पशुपतिमा सुविधासम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल
२२ वैशाख २०७९
•
२ मिनेट पाठ
पशुपतिमा सुविधासम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन चासो देखाएका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्दै उनले पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन आवश्यक भएको बताए।




उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट पशुपतिमा सुविधा सम्पन्न भवन बनाइदिने योजना सुनाए। पाशुपत क्षेत्र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्र लगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता थियो।

पर्यटन मन्त्रालयका सचिव मदन कोइराला, पर्यटन आयोजना प्रमुख विष्णु भण्डारीसहित पशुपति पुगेका संस्कृतिमन्त्री श्रेष्ठले पवित्र पाशुपत क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकार तयार रहेको बताए।

उनले प्रदेश सरकारको पनि उपस्थिति हुने गरी योजना प्रस्ताव गर्न पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत डा घनश्याम खतिवडालाई आग्रह गरे। ‘पशुपतिनाथ मन्दिर परिसरमा रहेको किरियापुत्री भवनको भौतिक सुधार, राम्रो शौचालयको व्यवस्थापनका साथै सुन्दर बगैंचासहितको भौतिक निर्माणका लागि बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत के गर्न सकिन्छ भनी रायसुझाव लिन स्थलगत भ्रमण गरिएको हो’, मन्त्री श्रेष्ठले भने।

यसैबीच मन्त्री श्रेष्ठले थानकोटस्थित त्रिभुवनपार्कको विकास र विस्तारमा प्रदेश सरकारले गर्नसक्ने कामको निरीक्षण पनि गरेका थिए। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले उक्त पार्कमा हालको आयोजनाको अवस्था र आगामी वर्ष समावेश गरिनुपर्ने कार्यक्रमका विषयमा सरोकारवासँग छलफल, रायसुझाव लिनुका साथै कार्य प्रगति विवरणबारे जानकारीसमेत लिएका थिए। पर्यटन मन्त्रालयले उक्त पार्कका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो।

चन्द्रागिरि नगरपालिका लगलगेपाखा सामुदायिक वनस्थित पैदलमार्गसहितको पिकनिकस्थल समेत मन्त्री श्रेष्ठले निरीक्षण गरेका थिए। पर्यटन मन्त्रालयको पर्यटन विकास आयोजनाले चन्द्रागिरि पुग्नेगरी उक्त पैदलमार्ग निर्माण गर्दैछ। पैदलमार्गसहितको पिकनिकस्थलको काम समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए। रासस
अर्को समाचार
बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै
१५ असार २०८०
•
२ मिनेट पाठ
बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै
बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।




राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ।

मंगलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको थियो। दलहरूकाे सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १ः३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन। दिउँसो ३ः३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ः०० बजे बैठक बोलाइएकामा करिब आधा घन्टा ढिला गरी बैठक भएको थियो।

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन। एमाले र राप्रपाले प्रदेश सभाको बैठकमा आफ्ना माग सत्ता पक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २ः०० बजेसम्मका लागि स्थगन गरिएको बताए।

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ। आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षी दलका बीचमा टकराब बढ्दै गएको हो। बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तर रूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन। बागमती प्रदेश सभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुनः स्थगन गरिएको हो। सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस