मौसम सफा नभए आन्तरिक उडान गर्न अनुमति नदिने
१८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
मौसम सफा नभए आन्तरिक उडान गर्न अनुमति नदिने
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभएको आवस्थामा आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ।




प्रधिकरणले विज्ञप्ति जारी गरी नेपालको जटिल भौगोलिक तथा मैसमी परिस्थितिलाई सम्बोधन गर्दै निश्चित अवधिसम्म उडानको लागि प्रतिकूल मैसमको विवरण दिएको अवस्थामा वायुसेवा सञ्चालक र विमास्थलहरूलाई उडानमा रोक लगाएको उल्लेख गरेको छ।

गत आइतबार भएको तारा एयरको विमान दुर्घटनालाई मध्यनजर गर्दै प्राधिकरणले यो निर्णय गरेको हो। विज्ञप्तिमा अबदेखि वायुसेवा कम्पनीहरूले सम्बन्धित इकाईमा उडान योजना पेश गर्दा गन्तव्य तथा मार्गको मौसम सम्बन्धी जानकारी जल तथा मैसम विज्ञान विभागबाट संकलन गरी सो समेत पेश गर्नुपर्ने उल्लेख गरेको छ। साथै उक्त विवरणमा मैसमी अवस्था अनुकूल भएमा मात्र हवाई अफिस सेवा वा सम्बन्धित इकाइले हवाई योजना स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ।

यस्तै सम्बन्धित बायुसेवा कम्पनीहरूले कुनै पनि उडानहरू सञ्चालन गर्दा मौसम सम्बन्धी प्रतिवेदन संकलन तथा ब्रिफिङ गरी उडान सञ्चालन गराउने जिम्मा लाइसेन्स प्राप्त उडान सञ्चालक अधिकारीलाई दिनुपर्ने उल्लेख गरेको छ ।

एक इञ्जिन भएको हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोकेबमोजिमको अवस्थामा बाहेक दुईजना विमान चालक अनिवार्य गर्ने भएको छ। यसका लागि प्राधिकरणले प्रस्ताव तयार गरेर सात दिनभित्र पेश गर्नेगरी पाँच सदस्यीय टोली गठन गरेको छ।
अर्को समाचार
प्राधिकरणको कडाइले पोखरा–जोमसोम उडान रोकियो
२९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
प्राधिकरणको कडाइले पोखरा–जोमसोम उडान रोकियो
पोखरा–जोमसोम उडानको क्रममा दुई साता अघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो। ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा भएको निश्चित नभएसम्म आन्तरिक उडानका लागि अनुमति नदिने भनेर निर्णय गर्‍यो।  




प्राधिकरणको त्यही निर्णयपछि अहिले पोखरा–जोमसोम रुटका सबै हवाई उडान रोकिएका छन्। दुर्घटना अघि निजी क्षेत्रका तारा र समिट एयरले मात्र यो रुटमा हवाई उडान गर्दै आएका थिए। तर, ताराको जहाज दुर्घटनाको कारण मौसम खराबी हुन सक्ने आँकलन गर्दै ‘इनरुट’(विमान उड्ने र अवतरण हुने विमानस्थल) को मौसम सफा हुनुपर्ने, अन्यथा उडान अनुमति नदिने भन्ने प्राधिकरणले निर्णय गरेको थियो।  

ताराको यो जहाज दुर्घटनाको कारण मौसम खराबी हुनसक्ने प्रारम्भिक आँकलन प्राधिकरणको थियो। त्यसपछि हवाई उडानमा मौसमी समस्या भन्दै ‘इनरुट’ को मौसम सफा हुनुपर्ने भन्दै प्राधिकरणले कडाई गरेको थियो। प्राधिकरणको त्यही कडाईपछि अहिले पोखरा–जोमसोमका सबै उडान रोकिएको हवाई कम्पनिले बताएका छन्।  

एक निजी कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरले ‘इनरुट’ मौसमबारे जानकारी पाउने अवस्था नभएपछि पोखरा–जोमसोमका सबै उडान रोकेको बताए। जेठ मध्यको दुर्घटनाअघि ताराले दिनमा पाँचवटा र समिट एयरलाइन्सले दुईवटा जहाजमार्फत दिनमा १० वटासम्म उडान भर्दै आएका थिए। ‘यो बेला भारतीय पर्यटक पनि आउने सिजन हो। सिजन अनुसार आगमन पनि उच्च छ, तर, जहाज उड्न पाएका छैनन्,’ निजी कम्पनिका ती म्यानेजरले भने, ‘स्थलमार्ग पनि सहज छैन। हवाई मार्ग मौसमी कारणले रोकिएको छ।’ उनका अनुसार उडानको तयारी हवाई कम्पनि गरेपनि इनरुट मौसम थाहा नपाउँदा उडान सम्भव भएका छैनन्।

वर्षायामको यो समयमा पोखरा–जोमसोम रुटको मौसम सधैंको पिरलो हुने गरेको थियो। अधिकांश दिनको उडान मौसमी कारणले रोकिँदै आएका थिए। तर, अहिले भने प्राधिकरणको निर्देशनपछि उडान रोकिएको ती म्यानेजरले बताए। ‘जुन–जुलाईका अधिकांश दिन पोखरा–जोमसोम रुटमा समस्या आउने गर्दथ्यो। तर अहिले भने प्राधिकरणले नै रोक्यो, त्यसले गर्दा पर्यटनमा नराम्रो असर पारेको छ,’ उनले भने, ‘अहिले त मौसम सफा हुँदाका दिन पनि उडान हुन पाएको छैन। किनकी इनरुट मौसमबारे कतै जानकारी हुँदैन। पोखरा र जोमसोमको मौसम राम्रो भएर मात्र उडान अनुमति पाइन्न।’ उनका अनुसार ताराको दुर्घटनापछि समिटले जुन ४ तारिखमा पाँचवटा उडान गरेको थियो। त्यसपछि पोखरा–जोमसोमका सबै उडान रोकिएका छन्।  

‘यसअघि जहाज उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएको खण्डमा उडान हुन्थे। उडानको क्रममा बीचमा समस्या भएमा जहाज उडेकै विमानस्थलमा फर्किन्थे,’ उनले भने, ‘तर, अहिले भने उड्नै पाएनन। उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएपनि बीचको मौसमबारे थाहै हुँदैन। हवाईरुटको त्यो मौसम विवरण थाहा पाउने प्रविधि र अवस्था पनि हामिसँग छैन।’  

दुईवटा विमानस्थलको मौसम ठिक भएको अवस्थामा यसअघि उडान भएपनि बीचको अवस्था थाहा पाउने अवस्था अझै नभएको उनले बताए। ‘यो समस्या पोखरा–जोमसोम रुटमा मात्र नभई अधिकांश ग्रामिण भेगका विमानस्थलसम्म छ,’ उनले भने। विना पूर्वाधार नियम लगाउँदा हवाई र पर्यटन क्षेत्रमा मार परेको उनले बताए। उनका अनुसार मौसम ठिक भएको यकिन गरेर उडेका जहाजलाई केही गरि बीचमा मौसमी समस्या निम्तिएमा बीचबाटै फर्किने गरेकोमा अब भने उड्नै नपाएको उनले बताए।

प्राधिकरणका उपमहानिर्देशक देउचन्द्रलाल कर्णले इनरुट मौसम क्लियर नभएसम्म उडान गर्न नमिल्ने बताए। उनका अनुसार आँखाले हेरेर (भिएफआर) गरिने उडानमा उडान हुने र अवतरण गर्ने दुवै विमानस्थलको मौसम सफा हुनुपर्छ। त्यसबाहेक दुवै विमानस्थलको भिजिविलिटी कम्तिमा पाँचकिलोमिटर हुनुपर्ने र ककपिटमा बसेका क्याप्टेनले आठकिलोमिटर परसम्मको दूरी देख्नुपर्ने नियम रहेको बताए। ‘प्राधिकरणले लगाएको यो नियम पुरानै हो। यत्ति हो की जहाज बादलभित्र पस्नु हुँदैन,’ उनले भने, ‘यही पुरानो नियमलाई पालना गर्न भनेका हौ। अहिले कडाई मात्र गरिएको हो।’

उनका अनुसार यसअघि जहाज कमाण्ड गरेका पाइलटले मात्र मौसमबारे निर्णय गर्दै आएका थिए। केही गरि बीचमा समस्या देखिएमा जहाज नै फर्काउने पनि गरिएको थियो। तर, अब भने पाइलटलाई मात्र नभई विमानस्थललाई पनि जिम्मेवार बनाउन खोजिएको उनले बताए। ‘उडान गर्ने विमानस्थलले इनरुट मौसम सफा छ भन्ने यकिन गरेर मात्र जहाजलाई पठाउने र अवतरण गराउने विमानस्थलले पनि बीचमा समस्या नभएमा बोलाउने भनिएको हो,’ उनले भने, ‘पाइलटसँगै विमानस्थललाई पनि जिम्मेवार बनाउने हो।’

उनका अनुसार विमानस्थललाई इनरुट मौसमबारे जानकारी दिने निकायको रुपमा जल तथा मौसम विज्ञान विभागलाई तोकिएको छ। त्यही विभागले विमानस्थललाई मौसमी जानकारी दिने र त्यही आधारमा विमानस्थलले उडान अनुमति दिने निर्णय भएको कर्णले बताए। कतिपय हवाई रुटमा इनरुट मौसमबारे जानकारी लिने प्रविधि नभएपनि विभागले त्यही अनुसार सूचना लिएर विमानस्थललाइ दिलाउने उनले बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस