दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
१० जेष्ठ २०७९
•
३ मिनेट पाठ
दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो।




भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ। यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो।

सार्वजनिक तथ्याङ्कअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ। विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्ममा रु १२ खर्ब ५४ अर्ब मूल्य बराबरका बस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु १६ खर्ब चार अर्ब पुगेको छ।

त्यस्तै २०७७/७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म रु एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका बस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु एक खर्ब ७३ अर्ब बढी मूल्यका बस्तुको निर्यात भएको छ।

विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ। गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ। चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ।

यस आवको वैशाख मसान्तसम्म मुलुकमा रु एक खर्ब २३ अर्ब ७० करोड मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ। त्यस्तै पेट्रोल रु ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास रु ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ। पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँदछ। दश महिनाका अवधिमा रु ४९ अर्ब ४१ करोड मूल्य भन्दा बढीको भटमासको तेल आयात भएको छ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ। विभागको तथ्याङ्कानुसार स्वदेशबाट रु ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ। व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ। जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ। त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो। भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ।

सार्वजनिक विवरणानुसार चालु आवको पहिलो १० महिनासम्म रु ३७ अर्ब ९४ करोड मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ।  

भारतबाट मात्रै रु नौ खर्ब बढीको आयात

सार्वजनिक तथ्याङ्कानुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब रु नौ खर्ब ९५ अर्बभन्दा बढी मूल्यमा वस्तु आयात भएको देखिन्छ, भने रु एक खर्ब ३७ अर्ब मूल्य बराबरका बस्तु निर्यात भएको छ। जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै आठ खर्ब ५८ अर्ब भन्दा धेरै छ। त्यस्तै नेपालले चीनबाट रु दुई खर्ब २६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा रु ६७ करोड ४४ लाख मूल्य बराबरको बस्तु निर्यात गरेको देखिन्छ।

विभागको विवरणानुसार चालु आवको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रु पाँच खर्ब ७६ अर्ब भन्दा बढी मूल्य बराबरको बस्तु आयात भएको छ। त्यस्तै भैरहवा नाकाबाट रु दुई खर्ब ५० अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ। नेपालले वीरगन्ज भन्सारबाट रु ७३ अर्ब नौ करोड, विराटनगर भन्सारबाट रु ४९ अर्ब २८ करोड तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट रु २६ अर्ब ४४ करोड भन्दा बढी मूल्यका वस्तु मुलुक बाहिर निर्यात भएको छ।
अर्को समाचार
९ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात
०९ वैशाख २०८१
•
२ मिनेट पाठ
९ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात
चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ।




भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो।

चालु आर्थिक वर्षको नौ महिना अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको सुरुवाती नौ महिना अवधिमा मुलुकले कूल १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा बेहोरेको थियो।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा बेहोरेको छ। भारतबाट सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ।

त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँग दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ।

चीनसँगको व्यापार घाटा दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ। नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ।

युएईबाट २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ। युएईसँगको व्यापार घाटा १८ अर्ब ५२ करोड २७ लाख बराबर छ।

त्यसैगरी, नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन्। यी मुलुकसँगको व्यापार घाटा क्रमशः १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ।

नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ। सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ। डेनमार्कमा नेपालले २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ।

त्यस्तै, अफगानिस्तानसँग १८ करोड नौ लाख, नर्वेसँग १० करोड ८४ लाख र सुडानसँग तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस