बजेट निर्माणको चटारो
३१ जेष्ठ २०७९
•
२ मिनेट पाठ
बजेट निर्माणको चटारो
शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित वडा कार्यालयमा भएको योजना तर्जुमा गोष्ठिमा सहभागीहरु। तस्बिर: विनोद/नागरिक
तनहुँका स्थानीय तह आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमसँगै बजेट बनाउने चटारोमा छन्। भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय तहका प्रमुख उपप्रमुख वडा वडामा पुगेर योजना मागिरहेका छन्। वडा जनप्रतिनिधि टोल टोलमा पुगेका छन्।




शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखी वडामा योजना तर्जुमा थालेको छ। आगामी असार ४ गतेभित्र सबै वडामा पुगेर योजना तर्जुमा हुने उपप्रमुख खुमबहादुर विक (राजु)ले बताए। असार १० गते नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश हुनेछ। टुक्रे योजनामा बजेट विनियोजन नहुने विकले बताए। ‘यसपाली टुक्रे योजनामा बजेट विनियोजन हुनेछैन्। हरेक योजनाको काम सक्ने गरेर बजेट विनियोजन गर्नेछौँ’, उनले भने। कम विकास भएका वडालाई प्राथमिकता दिएर बजेट दिने उपप्रमुख विकले बताए। कृषि उत्पादन, उद्यमशिलता र सामाजिक विकासलाई निती, कार्यक्रम तथा बजेटले प्राथमिकता दिने उनले जानकारी दिए। शुक्लागण्डकीले डेढ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ।

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि पनि टोल टोलमा पुगेर योजना मागिरहेका छन्। वडास्तरीय योजना तर्जुमा गोष्ठी पनि गाउँपालिकाले सुरु गरेको छ। स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याईने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। उनका अनुसार गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण, उपचार कोष सञ्चालन गर्ने, उत्पादनामा आधारित अनुदान, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने जस्ता योजना समेटिनेछ। सडकको नयाँ ट्रयाक सकभर नखोल्ने उनले बताए। उनले भने, ‘नयाँ सडकको ट्रयाक सकेसम्म नखोल्ने भनेका छौँ। भएका सडकलाई स्तरोन्नती र कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिनेछौँ’, उनले भने।

व्यास नगरपालिकाले वडास्तरीय योजना तर्जुमा गोष्ठि सकाएको छ। अब नगरस्तरीय योजना तर्जुमा गोष्ठि गर्न बाँकी रहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। आगामी आर्थिक बर्षको बजेटमा अधुरो योजनालाई प्राथकिमतामा राख्ने न्यौपानेले जानकारी दिए। ‘जहाँ विकासको लहर पुगेको छैन्। पिछडिएको, विकासको मुल प्रवाहमा समाहित हुन नसकेको क्षेत्रलाई प्राथमिकता दिनेछौँ’, उनले भने।  

राजनीतिकरण नगरीकन बजेट तयार पार्नुपर्ने शुक्लागण्डकी नगरपालिका–३ का रामकुमार श्रेष्ठ बताउँछन्। ‘शिक्षा, स्वास्थ्य, सामाजिक विकास र भौतिक पुर्वाधारलाई समावेश गरेर बजेट ल्याउदाँ राम्रो हुन्छ। यो पार्टी त्यो पार्टी नभनिकन योजना बनाउनुपर्छ’, उनले भने। विदेशिनेको संख्या घटाउनलाई स्थानीय तहले विद्यार्थीलाई प्राविधिक शिक्षा दिने योजनामा ध्यान दिन उनको सुझाव छ। युवा स्वरोजगार र सिपमुलक तालिम अहिलेको खाँचो रहेको श्रेष्ठले बताए।
अर्को समाचार
सुनसान सिंहदरबार
११ चैत्र २०८२
•
३ मिनेट पाठ
सुनसान सिंहदरबार
देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ। यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरू भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरू बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए। जनप्रतिनिधि मात्र नभएर जिल्लाजिल्लाबाट विभिन्न राजनीतिक दलका नेताहरू अहिले सिंहदरबार आउने समय हो। नेपालको संविधानको प्रावधान अनुसार प्रत्येक जेठ १५ गते नेपाल सरकारले सङ्घीय संसद समक्ष बजेट प्रस्तुत गर्नुपर्छ।




तर सिंहदरबारमा अहिले पहिलेपहिले जस्तो बजेट माग्न आउनेहरूको भीडभाड देखिंदैन। बजेट निर्माणको क्यालेन्डर त सुरु भइसकेको छ तर कर्मचारी तहमा नै यो काम हुँदै छ। त्यसैले राजनीतिक नेतृत्व तहमा बजेटको चटारो सुरु भएको छैन।

अर्कोतर्फ अहिले सरुवाबढुवा होस् या अन्य प्रशासनिक काम लिएर सिंहदरबारमा नागरिक पुगेका देखिँदैनन्। किनभने निर्वाचनको केही समयअघि देखि नै सिंहदरबारमा अधिकांश मन्त्री छैनन्।

केही मन्त्री यही फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बन्न गएकाले अधिकांश मन्त्रालय खाली जस्तै छन्। एउटा मन्त्रीले धेरै मन्त्रालयको जिम्मेवारी लिनुपर्ने अवस्था भएकाले मन्त्रालयहरू सुनसान देखिएका छन्। प्रशासनिक काम लिएर आउने नागरिक कर्मचारीसमक्ष पुग्ने गरेका देखिन्छन् तर त्यो सङ्ख्या थोरै छ।

शिक्षासम्बन्धी काम लिएर बागलुङबाट आएका बलराम आचार्य अझै केही दिन काठमाडौं बस्नुपर्ने अवस्था भएको बताउँछन्। उनले भने, “यहाँ आएको केही दिन भयो तर मन्त्री नभई काम नहुने भएकाले अब नयाँ मन्त्री नआउञ्जेल यतै बस्नुपर्ने भएको छ। नयाँ मन्त्रिमण्डल बनेपछि काम सकेर मात्र घर फर्कने निधो गरेको छु।’’

आफ्ना निजी एवं प्रशासनिक काम लिएर आउने राजनीतिक दलका कार्यकर्ता एवं जनप्रतिनिधिको भीडभाड देखिने गरेको सिंहदरबार केही समय यतादेखि सुनसानजस्तै छ। जनतासँग प्रत्यक्ष जोडिएका र कतिपय विकासे कार्यक्रम सञ्चालन हुने मन्त्रालयमा पहिला जस्तो खचाखच नागरिक नआएका सिंहदबारका कर्मचारी बताउँछन्।

शिक्षा मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा बसेका एक कर्मचारीका अनुसार मन्त्री नभएपछि नीतिगत रूपमा हुने काम रोकिएका छन्। अरू बेला बजेटको समय मन्त्रीको सचिवायलमा भेटघाट गर्नेको भीड थेगी नसक्नु हुन्थ्यो। अहिले खाली कुर्सी र दुईचार कर्मचारी मात्र भेटिन्छन्। शिक्षा मन्त्रीको मन्त्री निवासको कार्यकक्षमा पुग्दा पूर्वमन्त्री महाविर पुनको फोन नम्बर लेखिएको कागज भित्तामा टाँसिएको थियो।

त्यहाँ कार्यरत कर्मचारीले भने, “उतिबेला मन्त्री आफैँले सेवाग्राहीको गुनासो सुन्न फोन नम्बर टाँस्नुभएको थियो। अहिले मन्त्री नभएका कारण कोही आएका छैनन्।”

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि क्षतिग्रस्त पछि टहरामा सञ्चालित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री डा. सुधा गौतम नियमित कार्यमा नफर्किने भन्दै अनौपचारिक रूपमा बिदा भइसकेका छन्।

नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्यका विषय लिएर मन्त्रालय आउने थलो अहिले सुनसान छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बजेट बनाउने समयमा मन्त्री नहुँदा कार्य सम्पादनमा चुनौती देखिएको बताए।

उनले भने, “नयाँ मन्त्री को आउला भन्दै पर्खिनेहरू हुनुहुन्छ। बजेटकै बेलामा मन्त्रीको आगमनले केही प्रभावकारिता हुने थियो।”

बजेटको बेला सिंहदरबारका मन्त्रालय मात्रै होइनन्, वरिपरिको माहोलको रौनक नै बजेटमय हुन्थ्यो। हातमा फाइल बोकेर सिंहदरबार धाउनेको चहलपहलले एक किसिमको रमाइलो अनुभूति हुने गरे पनि अहिले सुनसान जस्तै अवस्थामा रहेको सिंहदरबार देख्दा अनौठो लागेको गृहमन्त्रालयका कर्मचारी केदार घिमिरेले बताए।

“मन्त्रालयमा पालो कुरेकाहरू क्यान्टिनमा आएर चिया खाजा खाने, गफ गर्ने गर्थे, यसले सबै मन्त्रालयका क्यान्टिन भरिभराउ हुन्थे”, उनले विगत सम्झँदै भने, “प्रवेशद्वारादेखि नै भित्र पस्नेको लाइनै लाग्थ्यो तर अहिले सुनसान छ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव उदयबहादुर रानामगरले बजेट तयारी सबै मन्त्रालयको महत्त्वपूर्ण समय भएको बताए। अरू समय बजेट तयारी गर्दा खाजा खान पनि फुर्सद नहुने विगत सम्झिदै उनले भने, “मन्त्री नभएपछि सार्वजनिक सम्पर्कहरू निकै नै कम हुने रहेछ। यतिबेला बजेट तयारी गर्ने महत्त्वपूर्ण बेला भएकाले यो अवस्था खट्किएको पाइएको हो।”

गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भइसकेको छ। बिहीबार नवनिर्वाचित सांसदहरू सबैले शपथ लिने कार्यक्रम तय भएको छ। शुक्रबार नयाँ प्रधानमन्त्रीले शथप लिएपछि मन्त्रिमण्डल बन्ने छ अनि त्यसपछि मात्र सिंहदरबारमा चहलपहल सुरु हुने छ।  
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस