नेको इन्स्योरेन्स कम्पनी सिन्धुलीले यहाँको एक हार्डवयर पसलको विमा दावी भुक्तानी गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रहेको शाह आइरन एण्ड इलेक्ट्रिक स्टोर्सको आगलागिबाट भएको क्षति बापतको बिमा दावी भुक्तानी भएको हो।
गत २०७८ साल मंसिर १४ गते उक्त स्टोर्समा आगलागि हुँदा करिब तीन करोड बराबारको सामान जलेर नष्ट भएपछि सो पसलले बिमा बापतको रकम दावी गरेको थियो। मैले २ करोड ६५ लाखको बिमा गरेको थिए, पसल सञ्चालक सिकन्दर शाहले भने, विद्युत सर्ट भइ पसलमा आगलागि भएपछि मैले बिमा बापतको रकम भुक्तानी मागेको थिए एक करोड ४१ लाख ७६ हजार २ सय २५ रुपैया बिमा दावी भुक्तानी पाए।
नेको इन्स्योरेन्स कम्पनी सिन्धुली शाखाका प्रमुख हरिकुमार बस्नेतका अनुसार पसल सञ्चालकले कागजात पुरा गरेको एक महिनामै बिमा दावी भुक्तानी गरिएको हो। ठुलो क्षति हुँदा हामीले केहि रकम अग्रिम नै दिने व्यवस्था पनि गरेका छौ, तर पसल सञ्चालकले अग्रिम नलिने बताएकाले बिमा कम्पनीको नियमाअनुसार पसल सञ्चालकले बुझाएको कागजातका आधारमा उक्त रकम एकमुष्ट भुक्तानी गरेका हौ।
शाह आइरन एण्ड इलेक्ट्रिक स्टोर्सको खाता रहेको प्रभु बैकमा बिमा भुक्तानीबापतको रकम जम्मा भएको नेको इन्स्योरेन्सले जनाएको छ। बिमा दावी भुक्तानी प्रभु बैक सिन्धुली शाखाकी प्रमुख राधिका श्रेष्ठको रोहबरमा गरिएको थियो।