बजेट कार्यान्वयनमा सरकार चुक्यो
१५ जेष्ठ २०७९
•
३ मिनेट पाठ
बजेट कार्यान्वयनमा सरकार चुक्यो
आर्थिक वर्ष २०७९/०८० को आय-व्यय विवरण आइतबार सार्वजनिक गर्न लागेको गठबन्धन सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा भने पूर्णतः असफल देखिएको छ। जेठ मध्यसम्मको तथ्यांकलाई आधार मान्दा चालु आवमा सरकारले बजेटमा राखेका कुनै पनि लक्ष्य हासिल गर्न सक्ने देखिएको छैन।




राजस्व असुली, पुँजीगत खर्च, वैदेशिक ऋण र अनुदान प्राप्ति, चालु खर्चमा मितव्ययिता गर्नेलगायतमा राखिएको लक्ष्य हासिलमा सरकार असफल देखिएको हो। यसैकारण यो वर्ष आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा पनि सरकार चुकेको छ। सरकारले बजेटमा यो वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भनेको थियो।

अहिलेसम्मको तथ्यांकका आधारमा ४ प्रतिशत हाराहारीमा मात्र अर्थतन्त्रको विस्तार हुने अनुमान छ। पछिल्ला दुई आर्थिक वर्षमा कोभिडका कारण सरकारलाई काम गर्न समस्या आएको थियो। यो वर्ष भने कुनै बाह्य कारणले काम गर्न रोकेको छैन। तैपनि सरकार बजेट कार्यान्वयनमा पूर्णतः असफल बनेको छ।

गठबन्धन सरकार सबैभन्दा असफल पुँजीगत बजेट खर्चमा देखिएको छ। पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गरेका अर्थमन्त्री जनार्दन शर्माले प्रतिमहिना १० प्रतिशतका दरले पुँजीगत बजेट खर्च गर्ने प्रतिबद्धता गरेका थिए, तर उनले कोभिडकालका २ वर्षमा जति पनि यो वर्ष पुँजीगत खर्च गराउन सकेका छैनन्। पछिल्ला तीन वर्षमा सबैभन्दा कम खर्च यही वर्ष भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्षको जेठ मध्यसम्म एक खर्ब २५ अर्ब रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ। सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा यो ३३ प्रतिशत मात्र उपलब्धि हो। चालु आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी छ। वर्षको अन्त्यमा बढी खर्च हुने विगतको परम्परा हेर्दा पनि यो वर्ष लक्ष्यको ६० प्रतिशतभन्दा बढी खर्च हुने देखिँदैन।

१० वर्षे द्वन्द्वकालमा पनि योभन्दा धेरै पुँजीगत बजेट खर्च भएको थियो। सरकारी तथ्यांकअनुसार कोभिडको पहिलो वर्ष पनि सरकारले जेठ मध्यसम्म पुँजीगत बजेट खर्च एक खर्ब २६ अर्ब रुपैयाँ गरेको थियो। गत वर्ष यो बेला लक्ष्यको ३७ प्रतिशत खर्च पुगेको थियो। सरकार पुँजीगत खर्चमा मात्र होइन, राजस्व असुलीमा पनि यो वर्ष चुक्ने देखिएको छ।

पूर्वअर्थमन्त्री पौडेलले गरेको अनुमानभन्दा झन्डै २० अर्ब रुपैयाँ बढाएर अर्थमन्त्री शर्माले १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेका थिए। अहिलेसम्म लक्ष्यको करिब ७७ प्रतिशत मात्र राजस्व असुली भएको छ। बाँकी डेढ महिनामा २३ प्रतिशत राजस्व असुली हुने सम्भावना ज्यादै न्यून छ। चालु वर्ष विश्वव्यापी महँगी बढेको र अमेरिकी डलरको भाउ वृद्धि भएको छ।

यस्तो बेला उच्च आयात हुँदा पनि राजस्व असुलीमा सरकार चुक्ने देखिएको छ। यसले भन्सार नाकाका साथै अन्तःशुल्क र मुल्यअभिवृद्धि कर (भ्याट) असुलीमा केही गडबडी भएको संकेत गरेको छ भने अर्थमन्त्री शर्मा राजस्व प्रशासनलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्न असफल भएको देखाएको छ।

गठबन्धन सरकारले बजेटमा राखेको लक्ष्यअनुसार वैदेशिक ऋण र अनुदान पनि ल्याउन सकेको छैन। बजेटमा २ खर्ब ८३ अर्ब रुपैयाँ विदेशी ऋण र ५९ अर्ब ९१ करोड रुपैयाँ अनुदान ल्याउने भनिएको थियो। अहिलेसम्म १३ अर्ब ८८ करोड रुपैयाँ मात्र अनुदान आएको छ। ऋणको अवस्था पनि यस्तै छ। यस्तै वित्तीय व्यवस्थापनको लक्ष्य पनि सरकारले पुरा गरेको छैन।

अर्कातिर यो वर्ष अर्थतन्त्रमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले चालु खर्च घटाउन विभिन्न नीतिगत निर्णय गरेका थिए, तर जेठ मध्यसम्म पुँजीगत खर्च ३३ प्रतिशत हुँदा चालु खर्चले ७० प्रतिशत नाघेको छ। वर्षका पछिल्ला दिनमा खर्चको दर अझै बढने भएकाले चालु खर्च ९५ प्रतिशतभन्दा माथि पुग्ने देखिन्छ। यसले अर्थमन्त्री शर्माको निर्णय लोकप्रिय बन्नलाई मात्र त होइन भन्ने शंका उब्जाएको छ ।
अर्को समाचार
चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि
वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ। 




उक्त अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यातबाट ३ अर्ब ९४ लाख रुपैयाँ आर्जन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। २८ औँ राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनका अवसरमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले यस्तो बताएका हुन्। 

उनले गत आव २०७९/०८० मा कुल २० हजार २३० हेक्टर जमिनमा चिया उत्पादन भएको जानकारी दिए। सो अवधिमा २ करोड ६४ लाख केजी चिया उत्पादन भएको उनले बताए। जुन अघिल्लो वर्ष २०७८/०७९ को तुलनामा २२ हजार ४४९ केजी चिया उत्पादन बढी हो। सो आवमा २ करोड ३७ लाख चिया उत्पादन भएको बोर्डले जनाएको छ। 

बोर्डका अनुसार, गत आवमा भने चिया उत्पादन हुने क्षेत्रफल पनि सामान्य घटेको छ। चियाका बगानहरू धेरै पुराना भएका कारण चिया उत्पादन क्षेत्र ७ हेक्टरले घटेको छ। आव २०७८/०७९ मा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चिया उत्पादन भएकोमा गत आवमा २० हजार २३० हेक्टरमा मात्र चिया उत्पादन भएको हो । नेपाल निर्यात गर्नेमध्ये ९७.८० प्रतिशत चिया निकासी भारतमा नै हुने गरेको छ। 

तर, केही हप्ता अघि भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँच पास भएर भारतीय सीमावर्ती पानी टङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत सङ्घसंस्थाहरू एवं व्यवसायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटाएका खनालले बताए। 

तर, विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरू भई नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने सम्भावना रहेको उनले बताए। बोर्डले वैशाख १५ गते २८ औँ राष्ट्रिय चिया दिवस मनाउँदै छ। ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बोर्डले केन्द्रीय कार्यालय कीर्तिपुर चिया दिवसको मूल समारोह आयोजना गर्दै छ। उक्त समारोहको कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ। 

चिया दिवसका अवसरमा उत्कृष्ट चिया उत्पादक किसान, सप्लायर्स, चिया उत्पादक कम्पनी तथा सङ्घसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस