एक सफल युवा उद्यमी
२४ वैशाख २०७९
•
५ मिनेट पाठ
एक सफल युवा उद्यमी
‘गत वर्ष लप्सी राम्ररी उत्पादन हुन नसकेकाले पर्याप्त लप्सी पाउन अलि मुस्किल पर्‍यो। खै, बेमौसम असिना पानी, कोराना भाइरसको असर या सुन फल्ने आफ्नो खेतबारी बाँझो छाडी दिन परदिन दक्ष युवा जनशक्ति विदेश पलायन हुनुजस्ता कारणले हो कि!’ काठमाडौँको मच्छिन्द्र बहालमा जन्मेका युवा उद्यमी विजय श्रेष्ठले केही चिन्तित र निराश हुँदै भनेको भनाइ हो यो।




उनको मावलीले लगभग साठी वर्ष अघिदेखि काठमाडौँमा तितौरा, पाउँ घरमा नै बनाएर बेच्न थालेको बताउँदै आफ्नो बाल्यकालदेखि नै बढी समय मावलीमा बितेकाले आफूले पनि यो कला मावलीबाट सिकेको कुरा अत्यन्त उत्साहित हुँदै बताउँदा उनका आँखा चम्किरहेका थिए। यसरी मावलीबाट सिकेको सीपले उनले परिवारसँग मिली विं संं. २०३८ सालतिर आफ्नै स्थानीयस्तरमा उपलब्ध हुने लप्सी, अमला, कागती, निबुवा, इमलीबाट गुणस्तरीय ढंगले आफ्नै घरमा तितौरा, पाउँ, अचार बनाएर काठमाडौँको रत्नर्पाकबाट यसको व्यवसाय थालनी गरेका थिए। आजको समयसम्म आइपुग्दा उनको यो व्यवसाय पाउँ र अचारको सफल उद्योगमा नै परिणत हुन पुगेको छ।

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आफूले जुन स्थानमा बसेर व्यवसाय गरेका छन्, सो स्थानको नाम र उनले बनाएको तितौरा, पाउँ देशविदेशसम्म अनि केटाकेटीदेखि बुढाबुढीसम्म लाकप्रिय भएको छ। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ। स्थानीय रूपमा उत्पादित वस्तुहरूलाई प्रयोग गरेर सफल बनेका उद्यमी हुन् रत्नपार्क पाउँ भण्डारका सञ्चालक विजय श्रेष्ठ। लप्सीको उदाहरण दिँदै श्रेष्ठ भन्छन्, ‘अब हाम्रो आफ्नै देशमा उत्पादन हुने लप्सीलाई नै लिन सकिन्छ। भिटामिन सी प्रचुर मात्रामा पाइने लप्सी स्वास्थ्यबर्द्धक हुनुका साथै बहुउपयोगी छ। लप्सीबाट तितौरा, पाउँ, अचार मात्र होइन, यसको बियाँ आगो बाल्नसमेत प्रयोग हुन्छ। म आफै लप्सीको बियाँलाई आगो बाल्न प्रयोग गर्छु। लप्सी, अमला, निबुवा, कागतीलाई व्यावसायिक खेती गरी आयआर्जनको राम्रो माध्यम बनाउन सकिन्छ।

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।
उद्यमी विजय श्रेष्ठको लप्सीसम्बन्धी यो भनाइमा थप गदै सिन्धुपाल्चोक, इर्खुका वर्षौदेखि व्यावसायिक लप्सी खेती गर्ने कृषक कृष्णबहादुर तामाङ भन्छन्, ‘अरूमा भन्दा कम मेहेनत गरे पुग्ने, थोरै लगानीले पनि राम्रो आम्दानी गर्न सकिने लप्सीको बिरुवा जेठमा रोपिन्छ। असार साउनमा राम्रो पानी पर्ने मौसम हुने भएकाले यो छिटै सर्छ। अझ लप्सीको लोकल बिरुवा त झन् राम्रो सर्छ। बोट पनि मर्दैन भने बढी असिना पानी पर्‍यो भने बोट अलि बिगार्न सक्छ। सामान्यतया बिरुवा रोपेको तीन वर्षपछि लप्सीको रुखबाट लगातार पाँच/छ वर्षसम्म लप्सी टिप्न सकिन्छ। अरू खेतीमा झैँ गोडमेल गर्न, मल हालिरहन पर्दैन। अहिले नेपाल सरकारको कृषि फार्मले उपलब्ध गराएको बोटमा कीरासमेत लाग्दैन। बोट रोपेको दुई वर्षमा लप्सी राम्रोसँग फल्छ। काँचोमा हरियो हुने लप्सी पाकेपछि पहेलो रङको हुने गर्दछ। गर्मी ठाउँ लप्सीका लागि उपयुक्त स्थान हो। त्यसैले बेँसीतिर छिटै फल्छ भने पनौती, मेलम्ची, स्याउले यहाँभन्दा अलि बढी चिसो हुने भएकाले लप्सी अलि पछि पाक्छ। पहिलेपहिले म लप्सी प्रतिकेजी ४ रूपैयाँमा बेच्ने गर्थेँ तर जबदेखि लप्सी तितौरा, पाउँ बनाउन प्रयोग हुन थाल्यो, त्यसपछि लप्सी खेती पनि व्यावसायिक खेतीमा परिणत भएको छ। तितौरा, पाउँ, अचार बनाउनका लागि ठूलो मात्रामा लप्सी किन्न व्यवसायीहरू आउने गर्छन्। यो वर्ष हामीले प्रतिकेजी ५५ रूपैयाँसम्ममा बेच्याैँ। लप्सीको बियाँ इँटा बनाउने इटाभटाले किन्ने भएकाले लप्सीको बियाँ पनि बिक्री हुने गर्दछ। यहाँका लप्सी, अमलाहरू पनौती, साँगा, काठमाडौँमा तितौरा, अचार बनाउने व्यवसायीहरूसम्म पुग्ने गर्छ।'

सुरुवातमा आफैले तितौरा, पाउँ, अचार बनाएर सानो स्तरबाट व्यवसाय सुरु गरेका उनको त्यो पाउँ व्यवसाय आज उद्योगमा परिणत भएको छ। लगभग सबै उमेरसमूहमा अत्यन्त लोकप्रिय हुनपुगेको छ। आफ्नो सफलताको खासै चर्चा गर्न नरुचाउने युवा उद्यमी श्रेष्ठ आफ्ना सफलताका कथाहरूभन्दा पनि आफूले गरेका अनगिन्ती प्रयासका कुरा गर्छन्। आफ्ना प्रयासहरू केही पूर्ण सफल भएका त केही आंशिक सफल मात्र भएको कुरा उनी बताउँछन्। विशेष रूपमा स्थानीय खेतबारीमा फल्ने फलफूलहरूको प्रयोग गर्न रुचाउने श्रेष्ठ ती फलहरूबाट नयाँनयाँ उत्पादनहरू बनाउन प्रयासरत रहन्छन्। हालसालै उनले नासपाती तथा लिच्चीबाट जुस, वाइनलगायतकाे उत्पादन गरेका र ती उत्पादनलाई स्वदेशी मात्र होइन, विदेशी पाहुनाहरूले पनि अति मन पराएको कुरा उत्साहित हुँदै बताउँछन्। उनी जति सफल भए पनि उनको साधारण शैली, केही गर्ने जोस अनि लगनशीलतामा कत्ति पनि कमी आएको छैन, दिन प्रतिदिन झन् थप जोसजाँगर थपिएको छ।  

हामी मिहिनेती, इमान्दार, स्वाभलम्बी मानिसका रूपमा विश्वमा नै आफ्नो पहिचान बनाएका नेपाली हौँ। हामी आफ्नै पौरखी हात अनि आफ्नो देशको माटोमा फल्ने स्थानीय कच्चापदार्थहरूको सही प्रयोग गर्न सक्याैँ भने मात्र पनि आत्मनिर्भर बन्ने छौँ। जसलाई उनले आफै प्रमाणित गरेर देखाएका छन्। काठमाडौँबाट १४ किमीमा पुगिने उजाड बाँझो जमिनलाई एक सुन्दर मोतीझैँ चम्कने बगैँचामा परिणत गरेर त्यसलाई ‘छैमले रिसोट द पर्ल गार्डेन’ को नाम दिएका छन्।

अत्याधुनिक सुविधासम्पन उक्त रिसोटभित्र प्रवेश गरेपछि नेपाली कलासंस्कृतिका प्रेमी उनको यो संस्कृतिप्रेम रिसोर्टको बनावटमा सबैतिर झल्किन्छ। आधुनिक र नेपाली परम्परात शैलीलाई आत्मसात गरी निमार्ण गरिएको रिसोटभित्रका बगैँचासहितका अत्यन्त मनमोहक काठमाडौँ उपत्यकामा बिस्तारै लोप हुँदै गइरहेको मौलिक नेपाली शैलीका ससाना घरहरू देख्दा जो कोहीलाई पनि रोमाञ्चक गराउँछ भने रिसोटले स्वदेशी विदेशी आगन्तुकहरूलाई ध्यानमा राख्दै अत्याधुनिक शैली पनि पछ्याएको छ।

सङ्गीत पारखीका लागि प्रत्येक शुक्रबार साङगीतिक कार्यक्रमका लागि परम्परागत नेवारी शैलीमा ‘नास डबली’ को निमार्ण गरेका छन्, जसलाई चारैतिर हरिया रुख, सुन्दर रमाइलो फुटसल, फलफूल बगैँचा, चौकोसमाई देवीस्थानसम्म दुईतीन घण्टाको ट्रेकिङले त्यहाँ पुग्ने जोकसैलाई पनि रोमाञ्चित बनाउँछ।
अर्को समाचार
काठको काम गरेरै सफल उद्यमी बनेकी विष्णुकुमारी : महिलाका लागि प्रेरणा
२८ असार २०८३
•
५ मिनेट पाठ
काठको काम गरेरै सफल उद्यमी बनेकी विष्णुकुमारी : महिलाका लागि प्रेरणा
हेटौँडा-५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन। अहिले अवस्था फेरिएको छ। त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उनकै सहयोग खोज्छ।




सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ। तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो। बिहान घरधन्दा सकेपछि उनी काठका मुडा, फल्याक र अन्य सामग्रीमा सुन्दर बुट्टा कुँद्न थाल्छिन्। बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म विष्णुकुमारीको समय सिर्जनात्मक श्रममै बित्छ।

दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिइरहेका बेला महिलाले काठको काम गरेर जीवन धान्नु अझै पनि धेरैका लागि नौलो विषय हो। तर विष्णुकुमारीका लागि यही श्रम सम्मान, आत्मविश्वास र पहिचान बनेको छ। दिनभरि शरीर थाके पनि उनको मन भने नयाँ सृजना गर्ने उत्साहले भरिएको हुन्छ।

‘रात बितेर बिहान कहिले हुन्छ र फेरि काममा फर्कन पाइन्छ भन्ने लागिरहन्छ’, विष्णुकुमारी मुस्कुराउँदै भन्छिन्। एक समय उनको दैनिकी घरधन्दा, गाईवस्तुको स्याहार, घाँसदाउरा र सोत्तर बोक्नमै सीमित थियो। पिप्लेपोखरा सामुदायिक वन उनका लागि घाँस र दाउराको स्रोतमात्रै थियो। तर सामुदायिक वनले हरित रोजगारी र वनमा आधारित उद्यम विकासको अवधारणा अघि सारेपछि विष्णुकुमारीको सोचमात्र होइन, जीवन नै बदलियो। घाँसदाउरा बोकेका ती हातले अहिले काठका मुडा, फल्याक र काष्ठ हस्तकलाका आकर्षक सामग्री सृजना गर्छन्। सुरुमा महिलाले पनि काठको काम गर्न सक्छन् भन्ने विश्वास उनी स्वयंलाई थिएन।

तर एक दिन सामुदायिक वनमार्फत महिलालाई उद्यमी बनाउने उद्देश्यले काष्ठ हस्तकलाको तालिम सञ्चालन हुने जानकारी पाएपछि विष्णुकुमारीको जीवनले नयाँ मोड लियो। त्यो दिन आवश्यक्तासँगै रहरले सुरु गरेको तालिम नै उनको भविष्य बन्यो। तालिमपछि उनले काष्ठ हस्तकलालाई व्यवसायका रूपमा अघि बढाउने निर्णय गरिन्। अहिले विष्णुकुमारीको नेतृत्वमा सञ्चालित ‘श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यम’ले सामूहिक रूपमा सामग्री उत्पादन गर्दै राम्रो आम्दानी गरिरहेको छ।

‘एकले थुकी सुकी, हजारले थुकी नदी’ उखान सम्झँदै उनी भन्छिन्, ‘हामी समूहमा काम गर्छौँ। एउटाको सीप अर्कोको बल बन्छ। त्यसैले हाम्रो उत्पादन पनि बढेको छ र आम्दानी पनि।’ उनीहरूको समूहले वनमा खेर जाने विभिन्न प्रकारका काठलाई उपयोग गरेर ढोकाका बुट्टा, फोटो फ्रेम, घण्टी फ्रेम, उपहार सामग्री, सजावटका सामग्री, फर्निचरमा प्रयोग हुने कलात्मक डिजाइन, बक्स, पलङका बुट्टालगायत दर्जनौँ सामग्री उत्पादन गर्दै आएको छ।

अस्मिता नेपालले एपीएफ नेटको सहयोगमा प्रदान गरेको तालिमले उनीहरूलाई सीप सिकाउनेमात्र होइन, उद्यम सञ्चालन गर्ने आत्मविश्वास पनि दियो। त्यसपछि आवश्यक उपकरण र थप सीप विकासका अवसर पनि प्राप्त भए। पछिल्ला वर्षहरूमा ग्रिन फाउन्डेसन नेपालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी गराउँदै बजार विस्तारमा महत्त्वपूर्ण सहयोग गरेको विष्णुकुमारी बताउँछिन्। ४३ वर्षीया राई जिज्ञासु र सिक्न चाहने स्वाभावकी छिन्। अहिले विभिन्न संघसंस्था तथा स्थानीय तहबाट तालिम सञ्चालनका लागि उनलाई प्रशिक्षकका रूपमा निमन्त्रणा आउन थालेको छ। आफूले सिकेको सीप अब अरू महिलालाई सिकाउन पाउँदा झन् खुसी लाग्ने उनी बताउँछिन्।

विष्णुकुमारी भन्छिन्, ‘सुरुमा त मलाई धेरैले हाँसोको पात्र बनाए। महिलाले काठको काम गर्न सक्दैनन् भन्ने धारणा थियो, आफ्नै परिवारलाई पनि विश्वास लाग्दैनथ्यो, तर अहिले त्यहीँ मानिसहरूले मेरो कामको प्रशंसा गर्छन्।’ उनका अनुसार इच्छाशक्ति, निरन्तर अभ्यास र अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। अहिले उनीहरूको उत्पादन काठमाडौँसहित देशका विभिन्न सहर, कोसेलीघर तथा विभिन्न संघसंस्थामार्फत बिक्री हुने गरेको छ।

विष्णुकुमारीको सफलताको अर्को महत्त्वपूर्ण आधार पिप्लेपोखरा सामुदायिक वन पनि हो। सामुदायिक वनले अहिले पनि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ। वनले महिलालाई घाँस-दाउराको उपभोक्ताबाट हरित उद्यमी बनाउने अभियान सफलतापूर्वक सञ्चालन गरेको उनको अनुभव छ। पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको सहयोगले उद्यमलाई थप विस्तार गर्न सहज भएको विष्णुकुमारी बताउँछिन्।

हेटौँडा उपमहानगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरेपछि सयौँ महिलाको जीवनमा यस्तै परिवर्तन आएको छ। घरभित्र सीमित रहेका महिला अहिले आफ्नै उत्पादन बजारमा बिक्री गरिरहेका छन्, समूह सञ्चालन गरिरहेका छन् र परिवारको आर्थिक आधार बलियो बनाइरहेका छन्। उद्योग शाखाका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई विभिन्न प्रकारका उद्यमशीलता तथा सीपमूलक तालिम प्रदान गरेको छ। तीमध्ये २६८ जना सक्रिय रूपमा उद्यम सञ्चालन गरिरहेका छन्।

अधिकांश उद्यममा महिलाको उल्लेखनीय सहभागिता रहेको छ। ‘एक वडा, एक उद्यम’ अवधारणाअन्तर्गत हेटौँडा-१२ मा अग्र्यानिक गुन्द्रुक उत्पादन, वडा नं ६ मा दालमोठ उद्योग, वडा नं ८ मा वनजन्य कच्चा पदार्थमा आधारित धूप उद्योग, वडा नं ५ मा काष्ठ हस्तकला तथा वडा नं १८ मा बेसारखेती तथा प्रशोधन उद्योग सञ्चालनमा छन्। यी उद्यमले स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिँदै रोजगारी, आयआर्जन र आत्मनिर्भरताको नयाँ आधार निर्माण गरेका छन्।

उपमहानगरले सीप विकासमा मात्र सीमित नरही उद्योग दर्ता, ब्रान्डिङ, प्याकेजिङ, खाद्य अनुज्ञापत्र, प्रदर्शनी सहभागिता तथा बजार विस्तारमा समेत सहजीकरण गरिरहेको छ। त्यसको प्रत्यक्ष लाभ महिलाले पाएका छन्। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले निर्वाचनताका घोषणा गरेको महिला उद्यम विकासको प्रतिबद्धता अहिले व्यवहारमै देखिन थालेको छ। स्थानीय स्रोतलाई बजारसँग जोड्ने नीति, सीप विकास, सरकारी लगानी र बजार पहुँचको प्रभावकारी संयोजनले हेटौँडाका महिलालाई आत्मनिर्भर उद्यमीका रूपमा स्थापित गरिरहेको छ।

विष्णुकुमारी त्यसै परिवर्तनको सशक्त उदाहरण हुन्। एक समय घाँस-दाउरा बोकेर घर फर्किने उनी आज आफ्नै सीपले उद्यम सञ्चालन गर्ने, अन्य महिलालाई रोजगारी दिने र प्रशिक्षकका रूपमा नयाँ पुस्तालाई प्रेरणा बाँड्ने स्थानमा पुगेकी छिन्। उनको यात्रा केवल एउटा महिलाको सफलता होइन, अवसर, सीप र आत्मविश्वासले जीवन कसरी बदल्न सक्छ भन्ने प्रेरणादायी कथा पनि हो। अञ्जली थापा / रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस