेपालमा विदेशी पर्यटक भित्रिएको खण्डमा मात्र पोखरामा आउने हुन्। नेपाल भित्रिनेको संख्यामा सुधार हुँदै गएको छ। आगामी दिनमा त्यसको सकारात्मक प्रभाव पोखरामा पनि पर्ने नै छ।’  

आगामी दिनमा थप विदेशी पाहुना भित्रिनेमा आफूहरु आशावादी रहेको उनले बताए। ‘अहिले कोरोनाको त्रास केही कम भएको छ। धेरै मुलुकले आफ्ना नागरिकलाई घुमघामको स्वीकृति दिइसकेका छन्। त्यसैले आगामी दिनमा थप पाहुना भित्रिनेमा आशा गर्न सकिन्छ,’ उनले भने, ‘अहिले व्यवसायीले जेनतेन व्यवसाय धानेका मात्र छन्। आन्तरिक पाहुनाको भरमा थेगिएको व्यवसाय अब विस्तारै विदेशी पाहुना भित्रिँदा थप सहज हुँदै जाने देखिन्छ।’  
अर्को समाचार
आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार
२१ असार २०७९
•
३ मिनेट पाठ
आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार
कोरोना भाइरस संक्रमण फैलनुअघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए, तर २०२२ को मे महिनामा त्यो संख्या ७ हजार २ सय ७४ मा उक्लियो। २०१९ को मेको तुलनामा २०२२ को मेमा नेपालमा आठजना अमेरिकी पर्यटक थपिए।




यस्तै सुधार जुन महिनामा पनि देखिएको छ। २०१९ को जुनमा नेपालमा ७ हजार ६ सय ३२ जना अमेरिकी पर्यटक भित्रिएका थिए, तर त्यो संख्या २०२२ को जुनमा निकै माथि उक्लिएको छ। यो जुनमा ८ हजार ३ सय ५१ जना अमेरिकी पर्यटक नेपाल भित्रिएका छन्। २०१९ को जुनको तुलनामा २०२२ को जुनको अमेरिकी पर्यटक वृद्धिदर ८.६ प्रतिशत रहेको पर्यटन बोर्डले बताएको छ।

अमेरिकाबाट मात्र नभई २०१९ को जुन महिनाको आगमनलाई उछिन्ने गरी आधा दर्जन बढी मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ। अमेरिकासहित रसिया, इजरायल, डेनमार्क, बेल्जियम, भारत र बंगलादेशबाट नेपाल भित्रिएका पर्यटकको आगमन २०१९ को जुनको तुलनामा २०२२ को जुनमा बढी छ। यसले विदेशी पाहुना आगमनको संख्या बढ्नेमा ढुक्क हुन सकिने अवस्था रहेको बोर्डले बताएको छ। नेपालको पर्यटन क्षेत्रले अहिले आगमन बढेका मुलुकलाई पर्यटक भित्रिने स्रोतका रूपमा लिने गरेको छ।

गत मेको आगमनमा अमेरिका, भारत र बंगलादेशबाट भित्रिने पर्यटक मात्र २०१९ को मे महिनाको तुलनामा बढी थिए। अघिल्लो महिनासम्म तीनवटा मुलुकबाट भित्रिएका पर्यटक मात्र बढी रहेकोमा यो महिनामा भने विदेशी पर्यटक थपिने मुलुक आधा दर्जन कटेका छन्।

‘अमेरिकी पर्यटकको नेपाल आगमनको वृद्धिदर निकै सकारात्मक देखिएको छ,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘कोरोना संक्रमण सुरु हुनुअगाडिको महिनाको तथ्यांकलाई पनि अहिलेको आगमनले उछिनेको छ।’ अघिल्लो महिनामा ३ वटा मुलुकका पाहुनाको आगमनमा सुधार देखिएकोमा यसपटक भने सातवटा मुलुकबाट बढी पाहुना भित्रिएको उनले बताए। नेपालको पर्यटन बजारको मुख्य स्रोत बजारबाट पाहुना आउन थालेको यो आगमनले पुष्टि गर्ने लामिछानेले बताए।

अमेरिकी मात्र नभई अरू मुलुकबाट नेपाल भित्रिने पर्यटकको आगमन सुधारिएको बोर्डले बताएको छ। रसियाका पर्यटकको आगमनमा सुधार देखिएको छ। २०१९ को जुनको तुलनामा २०२२ को जुनमा २ जना थप रसियन पाहुना नेपाल भित्रिएका छन्। २०१९ को जुनमा नेपालमा १९७ जना रसियन पाहुना भित्रिएका थिए। यो संख्या २०२२ को जुनमा १९९ पुगेको छ।

त्यस्तै इजरायल, डेनमार्क, बेल्जियमलगायतका मुलुकका पर्यटक आगमनमा सुधार देखिएको छ। २०१९ को जुनको तुलनामा २०२२ को जुनमा इजरायली पाहुना आगमनको वृद्धि ३२ प्रतिशत नाघेको छ। त्यस्तै डेनमार्कको आगमन पनि १९ प्रतिशत बढेको छ। अर्काे मुलुक बेल्जियमको वृद्धि पनि ३२ प्रतिशत बढी छ। यी सबै पाहुना हवाई माध्यममार्फत भित्रिएका हुन्।

२०१९ को जुनमा भन्दा २०२२ को जुन महिनामा नेपालमा ती मुलुकबाट थप पाहुना नेपाल भित्रिँदा त्यसको राहत पर्यटन व्यवसायीले महसुस गर्न पाएको बोर्डका निर्देशक लामिछानेले बताए। बोर्डका अनुसार दक्षिण एसियाली मुुलुक बंगलादेशी र भारतीयको आगमनमा पनि सुधार रहेको छ। यो जुन महिनामा मात्र नेपालमा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। अघिल्लो महिना आगमनको संख्या ५३ हजार ६ सय ८ थियो।

पर्यटन व्यवसायीले पनि कोरोना संक्रमण कमजोर हुँदै जाँदा विदेश पर्यटक आगमनमा सुधारको महसुस भएको बताएका छन्। आगामी दिनमा थप सुधार हुनेमा व्यवसायी आशावादी छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘नेपालमा विदेशी पर्यटक भित्रिएको खण्डमा मात्र पोखरामा आउने हुन्। नेपाल भित्रिनेको संख्यामा सुधार हुँदै गएको छ। आगामी दिनमा त्यसको सकारात्मक प्रभाव पोखरामा पनि पर्ने नै छ।’

आगामी दिनमा थप विदेशी पाहुना भित्रिनेमा आफूहरू आशावादी रहेको उनले बताए। ‘अहिले कोरोनाको त्रास केही कम भएको छ। धेरै मुलुकले आफ्ना नागरिकलाई घुमघामको स्वीकृति दिइसकेका छन्। त्यसैले आगामी दिनमा थप पाहुना भित्रिनेमा आशा गर्न सकिन्छ,’ उनले भने, ‘अहिले व्यवसायीले जेनतेन व्यवसाय धानेका मात्र छन्। आन्तरिक पाहुनाका भरमा थेगिएको व्यवसाय अब विस्तारै विदेशी पाहुना भित्रिँदा थप सहज हुँदै जाने देखिन्छ।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस