स्काभेटरले खनेका सडक प्रयोगविहीन
१७ असार २०७९
•
२ मिनेट पाठ
स्काभेटरले खनेका सडक प्रयोगविहीन
कालिकोटका सबै स्थानीय तहका ग्रामीण सडक प्रयोगमा छैनन्। स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्काभेटरले खनेका सडक अहिले प्रयोगविहीन भएका छन्। कसले कति छिटो गाउँमा सडक पुर्‍याउने भन्ने होडबाजीबीच विनाप्राविधिक सल्लाहमा खनिएका सडक पानी परेसँगै प्रयोगविहीन भएका हुन्।




रिङरोडको अवधारणामा नरहरिनाथ गाउँपालिकाले वडानम्बर १ को लालीघाट बजारदेखि कोटवाडाको धारी हुँदै गाउँपालिका सडक खन्योे। सडकका प्राविधिक पनि स्काभेटर चालक भए। उकालो सडक त्यसैमा साँघुरो भएकाले गाडी चढाउन मुस्किल नै थियो।

त्यसैमा वर्षाको पानीले सडकमा रहेको माटोभरी बगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्थाका छन्। रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटका सभापति बलप्रसाद सज्यालले विपद्को मापन नगरी हतारमा खनिएका सडकको सबै ठाउँमा दुर्दशा उस्तै रहेको बताए।

उनले भने, ‘कसले कहिले गाडी पुर्‍याएको भनेर घोषणा गर्न प्रतिस्पर्धा भयो। त्यसैले कुनै स्थानीय तहले आफ्नै स्काभेटरले सडक खने भने केहीले भाडामा ल्याएर डोजर चालकलाई सबै अधिकार दिएर सडक पालिकासम्म पुर्‍याएको घोषणा गरे तर ती सडक १५ दिनसम्म पनि चल्न सकेनन्, सुक्खा मौसममा धुलाम्मे हुने सडक पानी परेसँगै हिलाम्मे हुने र गाडी चल्न नसक्ने हुन्छन्।’

नरहरिनाथ गाउँपालिका जाने सडकमा अहिले बल्ल बल्ल टिपर मात्र चल्ने गरेका छन्। त्यो पनि कोटवाडामा रहेको सुन्थराली एयरपोर्ट कालोपत्रेका लागि गिटी ढुवानी भइरहेको छ। चालक अमर लामाले २० वर्षको टिपर चलाउँदाको सबैभन्दा जोखिम सडक यही देखेको सुनाए। उनले भने, ‘टिपर पनि जोखिम बाटोमै चलाउनुपर्छ तर यहाँको जस्तो जोखिम कतै देखिनँ।’

जिल्लाको रास्कोट नगरपालिकाले खनेका सहायक सडक पनि उस्तै जीर्ण छन्। पोत्मारा विद्युत् हाउस जाने सडक, चुडीमूल सडक फुकोटको तल्लो सडकमा आजभोलि गाडी चल्नै छोडेका छन्। शुभकालिकाको डौठादेखि माथिको सडक पुरै बन्द छ।

पानीले पुरै सडक चिरा पारेपछि गाईवस्तुलाई आउजाउ गर्न पनि कठिन भएको स्थानीय रमेश सुनारले बताए। उनले भने, ‘गाईवस्तुका साथै पैदल यात्रा गर्नेसम्मको सडक छैन, डोजरले खनेका सडक सबै ठाउँमा यस्तै छन्।’ शान्नीत्रिवेणीको मुर्मादेखि मेहेलमुडी जोड्ने सडकको पनि हालत उस्तै छ।

नवनिर्वाचित उपाध्यक्ष पार्वतीसिंह सज्यालले सबैभन्दा पहिला अस्तव्यस्त रहेका सडकको सुधार गर्ने काम आफ्नो पालामा हुने बताइन्। उनले भनिन्, ‘पहिला सडकलाई मर्मत गर्छौं, त्यसपछि मात्र अन्य सडकका काम गर्ने अध्यक्ष र आफ्नो सल्लाह भएको बताइन्। जिल्लाभरिका सडक प्राविधिक मापदण्डबेगर सडक खनेकाले पनि अहिले जोखिम बढिरहेको छ।

स्काभेटरको जिम्मा दिएर सडक निर्माण भए। अहिले सानो पानी पर्दा पनि ठुलो पहिरो आउने, सडक चिरा पर्ने, बाढीको जोखिम पनि उस्तै बढेको जिल्ला विपद् व्यवस्थापन समितिको ठहर छ। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सबैभन्दा बढी स्काभेटरले खनेका सडक अवरोध भएको बताए। उनले मापदण्डविपरीत खनिने यस्ता सडकले यात्रा गर्ने सबैलाई समस्या हुने बताए।
अर्को समाचार
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
२९ पौष २०८०
•
१ मिनेट पाठ
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।




प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो।

आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो। यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो। पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए।

त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो। यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो।

'सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ। आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ', प्रहरी निरीक्षक मिश्रले भने। 

आगजनी गरेको आरोपमा  पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन्। पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ  रासस
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस