किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी
१८ जेष्ठ २०७९
•
३ मिनेट पाठ
किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी
सिन्धुलीको फिक्कल गाउँपालिका १ मा किसानले लगाएको किबी।
सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्। जिल्लामा व्यवसायीक रुपमा किबी खेती गर्ने किसान बढ्दै गएपछि किबी उत्पादन समेत बढ्न थालेको छ।




जिल्लाको करिब १२ सय मिटर भन्दा माथिल्लो उचाइमा रहेका क्षेत्रहरुमा किबी खेती गर्न सकिने भएपछि प्रदेश सरकारले सिन्धुलीका दर्जनौ स्थानमा किबी खेती विस्तार गर्न लागेको हो। राम्रो आम्दानी लिन सकिने भएपछि मकै गहुँ धान लगायतका बाली मासेर किसानहरु व्यवसायीक रुपमा किबी खेती गर्न थालेका छन्।

विशेष गरी सिन्धुलीको फिक्कल गाउँपालिकास्थित महादेव डाँडामा किबीको व्यवसायीक खेती हुँदै आएको छ। २०७१ सालमा एक सय बोट किबी रोपेका सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका दिपक थापा हाल १५ सय भन्दा बढी बोट किबी रहेको बताउँछन्।

मकै धान गहुँ लगाउँदा एक बाली पाक्नै ६ महिना भन्दा धेरै लाग्ने र उपलब्धि कम हुने भएकाले किबी खेती किसानको रोजाइमा परेको छ। किबी खेतीबाट गत वर्ष २० लाख बढी आम्दानी लिए यस वर्ष किबी फल र विरुवा गरी २५ लाखको हुने अनुमान गरिएको छ, स्थानीय किसान दिपक काफ्लेले भने, 'हामी खेती विस्तारमा लागेका छौँ। कृषि ज्ञान केन्द्र सिन्धुलीले किबी खेती प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपछि किबी खेती गर्ने किसान समेत थपिदै गएका छन्।' 'किबी खेतीबाट आम्दानी राम्रो हुने भएपछि अन्य खेती गर्दै आएका किसानहरु समेत किबी खेतीतर्फ आकर्षित भएका छन्। झण्डै १६ रोपनीमा हाल खेती गर्दै आएको र थप किबी खेती विस्तार गर्ने योजना रहेको अर्का किसान एम्बरबहादुर कार्कीले बताए। किबी खेतीका लागि खासै प्राविधिक सहयोग पनि चाहिँदैन, उनले भने, हामी निरन्तर खेती गरिहेका छौं।'

किबी खेतीका लागि प्रख्यात रहेका विभिन्न जिल्लाबाट किसानहरुले किबी खेती गर्ने ज्ञान प्राप्त गरेसँगै सिन्धुलीका महाभारत क्षेत्रमा किसानहरुले किवि खेती गर्र्न थालेका छन्। धेरै मिहिनेत नहुने भएकाले अन्य पेशा व्यवसायसँग जोडिएर पनि किबी खेती गर्न सकिने तीनपाटन गाँउपालिकास्थित बाहुनतिल्पुङका किसान जितबहादुर तामाङ बताउँछन्।

परीक्षणका रुपमा सुरुवातमा थोरै खेती गरेको भएपनि आम्दानी राम्रो हुँदै गएपछि थप खेती विस्तार गर्दै लगेको उनको भनाइ छ। जिल्लाको सुनकोसी गाँउपालिका फिक्कल गाँउपालिका तीनपाटन गाँउपालिका गोलञ्जोर गाँउपालिकाका विभिन्न स्थानमा किबी प्रवर्द्धनका कार्यक्रम बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्र सिन्धुलीले सञ्चालन गर्दै आएको छ।

उक्त कार्यक्रमबाट किसानलाई किबी खेती गर्न आवश्यक पर्ने थाक्रा व्यवस्थापन, किबीको विरुवा वितरण किबीका दाना असिनाबाट जोगाउन बोटमाथि हेल्नेटको व्यवस्थापन सहित प्राविधिक सहयोग दिँदै आएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अम्गाईले जानकारी दिए।

उनका अनुसार १२ सय भन्दामाथि र तीन हजार भन्दा कम उचाइमा किबी खेतीका लागि उपयुक्त स्थान मानिन्छ। कृषकहरुको लागत साझेदारीमा किबी खेती विस्तार गर्नका लागि आगामी वर्षमा थप कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने योजना रहेको ज्ञान केन्द्रले जनाएको छ।
अर्को समाचार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
२७ मंसिर २०८१
•
२ मिनेट पाठ
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन्।




विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो। उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबी फलेको छ।

शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेको मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए। किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिए।

मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए। उनले भने,'यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ।'

किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए। विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे।

सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए। 'किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ', उनले भने,'कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु।'

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए। हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्।

छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए। लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ। किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन्।  
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस